सेनाको हेलिकप्टरमा रुपन्देहीमा ४० सिलिन्डर अक्सिजन ल्याइयो

२९ वैशाख, बुटवल । अक्सिजनको चरम अभाव भएपछि हेलिकप्टरमार्फत सिमरा र चितवनबाट ४० सिलिण्डर अक्सिजन रुपन्देहीमा ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरमा बुधबार साँझ ४० सिलिन्डर अक्सिजन रुपन्देही ल्याइएको हो । आपतकालीन व्यवस्थापन गरी सेनाको हेलिकप्टरबाट अक्सिजन सिलिण्डर रुपन्देही ल्याइएको उक्त अक्सिजनको लागत खर्च संघ र प्रदेश सरकारसंग मागिने र व्यवस्था नभए सिद्धार्थनगर नगरपालिका र […]

सम्बन्धित सामग्री

दैनिक ५५ सिलिन्डर अक्सिजन उत्पादन

धादिङ, (नेस) । वागमती प्रदेश सरकारले उपलब्ध गराएको अक्सिजन प्लान्टको धादिङमा एक कार्यक्रम गरी उत्पादन शुरु गरिएको छ । वागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री प्रदीपकुमार कटवालले अक्सिजन प्लान्टको उद्घाटन गर्नुभएको थियो । सो प्लान्टबाट दैनिक ५५ सिलिन्डर अक्सिजन उत्पादन हुनेछ । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कटवालले आफू मन्त्री हुँदा सकेको जति सबै काम स्वास्थ्य क्षेत्रमा गर्ने […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन उत्पादन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले अक्सिजन उत्पादन थालेको छ । कोरोना महामारीको समयमा सङ्घ सरकारले उपलब्ध गराएको रु दुई करोड ५० लाख बजेटबाट अक्सिजन प्लान्ट स्थापना गरिएको हो । दैनिक १०० सिलिन्डर अक्सिजन उत्पादन थालिएको प्रतिष्ठानले जनाएको छ । कोरोनाको तेस्रो लहरसँगै अस्पतालमा अन्य बिरामीका लिग अक्सिजन आवश्यक पर्ने भएकाले प्रतिष्ठानले प्लान्ट निर्माण गरेको छ । कोरोनाका अधिकांश बिरामीलाई अक्सिजन आवश्यक पर्ने अवस्था देखिएकाले पनि दीर्घकालका लागि नै प्लान्ट निर्माण गरिएको प्रतिष्ठानका

कति छन् देशभर मौज्दात अक्सिजन सिलिन्डर?

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार बिहीबार देशभर १४ हजार वटा सिलिन्डर अक्सिजन मौज्दात रहेका छन्। गृहमन्त्रालयले मन्त्रिपरिषदको कार्यालयलाई दिएको जानकारी अनुसार देशभर १२ हजार ३२० वटा सिलिन्डर अक्सिजन उत्पादन भइरहेको छ। तीमध्ये उपत्यकामा पाँच हजार ३३३ र उपत्यका बाहिर छ हजार ९८५ वटा सिलिन्डर अक्सिजन उत्पादन भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ।

क्यान्सर अस्पतालमा अक्सिजन अभाव

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिडका बिरामीको उपचारमा अक्सिजन अभाव देखिएको छ । पर्याप्त अक्सिजन सहितका सिलिन्डर नहुँदा संक्रमितको उपचारमा समस्या देखिएको हो । अस्पतालका अनुसार संक्रमितको संख्या बढ्दै गएपछि दैनिक करीब १८० सिलिन्डर अक्सिजन खपत हुने गरेको छ ।  अस्पतालको अक्सिजन प्लान्टको ५० वटा मात्रै सिलिन्डर भर्न सक्ने क्षमता छ । बिरामीलाई आवश्यक अक्सिजन जुटाउन स्थानीय प्रशासनसँग हरेक दिन समन्वय गर्नुपर्ने अवस्था छ । पुरानो भवनका १४४ शय्यामा कोभिड वार्ड सञ्चालनमा ल्याइएको छ । अस्पतालमा कोभिडका लागि जनरल...

हेटौंडा अस्पतालमै अक्सिजन उत्पादन

बागमती। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालमा आजदेखि अक्सिजन उत्पादन शुरु भएको छ। दैनिक १०० बढी सिलिन्डर अक्सिजन खपत हुने हेटौंडा अस्पतालमा अक्सिजन अभावका कारण समस्या उत्पन्न भएपछि हेटौंडा उपमहानगरले तत्काललाई दैनिक १५ वटा सिलिन्डर भर्न मिल्ने अक्सिजन प्लान्ट निर्माण गरेको हो। यसबाहेक दैनिक १५० सिलिन्डर अक्सिजन उत्पादन हुने प्लान्ट आगामी असार पहिलो सातासम्म निर्माण सम्पन्न गरिनेछ। रासस

भुटानबाट भारतलाई दैनिक १० हजार सिलिन्डर अक्सिजन

एजेन्सी, २ जेठ । कोरोना भाइरसको महामारीसँग जुधिरहेको भारतले भुटानबाट महत्वपूर्ण साथ पाउने भएको छ । भुटानबाट भारतलाई दैनिक १० हजार सिलिन्डर अक्सिजन प्राप्त हुने भएको हो । मेडिकल अक्सिजनको अभाव खेपिरेहको भारतमा जुन महिनाबाट दैनिक ४० मेट्रिक टन अर्थात् १० हजार सिलिन्डर अक्सिजन प्राप्त हुने इन्डियन एक्सप्रेसले लेखेको छ । भारतको आसामबाट ७ किलोमिटर […]

मन्त्रालय भन्छ- अक्सिजन सिलिन्डरको उत्पादनभन्दा माग दोब्बर छ

काठमाडौं। नेपालमा अक्सिजन सिलिन्डर उत्पादनभन्दा माग दोब्बर बढी रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनाकारी दिएको छ। अहिले दैनिक १५ हजार सिलिन्डर अक्सिजन माग रहेका छ। तर अहिले दैनिक सात हजार २०० सिलिन्डर मात्र उत्पादन हुने गरेको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ।

काँग्रेसद्वारा गुल्मीको जिल्ला अस्पताललाई  ५० सिलिन्डर अक्सिजन सहयाेग

गुल्मी , बैशाख ३१ ।  अन्य जिल्लामा जस्तै गुल्मीमा पनि अक्सिजन अभाव हुन थालिरहेको बेला नेपाली काँग्रेस गुल्मीले शुक्रबार जिल्ला अस्पताल तम्घासलाई ५० सिलिन्डर अक्सिजन प्रदान गरेको छ । सभापति भुवनप्रसाद श्रेष्ठले  अस्पतालका मेसु डाक्टर उत्तम पाच्यालाई शुक्रबार अक्सिजन हस्तान्तरण गरेका हुन् ।  अक्सिजनको अभाव भइरहेको बेला नेपाली कांग्रेस गुल्मीले ५० सिलिन्डर अक्सिजन दिएको प्रति डाक्टर पाच्याले धन्यवाद व्यक्त गरेका थिए ।  बिहीवार साँझ दुई जना संक्रमितलाई अक्सिजन अभाव भए

नेपालमा दैनिक १५ हजार सिलिन्डर अक्सिजन माग, १० हजार मात्रै उत्पादन

उच्च गतिमा संक्रमण दर बढेपछि नेपालमा उत्पादन भइरहेको अक्सिजन क्षमताले नधान्दा हाहाकार सृजना भएको छ । अक्सिजन उत्पादनभन्दा कोभिडका बिरामीका लागि माग बढी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा सचिव लक्ष्मण आर्यालले बताए । हाल दैनिक १५ हजार सिलिन्डर अक्सिजन माग भइरहेको बताउँदै सचिव अर्यालले अस्पतालहरूसँग १० हजार सिलिन्डर मात्रै रहेको बताए । लिक्विड अक्सिजन दिन केही अस्पतालले सुरु गरिसकेकाले सरकार ट्याङ्क किन्ने प्रक्रिया लागेको उनले सुनाए । २०–२० हजार माथिका अक्स