मझगाउँ विमानस्थल स्तरोन्नति सुरु

कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल स्तरोन्नतिको काम सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बुधबार विमानस्थल स्तरोन्नतिको शिलान्यास गरे ।

सम्बन्धित सामग्री

मझगाउँ विमानस्थल स्तरोन्नतिको काम शुरू

महेन्द्रनगर । लामो समयदेखि बन्द रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनका लागि स्तरोन्नतिको काम शुरू भएको छ । बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले एक कार्यक्रमका बीच विमानस्थल स्तरोन्नतिको शिलान्यास गरेका हुन् । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको साझेदारीमा विमानस्थल स्तरोन्नति गर्न लागिएको हो, जसअन्तर्गत विमानस्थल स्तरोन्नतिको कुल लागतको १५ प्रतिशत भीमदत्त नगरपालिका, १० प्रतिशत दोधारा चाँदनी नगरपालिका, २५ प्रतिशत सुदूरपश्चिम प्रदेश सरकार र ५० प्रतिशत संघीय सरकारले बेहोर्नेछन् । विमानस्थल स्तरोन्नतिका लागि ४५ करोड ६६ लाख रुपैयाँमा कान्छाराम कन्स्ट्रक्सन प्रालिसँग तीन वर्षभित्र काम सक्नेगरी ठेक्का सम्झौता भएको छ । विमानस्थलको धावनमार्ग, पार्किङ र ट्याक्सी वे निर्माण हुनेछ । यससँगै टर्मिनल भवन, सुरक्षा भवन र कन्ट्रोल टावर लगायत अन्य संरचनाको निर्माण पनि शुरू गरिने नेपाल नागरिक उड्डयन प्राधिकरण इन्जिनियरिङ विभाग प्रमुख मुराहरि भण्डारीले बताए । तीनै तहका सरकारको साझेदारीमा निर्माण हुन लागेको यो यस क्षेत्रकै पहिलो आयोजना हो । सम्झौता अनुसार भीमदत्त नगरपलिकाले साढे ३ करोड, दोधारा चाँदनीले ६२ लाख र सुदूरपश्चिम प्रदेश सरकारले ८ करोड ७५ लाख रुपैयाँ नागरिक प्राधिकरणलाई पठाइसकेका छन् । अहिले विमानस्थलको धावनमार्ग १ हजार ५२५ मिटर कालोपत्र गरिनेछ । लम्बाइ थप गर्न आवश्यक जमिन अधिग्रहण गरिने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आलेले बताए । विमानस्थलको धावनमार्ग क्रमिक रूपमा २ हजार २०० मिटर र पहुँचमार्ग समेत चार लेनको बनाउने लक्ष्य रहेको जानकारी उनले दिए । २०३० सालदेखि सञ्चालनमा आएको विमानस्थल सशस्त्र द्वन्द्वका बेला सुरक्षाको कारण देखाउँदै २०५६ देखि बन्द गरिएको थियो । बन्द भएको २२ वर्षपछि पुनः सञ्चालनका लागि स्तरोन्नतिको काम शुरू भएको हो । यसका लागि स्थानीय नागरिकदेखि जनप्रतिनिधिहरूले लामो समयदेखि माग गर्दै आएका थिए । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का सासद डा. दीपकप्रकाश भट्टले आफूहरूले यस क्षेत्रको विकासका लागि उठाएको उठाएको एजेण्डा सफल भएको बताए । संघीयताको मर्म बमोजिम मझगाउँ विमानस्थल सञ्चालनका लागि तीन तहको सरकारबीच भएको साझेदारीले भौतिक संरचना निर्माण अघि बढेको उनको भनाइ छ । साथै दोधरा चाँदनीमा सुक्खा बन्दरगाह, एकीकृत जाँच चौकी र महाकाली कोरिडोर निर्माण काम अघि बढेकाले यसले स्थानीय अर्थतन्त्रको विकासमा महŒवपूर्ण योगदान पुग्ने उनले बताए । भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले साझेदारी विकासको मोडेल अनुसार विमानस्थल पुनः सञ्चालनका लागि काम अघि बढेको बताए । ‘मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्ने प्रतिबद्धता गरेका थियौं,’ उनले भने, ‘यसका लागि दुई चरणमा काम अघि बढ्यो । सम्भाव्यता अध्ययनपछि विमानस्थल सञ्चालनका गर्न साझेदारी गरी स्थानीय सरकार भीमदत्त नगरपालिकाको तर्फबाट साढे तीन करोड रुपैयाँ प्राधिकरणको खातामा जम्मा गरेका छौं ।’

मन्त्री प्रेम आलेले गरे कञ्चनपुरको मझगाउँ विमानस्थल स्तरोन्नति शिलान्यास

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले कञ्चनपुरको मझगाउँ विमानस्थल स्तरोन्नति शिलान्यास गरेका छन् । बुधबार विमानस्थल परिसरमा आयोजित कार्यक्रमका बीच मन्त्री आलेले स्तरोन्नति कार्य शुभारम्भ गरेका हुन् ।उनले सुदूरपश्चिम प्रदेशले धेरै सम्भावना बोकेको उल्लेख गर्दै विमानस्थल सञ्चालन भएपछि भारतीय पर्यटक भित्र्याउन सहज हुने बताए । उनले कुनै पनि योजना अघि बढाउँदा दशकौंसम्मको अवस्थालाई पूर्वानुमान गरेर सञ्चालन गर्नुपर्ने भन्दै विमानस्थलको रनवेलाई २५०० मिटरसम्म बनाइनुपर्ने र राजमार्गब

मझगाउँ विमानस्थलका लागि भीमदत्तद्वारा १ करोड जम्मा

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले लामो समयदेखि बन्द रहेको मझगाउँ विमानस्थल स्तरोन्नति तथा पुनः सञ्चालनका लागि १ करोड रुपैयाँ जुटाएको छ । विमानस्थल सञ्चालनमा ल्याउने सम्बन्धमा भएको त्रिपक्षीय समझदारी अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको खातामा १ करोड रुपयाँ जम्मा गरिएको नगरपालिकाले बताएको छ । भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टले सम्झौता बमोजिम नगरपालिकाको तर्फबाट बेहोर्नुपर्ने रकममध्ये पहिलो चरणमा एक करोड रुपैयाँ प्राधिकरणको खातामा जम्मा गरिएको जानकारी दिए । उनका अनुसार बाँकी रकम असोजसम्ममा जम्मा गरिनेछ । विमानस्थल स्तरोन्नति तथा पुनः सञ्चालनका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच लगानीमा साझेदारी गर्ने सम्झौता भएको थियो । गत फागुनमा संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार, भीमदत्त नगरपालिका र दोधाराचाँदनी नगरपालिकाबीच विमानस्थल निर्माणका लागि सम्झौता भएको हो । ९ बुँदे सम्झौतापत्रमा विमानस्थल निर्माणका लागि संघीय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधराचाँदनी नगरपालिकाले १० प्रतिशत लागत बेहोर्नुपर्ने उल्लेख छ । ४ दशकअघि निर्माण भएर पनि चरन र खेल मैदानमा सीमित कञ्चनपुरको मझगाउँ विमानस्थलको धावनमार्ग ३७ करोड लागतमा कालोपत्र गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण, सुदूरपश्चिम प्रदेश सरकार र कञ्चनपुरका दुई स्थानीय तह (भीमदत्त र दोधारा चाँदनी नगरपालिका)ले समझदारी गरेका हुन् । स्तरोन्नतिपछि विमानस्थलको धावनमार्ग १६ सय मिटर लामो हुनेछ, जसबाट साना आकारका विमान सहजै उडान तथा अवतरण गर्न सकिने उल्लेख छ । भीमदत्त नगरपालिकाका प्रमुख विष्टले विमानस्थल पुनः सञ्चालनका लागि नगरपालिकाको तर्फबाट गर्नुपर्ने काम र पहलमा कुनै कसर बाँकी नराखिने बताए । ‘यस क्षेत्रको आर्थिक विकास र समृद्धिसँग जोडिएको उक्त विमानस्थल सञ्चालनका लागि नगरपालिकाले वहन गर्नुपर्ने दायित्वबाट पछि हट्दैनौं,’ उनले भने । साथै उनले संघ र प्रदेश सरकारलाई सम्झौता अनुसार विमानस्थलको निर्माण प्रक्रिया अगाडि बढाउन आग्रह समेत गरे ।