काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध अदालत अपहेलना मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ भएको छ। अदालतको मानहानी गरेको भन्दै अधिवक्ता दीपकराज जोशीले शाहविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। अदालतको अपहेलनासम्बन्धी रिटमाथि न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ भएको हो। मुद्दाको आदेश भने आउन बाँकी छ।