गोरखापत्र प्रतिष्ठान शाखाको अध्यक्षमा ढुङ्गेल निर्वाचित

नेपाल पत्रकार महासंघ गोरखापत्र प्रतिष्ठान शाखाको अध्यक्षमा सरोज ढुङ्गेल निर्वाचित हुनुभएको छ । कुल ५४ मत रहेको गोरखापत्र शाखामा ५३ मत खसेको थियो । ढुङ्गेल एक मत अन्तरले आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्नुभयो । अध्यक्ष बाहेक सबै पदमा पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित हुनुभयो । अध्यक्षमा ढुङ्गेल र तुलसीहरि कोइराला प्रतिस्पर्धामा हुनुहुन्थ्यो । ढुङ्गेलले २७ मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी कोइरालाले २६ मत प्राप्त गर्नुभयो । निर्वाचन अधिकृत गोकर्ण अर्यालले अध्यक्ष पदमा निर्वाचित ढुङ्गेललाई विजयी घोषणा गर्दै टीका लगाएर बधाई ज्ञापन गर्नुभयो । शाखाको उपाध्यक्षमा पुरुषोत्तम खत्री, शिवामाया तामाङ (महिला), सचिवमा सविता शर्मा, सहसचिवमा अर्पणा अधिकारी, विनु श्रेष्ठ नगरकोटी (समावेशी), कोषाध्यक्षमा लक्ष्मी खतिवडा निर्विरोध निर्वाचित हुनुभयो । त्यस्तै सदस्यहरुमा विश्वास रेग्मी र अजिता रिजाल निर्वाचित हुनुभयो ।

सम्बन्धित सामग्री

पत्रकार महासंघ सुर्खेतको अध्यक्षमा बसेल निर्विरोध

सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको अध्यक्षमा ललित बसेल निर्विरोध निर्वाचित भएका छन् । तीन संगठनको सहमतिमा नयाँ नेतृत्वका लागि अध्यक्षमा बसेल निर्विरोध निर्वाचित भएका हुन् ।बसेल विगत लामो समयदेखि गोरखापत्र दैनिकमा आवद्ध छन् । यस्तै महिला उपाध्यक्षमा सविता जिसी, सचिवमा ललित बुढा, सह–सचिव खुलामा ईश्वर अधिकारी, सह–सचिव समावेशीमा टेकेन्द्र विश्वकर्मा र कोषाध्यक्षमा ललित गाहा पनि निर्विरोध निर्वाचित भएका छन् ।यस्तै दलित सदस्यमा लालसिंह मिजार, महिला सदस्यमा करिश्मा चौधरी र जनजाति

प्रेस युनियन गोरखापत्र शाखा अध्यक्षमा राधा चालिसे निर्वाचित

नेपाल प्रेस युनियन गोरखापत्र प्रतिष्ठान शाखाको अध्यक्षमा राधा चालिसे निर्वाचित हुनुभएको छ ।