नेप्सेमा लक्ष्मी बैंक र समता घरेलु लघुवित्तको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । साधारणसभा प्रयोजनको लागि आज मङ्सिर २४ गते बुक क्लोज गर्ने निर्णय गरेका लक्ष्मी बैंक र समता घरेलु लघुवित्तको शेयर मूल्य आज समायोजन भएको हो । यी दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि आज मङ्सिर २४ गते बुक क्लोज गर्ने निर्णय गरेकाले मङ्सिर २३ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । लक्ष्मी बैंकको ८ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता २७०.३७ रुपैंया कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता २९२ थियो ।  त्यस्तै समता घरेलु लघुवित्तको २० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता  ११२५.८३ रुपैंया कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १३५१ थियो ।  लक्ष्मी बैंकले पुष ८ गते आफ्नो २१ औं बार्षिक साधारणसभा गर्न लागेको छ । बैंकले साधारणसभा प्रयोजनार्थ मङ्सिर २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर २३ सम्म कायम सेयरधनिहरुले मात्रै बैंकको लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन्। बैंकको साधारणसभाको एजेन्डामा प्रस्तावित लाभांश स्वीकृति गर्ने लगायतका बिषयहरु रहेका छन्। बैकले आर्थिक बर्ष २०७७-०७८ बाट आफ्ना सेयरधनिहरुलाई ११.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश मध्ये ८ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश रहेको छ।  हाल बैंकको चुक्तापुंजी १० अर्ब ६९ करोड ५६ लाख रहेको छ।  समता घरेलु लघुवित्तले पुस ७ गते आफ्नो आठौँ बार्षिक साधारणसभा डाकेको छ । कम्पनीले साधारणसभा प्रयोजनार्थ मङ्सिर २४ गतेको लागि बुक क्लोज मिति तय गरेको छ।  मङ्सिर २३ गतेसम्म कायम सेयरधनिहरुले समताले गत आर्थिक बर्षको घोषणा गरेको लाभांश प्राप्त गर्न सक्नेछन भने साधारणसभामा भाग लिन पाउनेछन् ।  समताले आर्थिक बर्ष २०७७-०७८ बाट आफ्नो सेयरधनीहरुलाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। कात्तिक १५ गतेको समताको संचालक समितिको ११८ औं बैठकले २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो। समताको चुक्तापुंजी २८ करोड ५६ लाख २० हजार १६० रुपैयाँ रहेको छ। २० प्रतिशत बोनस सेयर वितरण पश्चात समताको चुक्तापुंजी ३४ करोड नाघ्नेछ। घरेलु लघुवित्तसँगको मर्जर पश्चात समताले यहि बैशाखबाट एकीकृत कारोबार थालेको हो। त्यसैले लाभांशको लागि सेयरधनीहरुले कुनै लाभांश कर तिर्नुपर्ने छेन। त्यस्तै एजिएमको अर्को एजेन्डामा एफपीओ निष्काशन गर्ने प्रस्ताव समेत रहेको छ। हाल समतामा रहेको संस्थागत ७० र सर्वसाधारणको ३० प्रतिशतको सेयर संरचना परिवर्तन गर्ने कम्पनीको लक्ष्य छ।  त्यस्तै साधारणसभाको अर्को महत्त्वपूर्ण एजेन्डा बनेको संस्थागतबाट ४ जना र सर्वसाधारणबाट २ जना संचालक नियुक्त गर्ने कार्यक्रम रहेको छ। 

सम्बन्धित सामग्री

लक्ष्मी बैंक सहित ३ ओटा कम्पनीको शेयरमूल्य समायोजन

मंसिर २४, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शुक्रवार तीन ओटा कम्पनीको मूल्य समायोजन गरेको छ । लक्ष्मी बैंक र समता घरेलु लघुवित्त वित्तीय संस्थाको बोनस शेयरको मूल्य समायोजन भएको हो भने नारायणी डेभलपमेण्ट बैंकको हकप्रद शेयरको मूल्य समायोजन भएको हो । लक्ष्मी बैंक, समता घरेलु लघुवित्तले लाभांश तथा साधारण सभा प्रयोजनार्थ र नारायणी डेभलपमेण्ट बैंकले हकप्रद शेयर प्रयोजनका लागि शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले लक्ष्मी बैंकको ८ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. २७० दशमलव ३७ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य रू. २९२ को आधारमा शेयरमूल्य समायोजन भएको हो । लक्ष्मी बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागिसमेत) वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस ८ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा दिनको २ बजे अग्रवाल भवन कमलपोखरीमा गर्ने जानकारी दिएको  छ । त्यस्तै, नेप्सेले समता घरेलु लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनस शेयरको समायोजनपश्चात मूल्य रू. १ हजार १२५ दशमलव ८३ तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो । बिहीवार कम्पनीको शेयर प्रतिकित्ता रू. १ दशमलव ३५१ मा अन्तिम कारोबार भएको थियो समता घरेलु लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश  वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस ७ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा बिहान ११:३० बजे मिराबेल रिर्सोट एण्ड होटल धुलिखेल काभ्रेपलाञ्चोकमा हुने जानकारी दिएको छ । त्यसैगरी, नेप्सेले नारायणी डेभलपमेण्ट बैंकको १०० प्रतिशत हकप्रद शेयरको समायोजनपछि शेयरमूल्य रू. ४७८ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ८५६ को आधारमा शेयरमूल्य समायोजन भएको हो । नारायणी डेभलपमेण्ट बैंकले आगामी पुस ७ गतेदेखि १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ । उक्त हकप्रद शेयरमा आवेदकले मंसिर २७ गतेसम्म आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।