सुनसरी ४ मा एमालेका कुसियैतको अग्रता कायमै, सञ्चारमन्त्री कार्की पछ्याउँदै

मोरङ – सुनसरी क्षेत्र नम्बर ४ नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतले अग्रता कायमै राखेका छन्। इनरुवाको भगवती माविमा जारी मतगणनामा प्रदेश १ का पूर्वमन्त्री कुसियैतले १८ हजार ४ सय ३४ मत हासिल गरेका छन्। त्यसैगरि, गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले १७ हजार ४ सय ३ मत पाएका छन्।