काठमाडौं । राष्ट्रिय जनमोर्चाका नेता तथा बौद्धिक व्यक्तितव मनोज भट्टद्वारा लिखित ‘नेपाल–भारत सम्बन्ध’ विषयक पुस्तक प्रकाशित भएको छ ।
पुस्तकको विमोचन शनिबार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले काठमाडौंमा गर्ने कार्यक्रम छ । पुस्तकमा नेपाल र भातबीचको सम्बन्धका विविध आयामबारे चर्चा गरिएको छ ।
यो पुस्तकले नेपाल र भारतबीच भएका विभिन्न सन्धि सम्झौता, अतिक्रमण लगायत नेपालमाथिको भारतीयहस्तक्षेपबारे बुझ्न मद्दत पुग्नेछ।
जलजला अफसेट प्रेसद्वार मुद्रित पुस्तकको प्रकाशकमा गीता भट्ट हुनुहुन्छ । पुस्तकको व्यक्तिगत मूल्य ३५० तथा संस्थागत रु एक हजार रुपैयाँ कायम गरिएको छ ।
शनिबार (चैत १४ गते) बागबजारस्थित हार्दिक होटलमा हुने पुस्तक विमोचन समारोहमा उपस्थित हुन लेखक भट्टले सञ्चारकर्मीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग आग्रह गर्नुभएको छ