मन्त्री प्रेम आलेले गरे कञ्चनपुरको मझगाउँ विमानस्थल स्तरोन्नति शिलान्यास

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले कञ्चनपुरको मझगाउँ विमानस्थल स्तरोन्नति शिलान्यास गरेका छन् । बुधबार विमानस्थल परिसरमा आयोजित कार्यक्रमका बीच मन्त्री आलेले स्तरोन्नति कार्य शुभारम्भ गरेका हुन् ।उनले सुदूरपश्चिम प्रदेशले धेरै सम्भावना बोकेको उल्लेख गर्दै विमानस्थल सञ्चालन भएपछि भारतीय पर्यटक भित्र्याउन सहज हुने बताए । उनले कुनै पनि योजना अघि बढाउँदा दशकौंसम्मको अवस्थालाई पूर्वानुमान गरेर सञ्चालन गर्नुपर्ने भन्दै विमानस्थलको रनवेलाई २५०० मिटरसम्म बनाइनुपर्ने र राजमार्गब

सम्बन्धित सामग्री

मझगाउँ विमानस्थल स्तरोन्नति सुरु

कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल स्तरोन्नतिको काम सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बुधबार विमानस्थल स्तरोन्नतिको शिलान्यास गरे ।

मझगाउँ विमानस्थल स्तरोन्नतिको काम शुरू

महेन्द्रनगर । लामो समयदेखि बन्द रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनका लागि स्तरोन्नतिको काम शुरू भएको छ । बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले एक कार्यक्रमका बीच विमानस्थल स्तरोन्नतिको शिलान्यास गरेका हुन् । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको साझेदारीमा विमानस्थल स्तरोन्नति गर्न लागिएको हो, जसअन्तर्गत विमानस्थल स्तरोन्नतिको कुल लागतको १५ प्रतिशत भीमदत्त नगरपालिका, १० प्रतिशत दोधारा चाँदनी नगरपालिका, २५ प्रतिशत सुदूरपश्चिम प्रदेश सरकार र ५० प्रतिशत संघीय सरकारले बेहोर्नेछन् । विमानस्थल स्तरोन्नतिका लागि ४५ करोड ६६ लाख रुपैयाँमा कान्छाराम कन्स्ट्रक्सन प्रालिसँग तीन वर्षभित्र काम सक्नेगरी ठेक्का सम्झौता भएको छ । विमानस्थलको धावनमार्ग, पार्किङ र ट्याक्सी वे निर्माण हुनेछ । यससँगै टर्मिनल भवन, सुरक्षा भवन र कन्ट्रोल टावर लगायत अन्य संरचनाको निर्माण पनि शुरू गरिने नेपाल नागरिक उड्डयन प्राधिकरण इन्जिनियरिङ विभाग प्रमुख मुराहरि भण्डारीले बताए । तीनै तहका सरकारको साझेदारीमा निर्माण हुन लागेको यो यस क्षेत्रकै पहिलो आयोजना हो । सम्झौता अनुसार भीमदत्त नगरपलिकाले साढे ३ करोड, दोधारा चाँदनीले ६२ लाख र सुदूरपश्चिम प्रदेश सरकारले ८ करोड ७५ लाख रुपैयाँ नागरिक प्राधिकरणलाई पठाइसकेका छन् । अहिले विमानस्थलको धावनमार्ग १ हजार ५२५ मिटर कालोपत्र गरिनेछ । लम्बाइ थप गर्न आवश्यक जमिन अधिग्रहण गरिने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आलेले बताए । विमानस्थलको धावनमार्ग क्रमिक रूपमा २ हजार २०० मिटर र पहुँचमार्ग समेत चार लेनको बनाउने लक्ष्य रहेको जानकारी उनले दिए । २०३० सालदेखि सञ्चालनमा आएको विमानस्थल सशस्त्र द्वन्द्वका बेला सुरक्षाको कारण देखाउँदै २०५६ देखि बन्द गरिएको थियो । बन्द भएको २२ वर्षपछि पुनः सञ्चालनका लागि स्तरोन्नतिको काम शुरू भएको हो । यसका लागि स्थानीय नागरिकदेखि जनप्रतिनिधिहरूले लामो समयदेखि माग गर्दै आएका थिए । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का सासद डा. दीपकप्रकाश भट्टले आफूहरूले यस क्षेत्रको विकासका लागि उठाएको उठाएको एजेण्डा सफल भएको बताए । संघीयताको मर्म बमोजिम मझगाउँ विमानस्थल सञ्चालनका लागि तीन तहको सरकारबीच भएको साझेदारीले भौतिक संरचना निर्माण अघि बढेको उनको भनाइ छ । साथै दोधरा चाँदनीमा सुक्खा बन्दरगाह, एकीकृत जाँच चौकी र महाकाली कोरिडोर निर्माण काम अघि बढेकाले यसले स्थानीय अर्थतन्त्रको विकासमा महŒवपूर्ण योगदान पुग्ने उनले बताए । भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले साझेदारी विकासको मोडेल अनुसार विमानस्थल पुनः सञ्चालनका लागि काम अघि बढेको बताए । ‘मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्ने प्रतिबद्धता गरेका थियौं,’ उनले भने, ‘यसका लागि दुई चरणमा काम अघि बढ्यो । सम्भाव्यता अध्ययनपछि विमानस्थल सञ्चालनका गर्न साझेदारी गरी स्थानीय सरकार भीमदत्त नगरपालिकाको तर्फबाट साढे तीन करोड रुपैयाँ प्राधिकरणको खातामा जम्मा गरेका छौं ।’