लक्ष्मी बैंक सहित ३ ओटा कम्पनीको शेयरमूल्य समायोजन

मंसिर २४, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शुक्रवार तीन ओटा कम्पनीको मूल्य समायोजन गरेको छ । लक्ष्मी बैंक र समता घरेलु लघुवित्त वित्तीय संस्थाको बोनस शेयरको मूल्य समायोजन भएको हो भने नारायणी डेभलपमेण्ट बैंकको हकप्रद शेयरको मूल्य समायोजन भएको हो । लक्ष्मी बैंक, समता घरेलु लघुवित्तले लाभांश तथा साधारण सभा प्रयोजनार्थ र नारायणी डेभलपमेण्ट बैंकले हकप्रद शेयर प्रयोजनका लागि शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले लक्ष्मी बैंकको ८ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. २७० दशमलव ३७ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य रू. २९२ को आधारमा शेयरमूल्य समायोजन भएको हो । लक्ष्मी बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागिसमेत) वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस ८ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा दिनको २ बजे अग्रवाल भवन कमलपोखरीमा गर्ने जानकारी दिएको  छ । त्यस्तै, नेप्सेले समता घरेलु लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनस शेयरको समायोजनपश्चात मूल्य रू. १ हजार १२५ दशमलव ८३ तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो । बिहीवार कम्पनीको शेयर प्रतिकित्ता रू. १ दशमलव ३५१ मा अन्तिम कारोबार भएको थियो समता घरेलु लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश  वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस ७ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा बिहान ११:३० बजे मिराबेल रिर्सोट एण्ड होटल धुलिखेल काभ्रेपलाञ्चोकमा हुने जानकारी दिएको छ । त्यसैगरी, नेप्सेले नारायणी डेभलपमेण्ट बैंकको १०० प्रतिशत हकप्रद शेयरको समायोजनपछि शेयरमूल्य रू. ४७८ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ८५६ को आधारमा शेयरमूल्य समायोजन भएको हो । नारायणी डेभलपमेण्ट बैंकले आगामी पुस ७ गतेदेखि १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ । उक्त हकप्रद शेयरमा आवेदकले मंसिर २७ गतेसम्म आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित सामग्री

सनराईज र लक्ष्मी बैंक मर्जरमा जाने

सनराइज बैंक लिमिटेड र लक्ष्मी बैंक लिमिटेडबीच मर्जरमा जाने प्रारम्भिक सहामति भएको छ। दुई बैंकको संचालक समितिहरुको बैठकको निर्णयानुसार गाभ्ने–गाभिने (मर्जर) कार्यका लागि पौष २५ गते दुबै संस्थाका अध्यक्षले प्रारम्भिक...

लक्ष्मी बैंक र सनराइज बैंकले मर्जर सम्झौता गर्दै

२५ पुस, काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकले एक आपसमा गाभिन (मर्जर)का लागि सम्झौता गर्ने भएका छन् । २५ पुस सोमबार अथात् आजै दुबै बैंकबीच मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर हुने एक बैंकका सञ्चालकले बताए । ‘अहिले हामी छलफलमा छौं, केही समयपछि मर्जरको प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी छ,’ उनले भने । दुबै बैंकको […]

राणालाई लक्ष्मी बैंक गल्फ उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सुरेन राणाले सातौं संस्करणको लक्ष्मी बैंक खुला गल्फ प्रतियोगिताको उपाधि जितेको छ । किशोर बस्नेतसँग ४० स्टेबल फोर्ड अंकमा बराबरी भएपनि काउन्ट ब्याक प्रणालीमा राणाले ब्याक नाइन होलमा २३ अंक ल्याए भने बस्नेतले २० अंक हात पारे । बस्नेत उपविजेता बने । निश्चयजंग रायमाझीले ३७ ग्रस अंक बनाएर उत्कृष्ट ग्रसको अवार्ड […]

कमलादीको लक्ष्मी बैंक परिसरमा महानगरले चलायो डोजर

काठमाडौं।महाभियोग सिफारिस समितिको अन्तिम बैठक सुरु भएको छ।कमलादीको लक्ष्मी बैंक परिसरमा काठमाडौैं महानगरले डोजर चलाएको छ।शङ्खमूलको पुलमुनिबाट चार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ।जजिरा एयरले भैरहवाबाट कुवेतको दैनिक उडान सुरु गरेको छ।नेपाल र बंगलादेश बिचको मैत्रीपूर्ण खेल असोज ११ गते हुने भएको छ।

लक्ष्मी बैंक र आईसीआईसीआई बैंकबीच सम्झौता

काठमाडौँ– लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंक लिमिटेडबीच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह र आइसीआईसीआई बैंकको नेपालका लागि प्रमुख प्रतिनिधि रन्जनकुमार थापाले आदानप्रदान गरेका हुन् । उक्त सम्झौताले नेपाल र भारतबीचको परम्परागत अन्तर–बैंक भुक्तानीका साथै दुई देशबीच रेमिट्यान्स भुक्तानीको दायरा विस्तार गर्न […]

लक्ष्मी बैंक र भारतीय बैंकबीच सम्झौता

लक्ष्मी बैंक र भारतको आईसीआईसीआई बैंकबीच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्ने सम्झौता सम्पन्न छ । सो सम्झौतापत्रमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र आइसिआइसिआइ बैंकको नेपालका लागि प्रमुख प्रतिनिधि रन्जन कुमार थापाले हस्ताक्ष्ँर गरेका छन् । उक्त सम्झौताले नेपाल र भारतबीचको परम्परागत अन्तर–बैंक भुक्तानीका साथसाथै क्युआर भुक्तानी गरी दुई देशबीच रेमिट्यान्स भुक्तानीको दायरा विस्तार गर्न सहज बनाउने लक्ष्मी बैंकले विश्वास लिएको छ । साथै यो सम्झौताले दुई ब