अलपत्र आयोजनाको विवरण  बुझाउन ठेकेदारलाई निर्देशन

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र सञ्चालित निर्माणाधीन, अधुरा र अलपत्र अवस्थामा रहेका आयोजनाहरुको मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन सम्बन्धित निर्माण कम्पनीलाई ३५ दिने समयसीमा तोकेको छ । राष्ट्रिय गौरवका योजना तथा नगरपालिकाबाट बजेट विनियोजन भएर सञ्चालन गरिएका आयोजना निर्माण कम्पनीको चरम लापारबाहीले अलपत्र परेको जनाउँदै नगरपालिकाले मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन बिहीबारदेखि गणना हुनेगरी ३५ दिने समयसीमा तोकेको हो ।     अलपत्र योजनाका

सम्बन्धित सामग्री

प्रधानमन्त्रीका निर्देशन अलपत्र, फलोअपमा प्रधानमन्त्री कार्यालय

प्रधानमन्त्री कार्यालयले १० माघमा विभिन्न मन्त्रालयलाई पत्र लेख्दै निर्देशन कार्यान्वयनको प्रगति विवरण उपलब्ध गराउन भनेको थियो । तर, अहिलेसम्म खानेपानी मन्त्रालयले मात्रै कामको विवरणबारे जानकारी गराएको छ ।

५५ जलविद्युत् आयोजनासँग प्रगति विवरण माग : चित्तबुझ्दो विवरण नआए लाइसेन्स खारेज

काठमाडौं । विद्युत् विकास विभागले अनुमतिपत्र लिएर काम नगर्ने ५५ ओटा जलविद्युत् आयोजनासँग प्रगति विवरण माग गरेको छ । विवरण हेर्दा अनुमतिपत्र लिएर काम नगरेको पाइएमा वा काम गर्न सक्ने स्पष्ट आधार नदेखिएमा त्यस्ता आयोजनाको अनुमतिपत्र खारेज गर्ने सरकारको योजना छ । प्रधानमन्त्री पुष्पकमल दाहालले गत बिहीवार ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई बोलाएर जलविद्युत् आयोजनाको अनुमतिपत्र लिने तर काम नगर्ने प्रवृत्तिका कम्पनीलाई दिएको लाइसेन्स मापदण्ड बनाएर खारेजीको प्रक्रियामा लैजान निर्देशन दिनुभएको थियो । विभागले पनि गत मङ्सिर १८ मा विभिन्न ५५ ओटा जलविद्युत् कम्पनीका नाममा सूचना जारी गर्दै विद्युत् उत्पादन अनुमतिपत्र जारी भएको लामो समय बितिसक्दा पनि भौतिक प्रगति न्यून देखिएकाले हालसम्मको भौतिक र वित्तीय प्रगति समेटिएको लिखित जवाफसहित उपस्थित हुन भनेको थियो । विभागका महानिर्देशक चिरञ्जीवी चटौतले अनुमतिपत्र लिएर लामो समय काम नगर्ने कम्पनीहरूसँग प्रगति विवरण माग गरिएको जानकारी दिए । ‘ती आयोजनाले विभागको सम्पर्कमा आएर आफ्नो प्रगति विवरण पेश गरिरहेका छन् । हामीले पनि के कति कारणले आयोजनाको काम अड्किएको हो र त्यसमा विभागका तर्फबाट के कस्तो सहयोग गर्न सकिन्छ, आयोजनाहरूले तत्काल काम अघि बढाउन सक्छन्/सक्दैनन् र कसरी निकास दिने भन्ने विषयमा छलफल गरिरहेका छौं,’ उनले आर्थिक अभियानसँग भने, ‘विवरणहरू अध्ययनका क्रममा आयोजनाले अनुमतिपत्र मात्रै होल्ड गरेको देखिएमा वा आयोजना बन्ने सम्भावना कम देखिएमा तिनको अनुमतिपत्र तत्काल खारेज गरिनेछ ।’  अनुमतिपत्र लिएर काम नगर्नेमा सानाठूला दुवै खाले आयोजना छन् । अनुमतिपत्र लिएर प्रगति विवरण नबुझाउनेमा ४२ मेगावाटको अपर मोदी ‘ए’, ४२ दशमलव ९ मेगावाटको आँखुखोला हाइड्रोपावर, २ सय ८५ मेगावाटको अपर तमोर, ६ दशमलव ५ मेगावाटको रावाखोला हाइड्रोपावर, १० दशमलव ४ मेगावाटको सभाखोला ‘ए’, २० मेगावाटको अपर म्याग्दी, ४ मेगावाटको रुप्सेखोला हाइड्रोपावर, २ सय ४३ मेगावाटको मनाङ मस्र्याङ्दी, १ सय ४० मेगावाटको तल्लो मनाङ मस्र्याङ्दी छन् । त्यसैगरी ४ सय ४० मेगावाटको तिला–१ हाइड्रोपावर प्रोजेक्ट र ४ सय २० मेगावाटको तिला–२ हाइड्रोपार प्रोजेक्टले पनि प्रगति विवरण नबुझाएको विभागले जनाएको छ । प्रगति विवरण नबुझाएका आयोजनामध्ये कतिपय २०/२२ प्रतिशत काम गरिसकेर पनि अलपत्र छन् भने कतिपय आयोजना शुरू नै भएका छैनन् । कतिपयले त अनुमतिपत्र लिएको ८ वर्षसम्म पनि कामै शुरू गर्न नसकेको चटौतले जानकारी दिए ।

अलपत्र आयोजनाको विवरण बुझाउन ठेकेदारलाई निर्देशन

खोटाङ, कात्तिक ४। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र सञ्चालित निर्माणाधीन, अधुरा र अलपत्र अवस्थामा रहेका आयोजनाहरुको मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन सम्बन्धित निर्माण कम्पनीलाई ३५ दिने समयसीमा तोकेको छ । राष्ट्रिय गौरवका योजना तथा नगरपालिकाबाट बजेट विनियोजन भएर सञ्चालन गरिएका आयोजना निर्माण कम्पनीको चरम लापारबाहीले अलपत्र परेको जनाउँदै नगरपालिकाले मासिक कार्ययोजना र […]

अलपत्र आयोजनाको विवरण बुझाउन ठेकेदारलाई निर्देशन

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र सञ्चालित निर्माणाधीन, अधुरा र अलपत्र अवस्थामा रहेका आयोजनाहरुको मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन सम्बन्धित निर्माण कम्पनीलाई ३५ दिने समयसीमा तोकेको छ ।

अलपत्र आयोजनाको विवरण बुझाउन ठेकेदारलाई निर्देशन

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र सञ्चालित निर्माणाधीन, अधुरा र अलपत्र अवस्थामा रहेका आयोजनाको मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन सम्बन्धित निर्माण कम्पनीलाई ३५ दिने समयसीमा तोकेको छ। राष्ट्रिय गौरवका योजना तथा नगरपालिकाबाट बजेट विनियोजन भएर सञ्चालन गरिएका आयोजना निर्माण कम्पनीको चरम लापारबाहीले अलपत्र परेको जनाउँदै नगरपालिकाले मासिक कार्ययोजना र प्रगति विवरण […]

कर्णालीका साना जलविद्युतको अवस्थाबारे मन्त्री सिंहको चासो

सुर्खेत : कर्णाली प्रदेशभर रहेका साना जलविद्युत् आयोजनाको अवस्थाबारे जानकारी दिन कर्णाली प्रदेशका जलस्रोत तथा विकासमन्त्री गणेशप्रसाद सिंहले निर्देशन दिएका छन्।मन्त्रालयमा सोमबार भएको छलफलमा मन्त्री सिंहले कर्णाली विद्युतमा यथार्थ चित्रण गर्नका लागि यो निर्देशन दिएको बताए। कुन जिल्लामा कति विद्युतका आयोजना अलपत्र परेको, सञ्चालन भएको र निर्माणधीन रहेको बारेमा चासो लिँदै मन्त्री सिंहले हप्ता दिनभित्र त्यसको विवरण दिन आग्रह गरेका हुन्। साना लगानीका जलविद्युत् योजना लामो समयसम्म निर्माण नहुने र

२० वर्षसम्म अलपत्र निक्षेप राष्ट्र बैंकको बैंकिङ विकास कोषमा

२९ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले २० वर्षसम्म लिन/बुझ्न नआएका र दावी नपरेका निक्षेप (अनक्लेम्ड डिपोजिट) राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा गर्न निर्देशन दिएको छ । बिहीबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले बैंकिङ विकास कोषमा तोकिएको हिसाबमा जम्मा गर्नुपर्ने बताएको हो । कोषमा जम्मा गरिएको रकमको निक्षेपकर्तासम्बन्धी विस्तृत विवरण सुरक्षित राख्ने जिम्मेवारी […]

अफगानिस्तानमा अलपत्र नेपालीको उद्धार गर्न सरकारलाई संसद्को निर्देशन

संसद्ले अफगानिस्तानमा रहेका नेपालीहरूको सकुशल उद्धार गर्न र त्यहाँ भएको यथार्थ विवरण ल्याउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेपाली नागरिकबारे संसद्को ध्यानाकर्षण भएको बताए । ‘अफगानिस्तानमा विकसित...

https://www.onlinekhabar.com/2020/05/864912

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले विदेशबाट आफ्नै खर्चमा स्वदेश फर्कन चाहने नेपाली र बेखर्ची भई अलपत्र परेका नेपालीको विवरण संकलन गरी सोहीअनुसारको उद्धार कार्ययोजना बनाउन निर्देशन दिएको छ । आइतबार बसेको …

बैतडीका ठेकेदारलाई २४ घण्टे अल्टिमेटम

बैतडी : अपूरो विवरण बुझाएको भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लाका ठेकेदार र निर्माण कम्पनीहरूलाई २४ घण्टाभित्र निर्माण कार्यको विस्तृत विवरण पेस गर्न निर्देशन दिएको छ। गृह मन्त्रालयले तोकिएको समयमा काम सम्पन्न नगर्ने, निर्माण कार्य अलपत्र छोड्ने निर्माण कम्पनीको विवरण पठाउन निर्देशन गरे बमोजिम जिल्ला प्रशासनले विवरण माग ग...