५५ जलविद्युत् आयोजनासँग प्रगति विवरण माग : चित्तबुझ्दो विवरण नआए लाइसेन्स खारेज

काठमाडौं । विद्युत् विकास विभागले अनुमतिपत्र लिएर काम नगर्ने ५५ ओटा जलविद्युत् आयोजनासँग प्रगति विवरण माग गरेको छ । विवरण हेर्दा अनुमतिपत्र लिएर काम नगरेको पाइएमा वा काम गर्न सक्ने स्पष्ट आधार नदेखिएमा त्यस्ता आयोजनाको अनुमतिपत्र खारेज गर्ने सरकारको योजना छ । प्रधानमन्त्री पुष्पकमल दाहालले गत बिहीवार ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई बोलाएर जलविद्युत् आयोजनाको अनुमतिपत्र लिने तर काम नगर्ने प्रवृत्तिका कम्पनीलाई दिएको लाइसेन्स मापदण्ड बनाएर खारेजीको प्रक्रियामा लैजान निर्देशन दिनुभएको थियो । विभागले पनि गत मङ्सिर १८ मा विभिन्न ५५ ओटा जलविद्युत् कम्पनीका नाममा सूचना जारी गर्दै विद्युत् उत्पादन अनुमतिपत्र जारी भएको लामो समय बितिसक्दा पनि भौतिक प्रगति न्यून देखिएकाले हालसम्मको भौतिक र वित्तीय प्रगति समेटिएको लिखित जवाफसहित उपस्थित हुन भनेको थियो । विभागका महानिर्देशक चिरञ्जीवी चटौतले अनुमतिपत्र लिएर लामो समय काम नगर्ने कम्पनीहरूसँग प्रगति विवरण माग गरिएको जानकारी दिए । ‘ती आयोजनाले विभागको सम्पर्कमा आएर आफ्नो प्रगति विवरण पेश गरिरहेका छन् । हामीले पनि के कति कारणले आयोजनाको काम अड्किएको हो र त्यसमा विभागका तर्फबाट के कस्तो सहयोग गर्न सकिन्छ, आयोजनाहरूले तत्काल काम अघि बढाउन सक्छन्/सक्दैनन् र कसरी निकास दिने भन्ने विषयमा छलफल गरिरहेका छौं,’ उनले आर्थिक अभियानसँग भने, ‘विवरणहरू अध्ययनका क्रममा आयोजनाले अनुमतिपत्र मात्रै होल्ड गरेको देखिएमा वा आयोजना बन्ने सम्भावना कम देखिएमा तिनको अनुमतिपत्र तत्काल खारेज गरिनेछ ।’  अनुमतिपत्र लिएर काम नगर्नेमा सानाठूला दुवै खाले आयोजना छन् । अनुमतिपत्र लिएर प्रगति विवरण नबुझाउनेमा ४२ मेगावाटको अपर मोदी ‘ए’, ४२ दशमलव ९ मेगावाटको आँखुखोला हाइड्रोपावर, २ सय ८५ मेगावाटको अपर तमोर, ६ दशमलव ५ मेगावाटको रावाखोला हाइड्रोपावर, १० दशमलव ४ मेगावाटको सभाखोला ‘ए’, २० मेगावाटको अपर म्याग्दी, ४ मेगावाटको रुप्सेखोला हाइड्रोपावर, २ सय ४३ मेगावाटको मनाङ मस्र्याङ्दी, १ सय ४० मेगावाटको तल्लो मनाङ मस्र्याङ्दी छन् । त्यसैगरी ४ सय ४० मेगावाटको तिला–१ हाइड्रोपावर प्रोजेक्ट र ४ सय २० मेगावाटको तिला–२ हाइड्रोपार प्रोजेक्टले पनि प्रगति विवरण नबुझाएको विभागले जनाएको छ । प्रगति विवरण नबुझाएका आयोजनामध्ये कतिपय २०/२२ प्रतिशत काम गरिसकेर पनि अलपत्र छन् भने कतिपय आयोजना शुरू नै भएका छैनन् । कतिपयले त अनुमतिपत्र लिएको ८ वर्षसम्म पनि कामै शुरू गर्न नसकेको चटौतले जानकारी दिए । 

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। सांसदहरुले सरकारसँग बजेट कार्यान्वयनको प्रगति विवरण माग गरेका छन्। ‘शहर उज्यालो कार्यक्रम’ अन्तर्गत विद्युत प्राधिकरणले साढे ११ हजार स्मार्ट सडक बत्ती जडान गर्ने भएको छ। बैंकहरुले पुरानो ऋणको सावाँ र ब्याज तिर्न सहुलियतपूर्ण कर्जा लगानी गर्ने गरेको खुलासा गरेका छन्। सोमबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले महँगिदा प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको छ।

सुरुङमार्गको प्रगति ६५ प्रतिशत

निर्माणाधिन काठमाडौं–धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको कुल प्रगति ६५.३० प्रतिशत पुगेको छ । सुरुङमार्ग छेड्ने काम आगामी १० महिनामा पूरा गर्नुपर्ने भए पनि समयमा पूरा नहुने भएपछि निर्माण कम्पनीले समय थप गर्न माग गरेको छ ।मंगलबार आयोजनाले प्रगति विवरण जारी गर्दै भनेको छ, “काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये […]

नागढुंगा सुरुङमार्गको अवधि सात महिना थप्न माग

काठमाडौं–धादिङ जोड्ने निर्माणाधिन नागढुंगा–सिस्नेखोला सुरुङमार्गको समग्र कुल प्रगति ६५.३० प्रतिशत पुगेको छ । सुरुङ छेड्ने काम आगामी १० महिनामा पूरा गर्नुपर्ने भए पनि सो समयमा नहुने भएपछि निर्माण कम्पनीले समय थप गर्न माग गरेको छ ।मंगलबार आयोजनाले प्रगति विवरण जारी गर्दै भनेको छ, ‘काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये […]

यस्ता छन् डा केसीका मागका विषयमा सरकारले तयार पारेको प्रगति विवरण

स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुधारको माग राख्दै प्राडा गोविन्द केसी धनगढीमा आमरण अनसनमा बसेका छन्। विभिन्न सात बुँदे माग राखेर डा केसी एक सतादेखि अनसनमा छन्।

सरकारमा जसपाको पाँच महिना : मधेसका मुद्दामा प्रगति शून्य !

जनता समाजवादी पार्टी नेपाल सरकारमा सहभागी भएको ५ महिना अर्थात् आज १५२ दिन पुगेको छ । जसपाबाट सरकारमा सहभागी भएका चारजना मन्त्रीले आआफ्नो मन्त्रालयको सय दिने प्रगति विवरण सार्वजनिक गरिसकेका छन् । सरकारमा सहभागी भएपछि मन्त्रालय स्तरमा उनीहरुले के कति काम गरे भन्ने मूल्याङ्कन हुँदै गर्ला तर मधेसको माग मुद्दाको बारेमा भने एक पाइला पनि अघि नसरेको गुनासो बढ्दै गइरहेको छ । मधेसको माग पूरा गराउने उद्देश्यले सरकारमा जसपा नेपाल सहभागी भएको थियो । यद्यपि सरकारमा सहभागी हुँदा उसले काँग्रेससँग कुनै लिख

महानिर्देशक सुवेदीका ११ महिनाका २२ काम

काठमाडौँ । राष्ट्रिय किताबखाना(निजामती)का महानिर्देशक नेत्र सुवेदीले एघार महिनाको प्रगति विवरण सार्वजनिक गरेका छन् । महानिर्देशक सुवेदीले एघार महिना एघार दिनका मुख्य २२ कामहरूको सुची सार्वजनिक गरेका हुन् । प्रशासन डटकमलाई प्राप्त विवरण अुनशार महानिर्देशक सुवेदीले जनशक्ति सम्बन्धी सूचना रणनीतिले समावेशी, समग्र वा एकीकृत र अद्यावधिक सूचना तथा तथ्याङ्कको माग गर्ने र त्यस्तै कार्य वातावरण […]

संघीय मन्त्रालयले स्थानीय तहका भवनको प्रगति माग्यो, विवरण पेश नगरे बजेट नपाउने

काठमाडौं। संघीय मन्त्रालयले स्थानीय तहको प्रशासकीय भवन निर्माणको प्रगति विवरण माग गरेको छ। मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विभागले प्रगति

तपाईको स्थानीय तहमा कति छन् गर्भवती ?

प्रदेश सरकार र स्थानीय तहलाई कार्य सम्पादनको आधारमा समेत बजेट प्रवाह हुने व्यवस्था भएकाले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सबै प्रदेश सरकार तथा स्थानीय तहसँग कार्य सम्पादन सूचकको प्रगति विवरण माग गरेको छ ।संविधान प्रदत्त विभिन्न अधिकार र विभिन्न कानुनी दस्तावेजले दिएका अधिकारहरू कार्यान्वयनको आधारमा प्रदेश र स्थानीय तहको कार्यसम्पादन मूल्यांकन हुँदै आएको हो […]

सार्वजनिक सुनुवाइको माग गर्दै हिमाको ६ वडा कार्यालयमा तालाबन्दी

जुम्ला : हिमा गाउँपालिकाको वडा नम्बर ६ मा तालाबन्दी गरिएको छ। नेपाली कांग्रेसको वडा कमिटीले योजनाहरुको प्रगति विवरण सार्वजनिक नगरेको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेको हो।वडा सरकारले आर्थिक वर्ष २०७४ देखि २०७७/२०७८ सम्म सम्पन्न भए÷गरेका योजनाहरुको प्रगति विवरण सार्वजनिक नगरेको भन्दै कार्यालयमा ताला  लगाएको कांग्रेसले वडा समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।उक्त विज्ञप्तिमा ठूला साना गरी २६  वटा योजनाहरुको नाम उल्लेख गरिएको छ। यसका बारेमा वडा कार्यालयले तत्काल पहल चाल्न स्थ

सर्वोच्चले निर्वाचन आयोगसँग माग्यो मतपत्र छपाईको प्रगति विवरण

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपत्र छपाई प्रक्रिया कहाँ पुग्यो भन्ने बारेमा निर्वाचन आयोगसँग प्रगतिविवरण माग गरेको छ ।