एघार क्यासिनोले साढे तीन अर्ब राजस्व तिर्न बाँकी

गत आर्थिक वर्ष २०७९/८० सम्ममा दर्जन क्यासिनोले सरकारलाई ३ अर्ब ६० करोड १४ लाख रूपैयाँ राजस्व तिर्न बाँकी रहेको पर्यटन विभागको होटल शाखाको तथ्याङ्कले देखाएको छ।...

सम्बन्धित सामग्री

सरकारलाई कुनै रकम तिर्न बाँकी छैन : एनसेल

काठमाडौं  । एनसेल आजियाटा लिमिटेड (एनसेल)ले इन्टरनेसनल सेन्टर फर दी सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आईसीएसआईडी)को मध्यस्थतामा हालै भएको निर्णयको सम्मान गर्ने प्रतिक्रिया दिएको छ । यससँगै नेपालमा आफूले कुनै पनि कर तिर्न बाँकी नरहेको कम्पनीले बताएको छ । पूँजीगत लाभकरको सम्बन्धमा चित्त नबुझेपछि एनसेलले आईसीएसआईडीमा दायर गरेको निवेदनमा गत शुक्रवार नेपाल सरकारको पक्षमा फैसला भएको थियो । एनसेलले आफ्नो शेयर विक्रीमा लाभकर नतिरेको भन्दै सर्वोच्च अदालतले तिर्नुपर्ने फैसला गरेपछि सरकारले कर निर्धारण गरेको थियो । आजियाटा ग्रुपले २०७६ वैशाखमा अन्तरराष्ट्रिय लगानीसम्बन्धी विवाद समाधान गर्ने निकाय आईसीएसआईडीमा विवाद निरूपणका लागि निवेदन दिएको थियो । ‘मध्यस्थता प्रक्रियाको प्रारम्भिक चरणमा नेपालले न्यायाधिकरणको आदेशको पालना नगरेका कारण आजियाटा यूके र एनसेललाई करीब १४ लाख अमेरिकी डलर भुक्तानी गर्न पनि नेपाल सरकारलाई आदेश दिइएको छ,’ एनसेलले विज्ञप्तिमा भनेको छ, ‘यो निर्णयअनुसार अब आजियाटा यूके र एनसेलले सरकारलाई कुनै रकम तिर्न बाँकी छैन ।’ न्यायाधिकरणले आफ्नो निर्णयमा अब नेपालले यस कारोबारसँग सम्बन्धित कुनै पनि कर, दस्तुर, जरीवाना वा ब्याज माग गर्न नपाउने संकेत गरेको एनसेलको भनाइ छ । आईसीएसआईडी कम्भेन्सनको धारा ३७(२)(बी) अनुसार गठन भएको न्यायाधिकरणले गत शुक्रवार आजियाटा यूके र एनसेलले गरेको दाबी खारेजीको निर्णय दिएको थियो । न्यायाधिकरणले आफ्नो निर्णयमा अब नेपाल सरकारले यस कारोबारसँग सम्बन्धित कुनै पनि कर, दस्तुर, जरीवाना वा ब्याज माग गर्न नपाउने संकेत गरेको एनसेलको बुझाइ छ ।

मणिपालले पोखरा महानगरलाई १० करोडभन्दा बढी राजश्व तिर्न बाँकी

पोखरा : मणिपाल शिक्षण अस्पतालले पोखरा महानगरलाई १० करोडभन्दा बढी राजश्व तिर्न बाँकी रहेको छ। छानबिन प्रतिवेदनका अनुसार मणिपालले महानगरलाई १० करोड ४ लाख ९२ हजार रुपैँया तिर्न बाँकी रहेको हो। मणिपालले तिर्नुपर्ने रकममा अन्यौलता भएपछि माघमा पोखरा महानगरले छानबिन समिति गठन गरेको थियो।  पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा…

पोखरा महानगरको प्रतिवेदन : मणिपालले १० करोड कर तिर्न बाँकी

२ चैत, पोखरा । पोखरा महानगरपालिकाले मणिपाल शिक्षण अस्पतालसँग १० करोड रुपैयाँ भन्दा बढी कर उठाउन बाँकी रहेको ठहर गरेको छ । मणिपालले तिर्न बाँकी बक्यौता अन्योल भएपछि महानगरले राजश्व परामर्श समिति सदस्यसमेत रहेका पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । माघमा गठन भएको उक्त समितिले महानगरलाई मणिपालले १० […]

आयल निगमले आइओसीलाई २९ अर्ब तिर्न बाँकी

नेपाल आयल निगम लामो समयदेखि घाटामा जाँदा इन्डियन आयल कर्पोरेसन(आइओसी)लाई २९ अर्ब रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको जनाएको छ।...

महानगरले विद्युतको महशुल तिर्न बाँकी छैन : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाले विद्युत प्राधिकरणको महशुल दाखिला नगरेको भन्ने बिषयमा सत्यता नभएका मेयर बालेन साहले बताएका छन् । मंगलबार साँझ सामाजिक सञ्जाल फेशबुकमार्फत मेयर बालेनले महानगरले विद्युतको महशुल तिर्न बाँकी नरहेको स्पष्ट पारेका हुन् । महानगरले कर तिर्न ताकेता गरेपछि प्राधिकरणले विद्युत महशुलमा कटौती गरेको दाबी गरेको थियो। सो दाबीपछि मेयर बालेनले महानगरले महशुल […]

महानगरले बत्तीको रकम तिर्न बाँकी छैन : मेयर बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाले विद्युत प्राधिकरणको महशुल दाखिला नगरेको भन्ने बिषयलाई प्रतिवाद गरेको छ।महानगरका मेयर बालेन शाहले यस बिषयमा फेशबुकमार्फत खण्डन गरेका हुन्।महानगरले कर तिर्न ताकेता गरेपछि प्राधिकरणले विद्युत महशुलमा कटाैती गरेकाे दाबी गरेकाे थियाे। साे दाबीपछि मेयर शाहले महानगरले महशुल तिर्न बाँकी नरहेकाे र भएपनि कर र महशुल साटासाट गर्ने बिषय नभएकाे प्रष्ट गरेका छन्।यस बिषयमा बालेनले भनेका छन्।१. काठमाडौं महानगरपालिका काठमाडौं महानगरबासीको सेवाक

कामपाले सिंहसत्तलको भाडा २ करोड तिर्न बाँकी

काठमाडौं । काठमाडौं महानगरपालिकाले हनुमानढोका सिंहसत्तलको भाडाबापत २ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ । सकम तिर्न ताकेता गर्दै गुठी संस्थानले कामपालाई पत्र पठाएको छ । गुठी संस्थान काठमाडौंका प्रमुख आनन्द कर्माचार्यले लामो समयदेखिको बक्यौता तिर्न ताकेता गर्दै कामपालाई पत्र पठाएको हो । संस्थानले पछिल्लो पत्र साउन २० गते पठाएको हो । काठमाडौं प्रमुख कर्माचार्यले […]

हेलिकप्टर कम्पनीहरूले तिर्न बाँकी रकम उठाउन सगरमाथा निकुञ्जले समिति गठन गर्‍याे

साेलुखुम्बु – सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेले हेलिकप्टरहरुले राजस्व तिर्न बाँकी रहेको विषयमा छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । निकुञ्ज क्षेत्रमा उडान गर्ने हेलिकप्टरहरूले तोकिएको राजस्व छल्ने क्रम बढेसँगै निकुञ्जले छानबिन समिति गठन गरेको हो । कार्यालयले सहायक संरक्षण अधिकृत मनोजकुमार मण्डलको संयाेजकत्वमा पाँच सदस्यीय टोली गठन गरेको प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार समितिको सदस्यहरूमा चौरीखर्क रेन्जपोस्टका रेन्जर श्यामप्रकाश तामाङ र खुम्जुङ रेन्जपोस्टका रेन्जर खिमराज वल...

सरकारलाई रोयल्टी तिर्न बाँकी नभएको याक-यति होटलको दावी

काठमाडौं । याक एण्ड यति होटलका कानूनी सल्लाहकार रमण कर्णले होटलले सरकारलाई रोयल्टी तिर्न बाँकी नभएको दावी गर्नुभएको छ । कर्णले होटल सञ्चालनमा आएदेखि अहिलेसम्म रोयल्टी तथा राजस्व वापतको रकमसमेत तिर्न बाँकी नभएको बताउनुभएको हो। कानुनी सल्लाहकार कर्णले याक एण्ड यतिले व्यवसाय गरेबापतको राजस्व तथा क्यासिनो सञ्चालनको रोयल्टी राज्यलाई नियमित रुपमा दि‌दै आएको बताउनुभयो । […]

चिनी उद्योगीले किसानको साढे सात करोड तिर्न बाँकी

राकेश अग्रवालका अन्नपूर्ण र इन्दिरा सुगर मिलले सवा ४ करोड तिर्न बाँकी, बक्यौता नतिरी मिल बन्द  श्रीराम सुगर मिलले तीन करोड १२ लाख तिर्न बाँकी, तीन करोड १५ लाख बैंकमा राखेको...