दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले अग्रता कायमै राखेका छन्। हालसम्म ४४ हजार नौ सय ४१ मतगणना हुँदा उनले १९ हजार सात सय ४४ मत प्राप्त गरेका छन्।...
धनुषा - धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसको अग्रता कायमै छ ।
पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका महेन्द्र यादवले ३१ हजार ३ सय १६ मतका साथ अग्रता बनाउनु भएको छ ।
उहाँका मुख्य प्रतिस्पर्धी एमालेका रघुवीर महासेठले ३१ हजार २१ मत पाउनु भएको छ ।
मोरङ – सुनसरी क्षेत्र नम्बर ४ नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतले अग्रता कायमै राखेका छन्। इनरुवाको भगवती माविमा जारी मतगणनामा प्रदेश १ का पूर्वमन्त्री कुसियैतले १८ हजार ४ सय ३४ मत हासिल गरेका छन्। त्यसैगरि, गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले १७ हजार ४ सय ३ मत पाएका छन्।
कास्की निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा एमालेका मनबहादुर गुरुङको अग्रता कायमै रहेको छ। हेभिवेट भिडन्त भएको यस क्षेत्रमा एमालेका गुरुङ नेपाली कांग्रेसका किशोरदत्त बराल भन्दा १ हजार ४ सय २९ मतान्तरले अगाडि छन्।...
अर्घाखाँचीमा प्रतिनिधिसभाको निर्वाचनमा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीको अग्रता कायमै छ । वाम-लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसकी उम्मेदवार पुष्पा भुसाल भन्दा एमालेका रायमाझी २ हजार ६३ मतले अगाडि छन् ।
पछिल्लो मतपरिणाम अनुसार रायमाझीले...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता कायमै राखेका छन् । झापा–५ मा निर्वाचनमा प्रतिस्पर्धा गरेको ओलीले आफ्नो अग्रता कायम राखेका हुन् । २६ हजार पाँच सय १३ मत गणना...
५ मंसिर, चितवन । चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन् । प्रतिनिधिसभा सदस्य अन्तर्गतको जारी मतगणना अनुसार पोखरेलले ६८१ मत प्राप्त गरी आफ्नो अग्रता कायमै राखेका हुन् । पोखरेललाई नेपाली कांग्रेसका उमेश श्रेष्ठले ५२५ मत ल्याएर पछ्याइरहेका छन् । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने छन् […]