नयाँ पार्टी खोल्न कानुन व्यावसायीसँग परामर्शमा ठाकुर

 निर्वाचन आयोगले जसपाको आधिकारिता उपेन्द्र यादवलाई दिएपछि नयाँ पार्टी खोल्ने तयारीमा महन्थ ठाकुर र राजेन्द्र महतो लागेका छन्। उनीहरूले मंगलबार र बुधबार आफूनिकट कानुन व्यावसायीहरूसँग छलफल गरेका थिए। यादवनिकट नेता ज्ञानेन्द्र झाले यसअघि नै निर्वाचन आयोगमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ताकोलागि निवेदन दिएका छन्।  स्रोतका अनुसार, ठाकुर र महतोको चाहना पूरानो राजपा ब्युझाउँने हो तर उपेन्द्र यादवनिकट नेता हरिनारायण यादवले राजपा दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। यादवले आयोगमा नि

सम्बन्धित सामग्री

महन्थ ठाकुर पक्ष सर्वोच्च जाने

जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत जाने भएको छ । सोमवार निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि आयोगको सो निर्णयविरुद्ध ठाकुर पक्ष सर्वोच्च अदालत जाने भएको हो ।  मंगलवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च जाने बताए । उनले यस विषयमा आवश्यक कानूनी परामर्श गरिरहेको पनि बताए ।

बिलखबन्दमा दलविहीन ठाकुर पक्ष, दुई विकल्पमा छलफल

आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न ठाकुर पक्षले कुनै न कुनै राजनीतिक बाटो कोर्नु पर्ने देखिन्छ । आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालत गुहार्ने पहिलो रणनीतिमा ठाकुर पक्ष छ ।

ठाकुर पक्षका पाँच सांसद यादवतिर

काठमाडौं, साउन ३ । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्ष सरकारमा जाने निश्चित भएपछि महन्थ ठाकुर पक्षलाई साथ दिएका ठाकुर पक्षका पाँच सांसद यादव पक्षमा पुगेका छन्। यादव पक्षले शनिबार बोलाएको संसदीय दलको बैठकमा ठाकुर पक्षका चार सांसदको उपस्थिति थियो भने एक सांसदले बैठकमा उपस्थित नभए पनि यादवलाई साथ दिने आश्वासन दिएका छन्। […]

प्रधानमन्त्री देउवाविरुद्ध ओली र ठाकुर एउटै कित्तामा, ठाकुर पक्षको बैठक बस्दै

काठमाडौं, २ साउन । नेकपा (एमाले) र जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर समूह एउटै कित्तामा उभिने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछिको परिवर्तित राजनीतिक अवस्थामा पनि एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष ठाकुरबीच सहकार्य हुने भएको हो । यसअघि जसपाको ठाकुर पक्ष ओली सरकारमा सहभागी समेत भएको थियो […]

ठाकुर पक्षका मुद्दा ओझेलमा

काठमाडौं, असार २७ । सर्वोच्च अदालतको आदेशअनुसार जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्ष सरकारबाट बाहिरिएपछि उसका माग सम्बोधन गर्नेतर्फ प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका छैनन्। प्रधानमन्त्रीले माग सम्बोधन गर्ने सहमति गरेपछि ठाकुर पक्ष सरकारमा सहभागी भएको थियो। तर सहभागी भएको केही दिनपछि असार ८ गते सर्वोच्च अदालतबाट भएको आदेशबमोजिम ठाकुर पक्षका ११ मन्त्री […]

सर्वोच्चको निर्णयप्रति ठाकुर पक्ष चिन्तित

काठमाडौं, असार ९ । प्रधानमन्त्रीले गरेको मन्त्रिमण्डल विस्तार खारेज गर्ने सर्वोच्चको निर्णयलाई जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले चिन्ता र दुःख व्यक्त गरेको छ। सर्वोच्चको निर्णयबाट मुलुकमा अन्योल र जटिलता उत्पन्न हुने ठाकुर पक्षका नेताहरूको भनाइ छ। तर उपेन्द्र यादव पक्षका नेताहरू भने सर्वोच्चको निर्णयबाट खुसी भएका छन्। केपी ओली नेतृत्वमा सरकारमा जसपाका ठाकुर पक्षका […]

हस्ताक्षर बुझाउन ठाकुर पक्षलाई एकसाता

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षलाई केन्द्रीय पदाधिकारीको हस्ताक्षर बुझाउन एक साताको समय दिएको छ। जसपामा सरकारको समर्थनमा रहेको ठाकुर पक्ष र सरकारको विपक्षमा रहेको उपेन्द्र यादवपक्षले एक अर्कालाई कारबाही गर्दै आधिकारीकतामा विवाद देखिएका बेला ठाकुर पक्षको मागबमोजिम एक साताको समय दिइएको हो।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने नगर्ने विषयमा जसपाभित्र बढेको विवादमा जेठ १८ गते अध्यक्ष यादवले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ

महन्थ ठाकुर पक्षको बैठक बस्दै

जनता समाजवादी पार्टीको अध्यक्ष महन्थ ठाकुर पक्षको बैठक पार्टी कार्यालय बबरमहलमा बस्दै छ। जसपाका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको कार्यकारिणी बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण लगायतका नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। त्यस पछि के गर्ने भन्ने विषयमा ठाकुर-महतो  पक्षको बैठक अहिले बस्न लागेको हो। ४ बजे देखि बैठक बस्ने भएको छ।

ठाकुर–महतो पक्ष सरकारमा जान तयार

काठमाडौं, जेठ १ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष ओली सरकारमा जाने भएको छ। यसका लागि आन्तरिक तयारी र गृहकार्य भइरहेको स्रोतको भनाइ छ। ठाकुर र महतोले बिहीबार राति दोस्रो पटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए। दोस्रो भेटमा ओलीले ठाकुर र महतोलाई सरकारमा आउन आग्रह गरेका थिए। ठाकुर र महतो तटस्थ बसेकाले […]

प्रधानमन्त्री ओलीलाई भेट्न महन्थ ठाकुर बालुवाटारमा

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटारमा पुगेका छन्। आज केहीबेर अघि अध्यक्ष ठाकुर प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको ठाकुर निकट नेताले देखापढीलाई बताए। उनले भने, ‘अहिले अध्यक्ष ज्यू प्रधानमन्त्रीसँग वर्तमान राजनीतिक सन्दर्भबारे छलफलमा हुनुहुन्छ।’ २७ गते प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिँदा अध्यक्ष ठाकुर पक्षका सांसदहरु तटस्थ बसेका थिए।