आफैँले शिलान्यास गरेको पुल अलपत्र परेको पत्र प्रधानमन्त्री देउवाको हातमा

खोटाङ- तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ भदौ २०७४ मा खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित धाप्लाङघाट तथा भोजपुर र उदयपुर जोड्ने रानीटारस्थित पुल शिलान्यास गरेका थिए । सत्ता आरोह अवरोहका क्रममा देउवा घुमिफिरी अहिले पनि सोही हैसियतमा छन् । तर उनले शिलान्यास गरेको दुबै पक्की पुल अलपत्र अवस्थामा छन् । देउवाले शिलान्यास गरेको दुई पुल अलपत्र […]

सम्बन्धित सामग्री

उदयपुरमा आठ वटा पुल अलपत्र

हिमाली क्षेत्रका जिल्लालाई उदयपुरसँग जोड्ने गरी सुनकोशी नदीमा एक दशकअघि निर्माण सुरु गरिएका विभिन्न आठ वटा ठुला पक्की पुल निर्माणको काम अलपत्र परेको छ । पहाडी जिल्लाहरूलाई तराईसँग जोड्न सुनकोशी नदीमा निर्माण गर्न थालिएका आधा दर्जन पुलको काम बिचैमा अलपत्र हुँदा चार जिल्लाका बासिन्दाले कोशी नदी वारपार गर्न निकै ठुलो सास्ती खेप्दै आएका छन् । आमनिर्वाचनका व्रmममा मत बटुल्ने अस्त्र बन्ने गरेको कोशीमा निर्माणाधीन पुलहरू दलका नेताहरूको शिलान्यास गर्ने होडले उदयपुर र उदयपुरसँग सीमा जोडिएका पहाडी जिल्ला भोजपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका बासिन्दाले सास्ती खेप्नु परेको हो ।

प्रधानमन्त्री, मन्त्रीहरूका उद्घाटन मोह

शेरबहादुर देउवा चौथोपटक प्रधानमन्त्री भएका बेला भोजपुर र उदयपुर जोड्ने सुनकोसीस्थित रानीटार र खोटाङ अनि उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाटका दुई पुल शिलान्यास गरेका थिए । करिब पाँच वर्ष हुन लाग्दा पनि यी पुल बनेन् र संयोगवश देउवा पुनः प्रधानमन्त्री भएका बखत उनले शिलान्यास गरेका पुल अलपत्र परे भनेर उनैलाई त्यहाँका जनताले ...

प्रधानमन्त्री, मन्त्रीहरूका उद्घाटन मोह

शेरबहादुर देउवा चौथोपटक प्रधानमन्त्री भएका बेला भोजपुर र उदयपुर जोड्ने सुनकोसीस्थित रानीटार र खोटाङ अनि उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाटका दुई पुल शिलान्यास गरेका थिए । करिब पाँच वर्ष हुन लाग्दा पनि यी पुल बनेन् र संयोगवश देउवा पुनः प्रधानमन्त्री भएका बखत उनले शिलान्यास गरेका पुल अलपत्र परे भनेर उनैलाई त्यहाँका जनताले ...

प्रधानमन्त्री, मन्त्रीहरूका उद्घाटन मोह

शेरबहादुर देउवा चौथोपटक प्रधानमन्त्री भएका बेला भोजपुर र उदयपुर जोड्ने सुनकोसीस्थित रानीटार र खोटाङ अनि उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाटका दुई पुल शिलान्यास गरेका थिए । करिब पाँच वर्ष हुन लाग्दा पनि यी पुल बनेन् र संयोगवश देउवा पुनः प्रधानमन्त्री भएका बखत उनले शिलान्यास गरेका पुल अलपत्र परे भनेर उनैलाई त्यहाँका जनताले ...

दूधकोशी पुल ४ वर्षदेखि अलपत्र

सुनसरी । चार वर्षअघि शिलान्यास गरिएको रानीटारस्थित दूधकोशीको पुल अलपत्र परेको छ । सरकार र ठेकेदारको लापरबाहीका कारण शिलान्यासपछि एउटा पिलरको खाल्डो खनेर ४ वर्षदेखि अलपत्र छ । पुल नहुँदा भोजपुरको दक्षिणी क्षेत्रसहित खोटाङका बासिन्दाले सास्ती भोगिरहेका छन् । पुल नभएर एम्बुलेन्स नआउँदा स्वास्थ्य उपचार पाउन सकेका छैनन् । सरकार र ठेकेदारले चासो नदिँदा रानीटारको पुलको योजना बजेटमा नपर्दा आमचोकका कृषकले आफ्ना उत्पादन तराई झार्न पाउन सकेका छैनन् । भोजपुरको दक्षिणी क्षेत्र घोडेटार, आमचोक, खोटाङको दक्षिणी भेगका नागरिक धरान, इटहरीबाट पुग्न करीब डेढ दिनको बसको यात्रा गर्न बाध्य छन् । सरकारको २४ करोडको लागतमा पुलको ठेक्का रसुवा एसएनएस तथा पप्पु जेभीले लिएको थियो । पुलको वारिपारि रहने दुईओटा आधारस्तम्भ बनाएर छाडिएको छ । २१५ मिटर लम्बाइ र ११ मिटर चौडाइ, पान स्पान र ६ पिलर रहनेगरी काम थालिएको थियो । दुई वर्षमा काम सक्नेगरी ठेक्का लगाए पनि हाल काम हुन सकेको छैन । सरकार र ठेकेदारले लापरबाहीले चार वर्षसम्म पनि पुलको काम अघि बढ्न नसकेको आमचोक गाउँपालिकाका अध्यक्ष अशोक राई बताउँछन् । ‘सरकारलाई सोध्यो ठेकेदारले काम गरेन भन्छन्, ठेकेदारलाई सोध्यो गर्छु भन्छ, काम नगर्ने ठेकेदारलाई कारबाही गर्नुपर्‍यो भन्दा ठूलै पावर छ, मन्त्री, प्रधानमन्त्रीसम्मको पावर भएकाले हामीले केही गर्न सकेनौं,’ उनले भने । सरकार र ठेकेदारको लापरबाहीका कारण आमचोकवासी जनताले यातायातको सुविधाको अनुभूति गर्न नपाएको उनको भनाइ छ । यातायातको सुविधा नहुँदा अझै पनि भारी बोक्न बाध्य भएको उनी बताउँछन् । भोजपुरको दक्षिणी भेग पुग्न कि कोशीमा बोटबाट जानुपर्छ कि धनकुटा, हिले लेगुवा हुँदै भोजपुर पुगेर आउनुपर्छ । यसरी घुमेर आउँदा डेढ दिन लाग्ने उनले बताए । ‘पुल बनेदेखि इटहरी धरानलाई जिरोप्वाइन्ट मान्दा अढाई घण्टामा आमचोक पुग्न सकिन्छ,’ उनले भने । दक्षिणी भेगमा आयात निर्यात नै हुन सकेको छैन भने बिरामीलाई सहज उपचार पाउन पनि समस्या भइरहेको छ । २०७४ सालमा तत्कालीन प्रधानमन्त्री समेत रहेका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेका थिए । प्रदेश १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईलगायतले तामझामका साथ शिलान्यास गरेको आमचोक भोजपुर र उदयपुर जोड्ने रानीटारस्थित दूधकोशीमा पुलको २०७४ भदौ ३१ गते शिलान्यास गरिएको थियो । उदयपुर हुँदै तराईका जिल्लाबाट दैनिक उपभोग्य सामग्रीको आयात गर्ने भोजपुरका आमचोक गाउँपालिका र खोटाङ जन्ते ढुंगाका स्थानीयले रानीटारको झोलुंगे पुलबाट प्रतिकेजी १ रुपैयाँको दरले सामान ढुवानी गरेर कोशी तार्नुपर्ने बाध्यता रहँदै आएको छ । विकट पहाडी क्षेत्र पर्ने भोजपुर, खोटाङका स्थानीयले झोलुंगे पुलको सहायतामा प्रतिकेजी १ रुपैयाँका दरले सामान ढुवानी गराउँदा पनि प्रायः ढुवानी गर्ने व्यक्ति पाउन मुश्किल रहँदै आएको छ । सीधा यातायात सञ्चालन नहुँदा सामान ढुवानीदेखि चर्काे मूल्यको समस्या झेल्दै आउनुपरेको स्थानीयको गुनासो छ ।

डिजाइन नमिल्दा पुल अलपत्र - Naya Patrika

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेको रौतहट र सर्लाही जोड्ने बागमती नदीको पुलको डिजाइन अपूर्ण रहेको खुलेको छ । डिजाइन पूरा नहुँदा ठेकेदारले पुल अलपत्र छाडेका छन् । शिलान्यास गरेको आठ वर्षपछि...पूरा पढ्नुहोस् »