गणपूरक नपुगेपछि दुईदिन देखि मधेस प्रदेशको प्रदेशसभा बैठक प्रभावित

जनकपुरधाम–  मधेस प्रदेशको प्रदेशसभा बैठकमा गणपूरक संख्या नपुगेपछि दुई दिनदेखि बैठक प्रभावित भएको छ। शुक्रवार बोलाइएको प्रदेशसभा बैठकमा गणपुरक संख्या नपुगेपछि बैठक आधा घण्टाको लागि स्थगन भएको छ। सभामुख सरोजकुमार यादवले प्रदेशको आजको कार्य प्रारम्भ गर्दा प्रमुख प्रतिपक्षीदल लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले गणपूरक संख्या उपस्थित नरहेकाले बैठक स्थगित गर्न आग्रह गरेका थिए। […]

सम्बन्धित सामग्री

भोलिका लागि बोलाइएको मधेस प्रदेश सभा बैठक स्थगित

जनकपुरधाम – मधेस प्रदेशको सोमबार बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ। आइतबार बिहान पोखरामा भएको विमान दुर्घटनाको शोकमा सोमबार बस्ने भनिएको बैठक स्थगित गरिएको प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले जानकारी दिए। उनले देश शोकमा रहेकाले प्रदेश सभाको बैठक स्थगित गर्नुपरेको बताए। सोमबार प्रदेशसभाको सभामुखको निर्वाचनका लागि समय निर्धारण गरिएको थियो। अब मंगलबार मात्रै प्रदेशसभा बैठक […]

मधेस प्रदेशसभाको बैठक आज बस्दै, संकल्प प्रस्तावमाथि छलफल हुने

मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल...