डोटीमा सडक भत्काएर ठेकेदार भागेको आरोप

१९ माघ, डोटी । ‘कसले देख्छ, कसले भन्छ, कसले बुझ्छ, कसले गर्छ, कसको अधिकार क्षेत्रभित्र पर्छ । डेढ बर्ष अगाडि यो राजमार्ग ५ मिटर चौडा थियो हाल अढाइ मिटरमा सीमित भाछ ।' डोटीको शिखर नगरपालिका–१० बानेडुंग्रीसैनका …

सम्बन्धित सामग्री

सडक कालोपत्रे गुणस्तरहीन भएपछि स्थानीय आक्रोसित

भोजपुर । सडक कालोपत्रेको काम गुणस्तरहीन भएपछि भोजपुर बोखिमका स्थानीयले विरोध गरेका छन् । भोजपुर नगरपालिका–५ बोखिमबाट टेम्केमैयुङ गाउँपालिका जोड्ने सडकको कालोपत्रे गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध गरेका हुन् । ठेकेदार कम्पनीले लापरबाही ढंगले काम गरेको भन्दै स्थानीय आक्रोसितसमेत बनेका छन् । बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडक आयोजनाको साढे ४ किलोमिटर सडक कालोपत्रेमा गुणस्तरहीन भएको स्थानीयले आरोप लगाएका […] The post सडक कालोपत्रे गुणस्तरहीन भएपछि स्थानीय आक्रोसित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जाजरकोट खण्डमा बेथितिका चाङ

मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोट सडक खण्डको ८३ किलोमिटर सडक निर्माणमा पूरै बेथिति देखिएको छ । गुणस्तरीय निर्माण नहुँदा ठाउँठाउँमा सडक भासिने, कालोपत्रे उप्कने र पर्खालहरू भत्कने गरेको छ । आयोजना कार्यालयले स्टिमेटअनुसार ठेकेदार कम्पनीले काम नगरेको आरोप लगाएको छ । यो खण्डको कुदुदेखि स्याउली बजारसम्मको १७ किलोमिटर क्षेत्रको सडक जीर्ण बनेको छ । कुदुदेखि स्याउली (गिमा) […]

साढे तीन करोड लागतमा ढलान गरिएको सडक गुणस्तरहीन

सम्झौताअनुसार थिकनेस नभएको, खराब निर्माण सामग्री प्रयोग भएको आरोप ललितपुरको बागमती गाउँपालिकाको छपेली हुँदै पालिका केन्द्र जोड्न करिब तीन किमि सडक निर्माण गुणस्तरहीन रहेको पाइएको छ । ठेकेदार कम्पनीले सडक ढलान गर्दा...

काँग्रेसका कान्छारामः देशैभरी काम गोलमाल छोड्ने ‘बदनाम ठेकेदार’

नेपाली काँग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) मंसिर ४ मा हुने चुनावमा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । निर्माण व्यवसायीसमेत रहेका कान्छाराम अहिले हेलिकप्टर लिएर रामेछाप पुगेका छन् । गठबन्धनमा भागबण्डा गर्दा रामेछाप स्वभाविक रुपमा माओवादी केन्द्रले दाबी गरेको थियो । जनयुद्धको विशेष भूमी भएकाले रामेछाप माओवादीले छोड्न नहुने आवाज उठेको थियो । तर, अन्तिममा कान्छारामले टिकट हत्याए । माओवादी अध्यक्ष प्रचण्डलाई मोटो रकम दिएर कान्छारामले टिकट किनेको आरोप पनि लागेको छ ।बद्नाम ठेकेदारकान्छाराम बद्नाम ठेकेदार हुन् । रामेछापमा समाजसेवाको नाममा एम्बुलेन्स बाँड्ने जस्ता काम गरेको देखाएपनि उनले देशका विभिन्न ठाउँमा ठेक्का लिएका कयौँ योजना अलपत्र छन् । यसको पछिल्लो उदाहरण हो स्याङ्जाको आधिखोलाको पुल ।आठ वर्ष अगाडी ठेक्का पाएको उक्त पुल कान्छाराम कन्ट्रक्शनले नबनाएरै टार्यो । स्थानीय युवाहरुले ‘दारी ग्याङ’ जस्तो प्रचलित फेसबुक ग्रुपमा ठेकेदार हराएको सूचना भन्दै कान्छारामको फोटो नै पोष्ट गरे ।सँगै, सो क्षेत्र भएर गुड्ने सबैजसो गाडीहरुमा उनीहरुले ‘कामचोर ठेकेदार’ भन्दै कान्छारामको फोटो टाँसे । त्यसपछि मात्रै कान्छाराम पुल बनाउन लागे । अझै पनि गाडी गुडेको छैन ।यसैगरी, २०७४ साल चैतमा झापाको धरमपुर–पाँचगाछी सडक कालोपत्रे भएको भोलिपल्टै उक्कियो । हातैले पिच उक्किएको देखेपछि प्राविधिक र जनप्रतिनिधि छक्क परेका थिए ।२०७४ को निर्वाचनमा पनि काँग्रेसबाट प्रतिनिधिसभाकै उम्मेदवार रहेका कान्छाराम आफ्नो निर्माण कम्पनीका कर्तुत लुकाउन बेलाबेलामा रामेछापमा समाजसेवीको रुपमा चर्चामा आउँछन् । तर, उनको निर्माण कम्पनी कान्छाराम कन्ट्रक्शन भने बद्नाम छ ।यसैबीच, मन्थलीस्थित रामेछाप विमानस्थलमा पार्किङस्थल विस्तारको ठेक्का पनि कान्छारामले पाएका थिए । ८ वटासम्म साना जहाज पार्किङ गर्न मिल्ने गरी पार्किङस्थल बनाउने काम गत वर्षकै फागुन २ मा सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको थियो । तर, कान्छारामले कामा नगर्दा काम अहिलेसम्म पूर्ण रुपमा सकिएको छैन ।यसैगरी, बतासे र राजापानी जोड्ने मोटरेबल पुल निर्माणमा जति ताकेता गर्दा पनि ढिलाइ गरेपछि कान्छारामलाई जिल्ला प्रशासन कार्यालय खोटाङले कारबाहीका लागि गृहमा सिफारिस पनि गरेको थियो । त्यस्तै, दाङ, घोराहीको चार लेन सडक विस्तारको काम पटक पटक म्याद थप गर्दा पनि अवस्था उस्तै छ । सिद्धार्थ राजमार्गअन्तर्गत बर्तुङ–चिडियाखोला खण्डको सिद्धबाबा क्षेत्रमा पनि कान्छारामको काम पनि १ वर्षमा सक्नुपर्नेमा ८ वर्षसम्म पूर्ण छैन ।यसैबीच, राजधानीको तीनकुने–माइतीघर सडक बनाउने ठेक्का शर्मा एण्ड कम्पनी र कान्छाराम कन्स्ट्रक्शनले पाएको थियो । सडक विभागले गोरखापत्रमा सूचना निकालेर तीन पटकसम्म ठेक्का सम्झौता रद्ध गर्ने चेतावनी दिएपछि मात्रै उसले बल्लतल्ल त्यो काम सकेको थियो ।यसरी, आफूले ठेक्का लिएका देशैभरका आयोजना अलपत्र बनाउने उनै कान्छाराम तामाङ अहिले सत्ता गठबन्धनको बलमा रामेछापबाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेर संसद छिर्ने दाउमा छन् ।

पिच गरेको भोलिपल्टै सडक उप्किन थालेपछि...

सडक पिच गरेको २४ घन्टा नबित्दै धमाधम पिच उप्कन थालेपछि बर्दिबासस्थित खयरमाराका स्थानीय आन्दोलित भएका छन् । टेन्डर प्रक्रियाबाट युनिभर्सल कन्स्ट्रक्सनले ठेक्का पाएको लक्ष्मीनारायण माध्यामिक विध्यालयदेखि पोखरीसम्मको पिच उप्कन थालेको हो । पिच गर्नेक्रममा ठेकेदारले कमसल र गुण्स्तरहीन काम गरेको स्थानीयले आरोप लगाएका छन् । बढी नाफा लिने उद्देश्यले ठेकेदार कम्पनीले बेइमान गरेको स्थानीयको भनाइ छ ।उच्च माध्यामिक विध्यालयदेखि पोखरीसम्म झन्डै ११ सय मिटर पिच सडक टेन्डरमार्फत युनिभर्सल कन्स्ट्रक्सनले करिब एक

स्वरोजगार श्रमिकद्वारा आन्दोलनमा उत्रने चेतावनी

नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनले काठमाडौं महानगरपालिकाले ठेकेदार माधवप्रसाद काफ्ले सँगको मिलेमतोमा सहरी सेवा केन्द्र रत्नपार्कमा रहेका स्वरोजगार श्रमिकहरूमाथि ज्यादती गरेको आरोप लगाएको छ ।बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त संगठनले महानगरको आतंक बन्द नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।  गत कार्तिक ११ गते काठमाडौं महानगरपालिकाले दिएको पसल बन्द गर्ने निर्देशनलाई व्यापारीहरुले पालना गरेर वार्तापछि २ वर्ष म्याद थप्ने कुरा भएपनि चैत २१ गते व्यापारीहरूलाई कुनै जानकारी नै नद

डेढ कराेड ठगीकाे आराेपमा दाङका ठेकेदार पाण्डे काठमाण्डौबाट पक्राउ

दाङ - दाङको तुलसीपुर–घोराही चार लेन सडक खण्ड निर्माणको जिम्मा लिएर अलपत्र पारेको आरोप लागेका ठेकेदार अनुप पाण्डे काठमाण्डाैबाट पक्राउ परेका छन् ।डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) को टोलीले उनलाई काठमाण्डौको काँडाघारीबाट आज पक्राउ गरेको हो ।पक्राउ परेका पाण्डेलाई दाङ ल्याउने तयारी भइरहेको दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिनुभयो । घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी पाण्डेले आफूसँग १ कर...

दाङका ठेकेदार अनुप पाण्डेविरुद्ध ५ करोड ८९ लाख रुपैयाँ ठगीको उजुरी

दाङ - दाङको तुलसीपुर–घोराही चार लेन सडक खण्ड निर्माणको जिम्मा लिएर अलपत्र पारेको आरोप लागेका ठेकेदार अनुप पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ठगी मुद्दा परेपछि ठेकेदार पाण्डेलाई पक्राउ पुर्जी जारी गरेर खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तुलसीपुर–घोराही चार लेन सडक खण्ड निर्माणको जिम्मा लिएका ठेकेदार पाण्डेविरूद्ध कुल ५ करोड ८९ लाख रुपैयाँ ठगी गरेको भन्दै विभिन्न १७ जनाले प्रहरी र प्रशासनमा जाहेरी दिएका थिए। पाण्डेविरुद्ध घोराही उपमहानगरपालिका वडा नम्बर–१५ भरतपुरका व्य...

लुम्बिनीको ठेक्का : चार अर्बको टेन्डरमा चार कम्पनी मात्रै योग्य !

२६ जेठ, काठमाडौं । लुम्बिनी विकास कोषले धार्मिक तथा पुरातात्विक लुम्बिनी क्षेत्रको गुरुयोजना अनुसार सडक र त्यससम्बद्ध पूर्वाधार निर्माणका लागि आह्वान भएको ठेक्का विवादमा परेको छ ।  सीमित ठेकेदार सहभागी हुन पाउने गरी ठूलो रकमको ठेक्का निकालेकाले  मिलेमतोको आरोप लागेको हो । कोषले २०७८ जेठ १० गते आह्वान गरेको करिब ४ अर्ब बराबरको टेन्डरमा प्रतिस्पर्धा […]