भदौ २३ गते संघीय संसद्को अधिवेशन आह्वान

काठमाडौं (अस) । राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गते संघीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले आउँदो बुधवार दिउँसो ४ बजे संघीय संसद्को दुवै अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा शनिवार जारी विज्ञप्तिमा उल्लेख छ । शनिवार नै बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो । सर्वाेच्च अदालतको फैसलापछि दोस्रोपटक पुनःस्थापना भएको प्रतिनिधिसभाको बैठक साउन ३ गते बसेको थियो । बैठकमा प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवाले विश्वासको मत लिएका थिए । राजनीतिक दल विभाजनलाई सहज हुनेगरी अध्यादेश जारी गर्न सरकारले साउन ३२ गते संसद्को अधिवेशन अन्त्य गरेको थियो । अध्यादेश अनुसार एमाले र जनता समाजवादी पार्टीबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएका छन् । निर्वाचन आयोगले भदौ २२ गतेसम्म प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल रोज्न पाउने समय दिएको छ । आयोगले नयाँ दल रोज्न दिएको समय सकिने भोलिपल्ट संसद्को अधिवेशन आह्वान गर्न सरकारले सिफारिश गरेको थियो ।

सम्बन्धित सामग्री

संसद् अधिवेशन २५ पुसदेखि

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संघीय संसद् अधिवेशन आह्वान गरेकी छन् । संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि संसद् भवनमा संघीय संसद्को अधिवेशन आह्वान गरिएको हो । मंसिर ४ गते भएको निर्वाचनपछि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक पहिलो पटक बस्न लागेको हो । प्रतिनिधिसभामा १२ […]

राष्ट्रपतिद्वारा संघीय संसद्को अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपतिले आगामी पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् । प्रतिनिधिसभाको ज्येष्ठ सदस्यलाई सम्बोधन गर्दै राष्ट्रपति कार्यालयबाट पठाइएको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम सम्वत् २०७९ साल पुस २५ गते सोमबारका दिन १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको छु।’ सोमबार मात्रै प्रधानमन्त्री

परिणाम आएको महिना दिनभित्र संसद् अधिवेशन

संविधानको धारा ९३ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्ने व्यवस्था छ।...

२८ मंसिरमै संसद् अधिवेशन आह्वान

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले संघीय संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो । सोहीबमोजिम राष्ट्रपति कार्यालयले बिहीबार नै विज्ञप्ति जारी गरेर...

संघीय संसद्को अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको अभिवेशन आह्वान गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले बिहीबार संघीय संसद्को अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को अधिवेशन आह्वान गरेकी छन् । सरकारले यही भदौ २३ गतेदेखि अधिवेशन बोलाउन सिफारिस गरेपछि उनले अधिवेशन बोलाएकी हुन् ।शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते बुधबार दिउँसो ४ बजे दुवै सदनको अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो । अधिवेशनबारे बोलाउनेबारे शनिबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ […]

राष्ट्रपति भण्डारीद्वारा २३ भदौमा संघीय संसद्को अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले २३ भदौमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन २३ भदौको अपराह्न ४ बजे आह्वान गरेकी...

संघीय संसद्को अधिवेशनको तयारी

काठमाडौं। संघीय संसद्को अधिवेशन आव्हान हुने जनाउँदै संघीय संसद् सचिवालयले तयारी थालेको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि सचिवालयले अधिवेशनको तयारी थालेको हो। बिहीबार सूचना प्रकाशित गर्दै सचिवालयले सभामुख, सांसद, कर्मचारी, मर्यादा पालक, सुरक्षाकर्मी र पत्रकारलाई एन्टिजेन परीक्षण गर्न भनेको छ । नेपालको संविधान अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन आह्वान हुने व्यवस्था छ।