चितवन १ मा कांग्रेसका बागी बुर्लाकोटी उम्मेदवारी निष्क्रिय गर्न सहमत, पौडेललाई राहत

चितवन १ मा नेपाली कांग्रेसको बागी उम्मेदवार रहेका राजेन्द्र बुर्लाकोटी आफ्नो उम्मेदवारी निष्क्रिय गर्न सहमत भएका छन् । आफूले टिकट नपाएपछि बुर्लाकोटीले विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन आयोगले दिएको समयसीमामा समेत उम्मेदवारी फिर्ता नलिएका उनी सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेपछि उम्मेदवारी निष्क्रिय गर्न सहमत भएका हुन् । आफ्नो उम्मेदवारी निष्क्रिय गराएर अब उनी कांग्रेसका उम्मेदवार विश्व पौडेललाई जिताउन सक्रिय हुने कांग्रेसले जनाएको छ । 

सम्बन्धित सामग्री

कांग्रेसका बागी बुर्लाकोटीले गराउनुभयो उम्मेदवारी निष्क्रिय

चितवन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेललाई जिताउन नेतृत्वदायी भूमिका खेल्ने बताउनुभएको छ ।

चितवन १ मा कांग्रेसका बागी बुर्लाकोटीको उम्मेदवारी निष्क्रिय

काठमाडौं । चितवन १ मा नेपाली कांग्रेसविरुद्ध बागी उम्मेदवारी दिएका राजेन्द्र बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिएका छन् । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग भेटेपछि उनले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका हुन् । बुर्लाकोटीले गठबन्धनको तर्फबाट कांग्रेसका विश्वनाथ पौडेलविरुद्ध उम्मेदवारी दिएका थिए । उनले देउवाले सम्मानजनक जिम्मेवारी दिने बताएको विज्ञप्तिमार्फत जानकारी गराएका छन् । आफ्नो […]

पोखरामा कांग्रेसका बागी कार्कीले गरे गठबन्धनका उम्मेदवारलाई समर्थन

२६ वैशाख, पोखरा । पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता विमलबहादुर कार्कीले उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका छन् । निर्वाचन आयोगको कार्यकतालिका अनुसार उम्मेदवारी फिर्ताको समय वैशाख १६ गते नै सकिए पनि कार्कीले सोमबार विज्ञप्ति जारी गरी आफूले सत्तारुढ गठबन्धनको उम्मेदवारलाई समर्थन गरेको बताएका छन् । सत्तारुढ गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत […]