युरोकप : आज पोर्चुगल र हंगेरीबीच प्रतिस्पर्धा हुने

युरोकपमा नेपाल समयअनुसार ९ बजेर ४५ मिनेट जाँदा पोर्चुगल र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ । यो खेल हंगेरीको बुडापेस्टस्थित रंगशालामा हुनेछ । पोर्चुगल युरोकपको डिफेन्डिङ च्याम्पियन हो । त्यसैले आजको खेलमा उसको स्पष्ट लक्ष्य जित नै हुनेछ । फेरि, यो समूह सहज पनि छैन ।यसपछि जर्मनी र फ्रान्ससँग खेल्नुपर्ने भएकाले पनि दुबै टोली प्रतियोगिताको उत्कृष्ट सुरुआत चाहन्छन् । पोर्चुगलसँग धेरै स्टार खेलाडी छन् । कप्तान क्रिष्ट्रियानो रोनाल्डो सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोलको किर्तिमान बनाउनबाट ५ गोलले पछि

सम्बन्धित सामग्री

आजदेखि युरोकप फुटबलको क्वाटरफाइनल

काठमाडाैं। युरोकप फुटबलको क्वाटरफाइनलका खेलहरू आजदेखि सुरू हुँदैछन्। पहिलो क्वाटरफाइनलमा राति ९ः४५ बजे सेन्ट पिटर्सबर्गमा स्वीट्जरल्यान्ड र स्पेन भिड्नेछन्। स्वीट्जरल्याण्ड फ्रान्सलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने स्पेन क्रोएसियालाई हराएर अन्तिम ८ मा पुगेको हो। दोस्रो क्वाटरफाइनलमा राति १२ः४५ बजे बेल्जियम र इटाली प्रतिस्पर्धा गर्ने छन्। बेल्जियमले पोर्चुगल र इटालीले अस्ट्रियालाई हराएर क्वाटरफाइनलमा पुगेका हुन्।

रोनाल्डो नेतृत्वको पोर्चुगल युरोकपबाट बाहिरियो

साविक विजेता पोर्चुगल युरोकप २०२० को प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ। आइतबार राती भएको खेलमा बेल्जियमले पोर्चुगललाई १–० गोलले हरायो। बेल्जियमको जितमा थोर्गन हाजार्डले निर्णायक गोल गरे। ४२ औँ मिनेटमा थोर्गन हाजार्डले डिबक्स बाहिरबाट सेकेण्ड बार च्यापेर गरेको प्रहारमा गोल भएको थियो। गोलकर्ता थोर्गन बेल्जियमका कप्तान इडेन हाजार्डका भाई हुन्। कप्तानसमेत रहेका क्रिस्टियानो रोनाल्डोको प्रेरणामा पोर्चुगल दोस्रो […]

युरोकप : जर्मनीद्धारा पोर्चुगल ४-२ ले पराजित

काठमाडौं, ५ असार । युरोकपको आजको खेलमा जर्मनीले डिफेण्डिङ च्याम्पियन पोर्चुगललाई ४–२ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । आज सम्पन्न खेलमा पोर्चुगलले कप्तान क्रिष्टियानो रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । पोर्चुगलको लागि रोनाल्डोले खेलको १५ मिनेटमा नै गोल गरेका थिए । तर, पोर्चुगलले ३५ र ३९औं मिनेटमा आत्घाती गोल व्यहोरेको थियो । खेलमा जर्मनीका […]

युरोकप–डिफेन्डिङ च्याम्पियन पोर्चुगल जर्मनीसँग पराजित

युरोकप अन्तरगत डिफेन्डिङ च्याम्पियन पोर्चुगल जर्मनीसँग ४–२ ले पराजित भएको छ ।  जितसँगै जर्मनी खेलमा फर्किएको छ।  यसअघि समूह चरणको पहिलो खेलमा फ्रान्ससँग पराजित जर्मनीका लागि आजको खेल जित्नैपर्ने दवाव थियो । एलिनाज एरिनास्थित रंगशालामा शनिबार सम्पन्न खेलमा सुरुवाती अग्रता पोर्चुगलले लिएपनि उसका लागि आजको खेल ब्याड लक बन्यो । खेलमा पोर्चुगलका स्टार क्रिष्टियानो रोनाल्डोले खेलको १५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए पनि ३५ र ३९ औं मिनेटमा पोर्चुगलका खेलाडी रुबेन डाइस र राफेलले आत्मघाती गोल गरे। पह...

युरोकप : पोर्चुगलविरुद्ध जर्मनीलाई जित्नैपर्ने दबाब

काठमाडाैं  : १६ औँ संस्करणको युरोकप फुटबलमा आज राति उपाधि दाबेदार मानिएका पोर्चुगल र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ।समूह ‘एफ’ का यी दुई टिमबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। पोर्चुगल जारी युरोकपमा लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा पुग्न चाहन्छ। पोर्चुगलले यसअघि हंगेरीविरुद्ध ३–० गोलको सहज जित निकालेको थियो।३ अंक जोडेको पोर्चुगल समूहको शिर्ष स्थानमा रहेको छ। जर्मनी विरुद्धको आजको खेलमा पनि कप्तान क्रिस्टियानो रोनाल्डो मुख्य खेलाडीका रुपमा रहनेछन्। उन

पोर्चुगल र हंगेरीबीच पहिलो हाफ गोलरहित बराबर

एजेन्सी। युरोकप फुटबलअन्तर्गत समूह ‘एफ’मा रहेको साविक विजेता पोर्चुगल र हंगेरीबीच जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। समूह ‘एफ’मा युरोको ‘ग्रुप अफ डेथ’ समेत हो। यी दुई टोली हालसम्म १३ पटक एकअर्काविरुद्ध मैदानमा उत्रिएका छन्। जसमा पोर्चुगलले ९ खेल जित्दा हंगेरीले एक खेल पनि जित्न सकेको छैन्। दुई टोलीबीचको चार खेल बराबरीमा सकिएको।

युरोकप फुटबल : आज जर्मनी र फ्रान्स समूह चरणको खेलमा आमने–सामने हुँदै

जर्मनी र फ्रान्स आज युरोकप फुटबलको समूह चरणको खेलमा आमने–सामने हुँदैछन् । यो खेल नेपाली समयअनुसार १२:४५ मा जर्मनीको म्युनिखमा हुनेछ । ग्रुप अफ डेथ मानिएको समूह एफमा यी दुई टोलीसँगै साबिक विजेता पोर्चुगल र हंगेरी पनि छन् । वर्तमान विश्व विजेता फ्रान्सले दुईपटक विश्वकप र दुईपटक युरोकप उपाधि जितेको छ । यता, जर्मनीले चार पटक विश्वकप जितेको इतिहास छ । युरोकपमा सर्वाधिक धेरै उपाधि जित्ने कीर्तिमान जर्मनी र स्पेनको नाममा संयुक्त छ, दुबैले तीन–तीनपटक उपाधि जितेका छन् ।अब इतिहास छाडेर अह

पोर्चुगलका डिफेन्डर जोआ कान्सेलोले युरोकप गुमाउने

एजेन्सी। कोरोना संक्रमण देखिएपछि पोर्चुगलका डिफेन्डर जोआ कान्सेलोले युरोकप फुटबल गुमाउने भएका छन्। पोर्चुगल फुटबलले आइतबार कान्सेलोलाई टिमबाट बाहिर राख्दै उनको स्थानमा टिममा डिएगो डालोटलाई बोलाएको जनाएको छ। कान्सेलोले युरोअघि इजरायलविरुद्ध खेलिएको मैत्रीपूर्ण खेलमा गोल गरेका थिए। पोर्चुगलले मंगलबार हंगेरीविरुद्ध युरोकपको पहिलो खेल खेल्दैछ।