डब्लूटीओ वार्ता अपेक्षित नतिजा दिन विफल

अबु धाबी । कृषि र मत्स्यपालनमा सम्झौताबारे विशेष निर्णय लिने अपेक्षा गरिएको विश्व व्यापार संगठन (डब्लूटीओ) को उच्चस्तरीय सम्मेलन शनिवार सम्पन्न भएको छ । सम्मेलनले ई–कमर्स र कृषि तथा मत्स्यपालनसम्बन्धी छलफललाई महत्त्व दिए पनि उपलब्धिमूलक हुन नसकेको सहभागी देशका प्रतिनिधिले बताएका छन् ।  अबु धाबीमा सम्पन्न १३औं मन्त्रीस्तरीय सम्मेलनको परिणामले भूराजनीतिक तनाव र आर्थिक मन्दीका बीच संगठनका १६४ सदस्य राष्ट्रबीचको तीव्र विभाजनले विश्वव्यापी व्यापारलाई जोखिममा पारेका विषयहरूलाई उजागर गरेको छ ।  ‘हाम्रा धेरै सदस्यका लागि निकै महङ्खवपूर्ण रहेको सम्झौताका लागि हाम्रो भरमग्दुर प्रयासका बाबजुद हामी केही विषयमा सहमत हुन सकेनौं ।’ वार्तामा सहभागी युरोपेली संघ (ईयू)का एक वरिष्ठ अधिकारीले भने, ‘विश्व व्यापार संगठनले विश्व व्यापार संकटको सकारात्मक पाटोलाई देखाउनुपर्ने खाँचो थियो । सम्भवत: सम्मेलनले विश्व समुदाय अहिलेको अवस्थाबाट अघि बढ्नु गलत हुनेछ भन्ने महसुस गराएको छ ।’ समापन पत्रकार सम्मेलनमा बोल्दै एमसी–१३ भेलाका इमिराती अध्यक्ष थानी अल जेयुदीले कमी कमजोरीहरू स्वीकार गर्दै छलफल सोचे अनुरूप निष्कर्षमा पुग्न नसकेको बताए ।  संयुक्त अरब इमिरेट्स (यूएई) का विदेश व्यापारमन्त्री समेत रहेका अल जेयुदीले भने, ‘हाम्रा धेरै सदस्यका लागि निकै महत्त्वपूर्ण रहेको सम्झौताका लागि हाम्रो भरमग्दुर प्रयासका बाबजुद हामी केही विषयमा सहमत हुन सकेनौं ।’ विश्व व्यापार संगठनका महानिर्देशक नगोजी ओकोन्जो–इवेलाले भनिन्, ‘मैले सम्झन सक्ने कुनै पनि समयभन्दा बढी अनिश्चितताले भरिएको अन्तरराष्ट्रिय पृष्ठभूमिमा वार्ता भएको छ ।   हामीले केही महत्त्वपूर्ण कुरा हासिल गरेका छौं र अन्य पूरा गर्न सकेका छैनौं ।’  विश्व व्यापार संगठन राष्ट्रहरूबीचको व्यापारको नियम हेर्ने एक मात्र अन्तरराष्ट्रिय निकाय हो, यसलाई सम्झौताहरू तयार गर्न सबै सदस्यको पूर्ण सहमति आवश्यक पर्छ । एमसी–१३ ले जेनेभामा सन् २०२२ मा भएको मन्त्रिस्तरीय ऐतिहासिक सफलतालाई दोहोर्‍याउने अपेक्षा गरिएको थियो । यसले मत्स्यपालनसम्बन्धी सम्झौता गरेको थियो र सदस्यहरू यस वर्षको अन्त्यसम्ममा विवाद समाधान प्रणाली पुन: स्थापित गर्न सहमत भएका थिए । तर पछिल्लो मन्त्रिमण्डलले त्यो उद्देश्य पूरा गर्न सकेन । सम्मेलन समापनपछि इन्टरनेसनल चेम्बर अफ कमर्सका महासचिव जोन डेन्टनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘समग्र प्याकेजको अनपेक्षित कमजोरीका बीच यसले ‘वेक अप कल’को रूपमा काम गरेको छ ।’  सन् २०२२ मा गैरकानूनी, अघोषित र अनियमित माछा मार्ने कार्यमा अनुदान दिन प्रतिबन्ध लगाउने सम्झौतापछि विश्व व्यापार संगठनले क्षमताभन्दा बढी माछा मार्ने अनुदानमा केन्द्रित दोस्रो प्याकेजको निष्कर्ष निकाल्ने अपेक्षा गरेको थियो । जेनेभास्थित संगठनको मुख्यालयमा हालैका महीनाहरूमा भएका वार्ताले विकासशील देशहरूलाई लचकता र लाभ प्रदान गर्ने दोस्रो मत्स्य सम्झौताका लागि मस्यौदा ल्याउन सक्षम बनाएको थियो । एजेन्सी  

सम्बन्धित सामग्री

युक्रेनी राष्ट्रपतिको एक्लाएक्लै वार्ता प्रस्तावपछि पुटिनको जबाफ के छ ?

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य अतिक्रमणको बचाउ गर्दै योजनाअनुसार अगाडि बढिरहेको बताएका छन्। रुस र युक्रेनका नागरिक एउटै भएको तर्क गर्दै उनले पश्चिमाहरूले युक्रेनलाई रुसविरोधी बनाउने प्रयास गरेको आरोप समेत लगाए।यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनलाई एक्लाएक्लै वार्तामा बस्न आह्वान गरेका थिए।मानवीय सङ्कट गहिरिँदै गर्दा जेलेन्स्कीले संवादले मात्रै युद्ध अन्त्य गराउन सक्ने बताएका छन्।वार्तामा के भयो?यसैबीच, युद्धविरामसम्बन्धी वार्तामा युक्रेनी र रुसी वार्ताकारहरूले न्यून प्रगति हासिल गरेका छन्। सर्वसाधारणका निम्ति सुरक्षित निकासको आवश्यकतामा दुवै पक्ष सहमत भएका छन्।त्यो नतिजा निस्के पनि किएभले अपेक्षा गरेअनुरूप परिणाम आउन नसकेको युक्रेनका एक वरिष्ठ अधिकारीले बताए। पुटिनले युक्रेनमाथि गरिएको अतिक्रमणलाई सही ठहर्‍याएकै बेला वार्ताको नतिजाबारे विवरण सार्वजनिक भएको हो।अज्ञात स्थलमा भएको वार्तामा रुसी र युक्रेनी प्रतिनिधिहरू सम्भावित युद्धविरामबारे सहमत भएका छन्। तर मानिसहरूलाई सुरक्षित ठाउँमा जान मार्ग तय भएपछि र उद्धारको समयसम्मका लागि युद्धविराम हुनसक्ने युक्रेनी राष्ट्रपतिका सहयोगी मिखाइलो पोदोलियाकले बताए।'धेरै दुःखका साथ भन्नुपर्दा वार्ताबाट हामीले अपेक्षित नतिजा पाएनौँ,' उनले थपे।जारी द्वन्द्वबीच रुस र युक्रेनले एक साताभित्र दोस्रो पटक वार्ता गरेका छन्।तर युक्रेनी शहरहरूमाथि रुसको भीषण बमबारीबीच मानवीय सङ्कट गहिरिँदै गएको छ।पुटिनले आफ्ना फ्रेन्च समकक्षी एमानुएल माक्रोँसँग ९० मिनेट लामो टेलिफोन वार्ता गरेका छन्।रुसी फौजले गैरसैनिक संरचनाहरूलाई समेत निसाना बनाउँदै आएको युक्रेनी अधिकारीहरूले बताउने गरे पनि मस्कोले त्यसलाई अस्वीकार गर्दै आएको छ।माक्रोँका एक सहयोगीले संवाददाताहरूलाई बताएअनुसार नराम्रा दिन अझै आउने राष्ट्रपतिको अनुमान छ।त्यसको कारण के हो भने टेलिफोन वार्तामा रुसी राष्ट्रपति पुटिनले युक्रेनमा आफ्ना लक्ष्य हासिल नभएसम्म आक्रमण जारी राख्ने माकोँलाई बताएका थिए।जबाफमा माक्रोँले युक्रेनमाथि रुसले गरेको अतिक्रमण एउटा गम्भीर गल्ती भएको र पुटिनका धारणा वास्तविकतासँग मेल खाने खालका नभएको भने। -बिबिसीबाट