रुस र युक्रेनबीच तेस्रो चरणमा भएको वार्ता पनि निष्कर्षविहीन : झण्डै १७ लाख मानिसले युक्रेन छाडे

रुस र युक्रेनबीच तेस्रो चरणको शान्ति वार्ता भएको छ । दुई पक्षबीच बेलारुसमा झण्डै तीन घण्टा वार्ता भएको रुसी दूतावासले जनाएको छ । तर तेस्रो चरणको वार्ताले पनि अपेक्षित परिणाम ल्याउन नसकेको मस्को र किएभका प्रतिनिधिले स्वीकार गरेका छन् । रुसको वार्ता टोलीका प्रमुख राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी भ्लादिमिर मेडिन्स्कीले वार्तामा राखिएको अपेक्षा पूरा हुन नसकेको बताउनुभयो । युक्रेनी राष्ट्रपति कार्यालयका सल्लाहकार मिखाइल पोडोल्याकले पनि कुनै नतिजा नआएको प्रतिक्रिया दिनुभएको छ । दुवै पक्ष छिट्टै वार्तामा जुट्न सहमत भएका छन्...

सम्बन्धित सामग्री

युक्रेन र रुसबीच फेरि वार्ता हुँदै

किभ । चौँथो चरणसम्मको शान्तिवार्ता निष्कर्षविहीन बनेपछि मंगलबार रुस र युक्रेनका प्रतिनिधिहरूबीचको पुन: छलफल हुने भएको छ । युक्रेनी राष्ट्रपति कार्यालयका प्रवक्ताले युक्रेनले युद्धविरामका लागि निरन्तर आग्रह गरिरहेको तर रुसले भने थुप्रै युक्रेनी सहरमा बमबारी जारी राखेको बताएका छन् ।  यसै क्रममा राजधानी किभको एउटा आवासीय क्षेत्रमा भएको रुसी क्षेप्यास्त्र आत्रमणको कारण...

रुस र युक्रेनबीचको पहिलो चरणको वार्ता निष्कर्षविहीन, यता रुसी हमला भने जारी

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला सोमबार यी दुई देशकाबीचमा पहिलो चरणको शान्ति वार्ता भएको छ ।सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो । रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिएको तर सो वार्ताले कुनै निष्कर्ष भने ननिकालेको अधिकारीहरुले जनाएका छन् ।

रुस र युक्रेनबीचको पहिलो चरणको वार्ता निष्कर्षविहीन, रुसी हमला जारी

मस्को । रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला सोमबार यी दुई देशका बीचमा पहिलो चरणको शान्ति वार्ता भएको छ । सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो । रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिएको तर सो वार्ताले कुनै निष्कर्ष भने ननिकालेको अधिकारीहरूले जनाएका छन् । वार्तामा सहभागी अधिकारीहरू...