काठमाडौं । भवन निर्माणको काम अलपत्र पार्ने १० ठेकेदार कम्पनीहरु कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँले काम अलपत्र पार्ने १० ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको हो । काठमाडौँ उपत्यका विकास प्राधिकरण, दुग्ध विकास संस्थान लगायतका १० कार्यालयहरुको काम अलपत्र पारेको थियो । सोमबार सार्वजनिक गरिएको एक सूचनामा ठेकेदार कम्पनीहरुलाई सार्वजनिक खरिद ऐन, २०६३ […]