‘पञ्चकोशी दैलेख’ पुस्तक प्रकाशित

काठमाडौं । भरतबन्धु थापाको ‘पञ्चकोशी दैलेख’ तस्वीर पुस्तक नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित भएको छ । धार्मिक तथा ऐतिहासिक महत्व बोकेका दैलेख जिल्लाको दुल्लु क्षेत्रलाई केन्द्रति गरेर दैलेख जिल्लाभित्रका सांस्कृतिक, धार्मिक एवम् जीवनशैलीसँग सम्बन्धित तस्वीरसहित जानकारी रहेको छ । दुल्लु नगरपालिकाद्वारा प्रकाशित ‘पञ्चकोशी दैलेख’ पुस्तकमा दुल्लु नगरपालिकामा अवस्थित ऐतिहासिक, धार्मिकका,प्राकृतिक, कला र संस्कृति सबैलाई […]

सम्बन्धित सामग्री

नेपाली पत्रकारिताबारे समालोचनात्मक पुस्तक प्रकाशित

नेपाली पत्रकारितासम्बन्धि अनुसन्धानमा आधारित पुस्तक ‘ग्लोबल पर्सपेक्टिभस् अन जोर्नालिज्म इन नेपाल’ प्रकाशित भएको छ ।नेपाल भित्र र बाहिर रहेका २१ जना पत्रकारिता-सञ्चार अध्येताहरूको लेखनलाई समेटेर तयार पारिएको सो पुस्तक बेलायतको ख्याती प्राप्त प्रकाशन गृह राउटलेजले प्रकाशित गरेको हो । नेपालको पत्रकारिता क्षेत्रबारे जान्न खोज्ने विश्वका अध्येताहरूलाई पनि सो पुस्तक उपयोगी हुने सहप्राध्यापक डा. कुन्दन अर्यालले […]

‘संसदमा समिति प्रणाली : राष्ट्रिय सभा विशेष’ पुस्तक प्रकाशित

राष्ट्रिय सभा र त्यसअन्तर्गतका समितिहरुको पछिल्लो करिव चार वर्षे कार्यकालको समिक्षा गर्दै ‘संसदमा समिति प्रणाली ः राष्ट्रियसभा विशेष’ नामक पुस्तक प्रकाशित गरिएको छ। पुस्तकमा संसद र त्यसका प्रभावकारिताका लागि अमेरिकी...

नेपालकाे ‘शिवगढीदेखि प्रतिबन्धसम्म’ पुस्तक प्रकाशित

लेखक नारायण नेपालको पुस्तक ‘शिवगढीदेखि प्रतिबन्धसम्म’ प्रकाशित  भएको छ । राजनीतिक एवं समसामयिक विषयमा कलम चलाउने नेपालले तत्कालीन नेकपा–माओवादीबाट अलग भइ नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेर नेपाल कम्युनिस्ट पार्टी...

डा. कार्कीको पुस्तक ‘नेपालको अर्थतन्त्रका आयामहरू’ प्रकाशित

अर्थशास्त्री डा. रेवतबहादुर कार्कीले लेखेको ‘नेपालको अर्थतन्त्रका आयामहरू’ पुस्तक प्रकाशित भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वअर्थमन्त्री डा. रामशरण महतले पुस्तकको विमोचन गरेका हुन् । हाइडेल प्रेसले प्रकाशित गरेको पुस्तकको...

नेपालका आधुनिक मुद्राहरूसम्बन्धी पुस्तक प्रकाशित

नेपालका आधुनिक मुद्राहरूः एक समीक्षा नामक पुस्तक प्रकाशन भएको छ ।नेपाल राष्ट्र बैंकमा कार्यरत श्याम खतिवडाद्वारा लिखित उक्त पुस्तक राष्ट्र बैंकको ६६ औं वार्षिकोत्सवका अवसरमा गभर्नर महाप्रसाद अधिकारीले विमोचन गरेका हुन् ।पुस्तकमा नेपालको मुद्रासम्बन्धी विभिन्न विषय समेटिएकाले पुस्तक बैंक वित्तीय संस्थाहरूका लागि उपयोगी र संग्रहणीय भएको गभर्नर अधिकारीले बताए ।बस्तु विनिमय प्रथादेखि हालसम्मको मुद्राको बारेमा […]

मनोज भट्टद्वारा ​लिखित ‘नेपाल–भारत सम्बन्ध’ विषयक पुस्तक प्रकाशित

काठमाडौं । राष्ट्रिय जनमोर्चाका नेता तथा बौद्धिक व्यक्तितव मनोज भट्टद्वारा लिखित ‘नेपाल–भारत सम्बन्ध’ विषयक पुस्तक प्रकाशित भएको छ । पुस्तकको विमोचन शनिबार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले काठमाडौंमा गर्ने कार्यक्रम छ । पुस्तकमा नेपाल र भातबीचको सम्बन्धका विविध आयामबारे चर्चा गरिएको छ । यो पुस्तकले नेपाल र भारतबीच भएका विभिन्न सन्धि सम्झौता, अतिक्रमण लगायत नेपालमाथिको भारतीयहस्तक्षेपबारे बुझ्न मद्दत पुग्नेछ। जलजला अफसेट प्रेसद्वार मुद्रित पुस्तकको प्रकाशकमा गीता भट्ट हुनुहुन्छ । पुस्तकको व्यक्तिगत मूल्य ३५० तथा संस्थागत रु एक हजार रुपैयाँ कायम गरिएको छ । शनिबार (चैत १४ गते) बागबजारस्थित हार्दिक होटलमा हुने पुस्तक विमोचन समारोहमा उपस्थित हुन लेखक भट्टले सञ्चारकर्मीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग आग्रह गर्नुभएको छ

स्पेनिस भाषाबारे ज्ञान दिन ‘ओला नमस्ते’ पुस्तक प्रकाशित

नेपाली समुदायलाई स्पेनिस भाषा सिक्न सजिलो होस् भन्ने ध्येयले ‘ओला नमस्ते’ पुस्तक प्रकाशित भएको छ ।       कास्की आदर्श समाज स्पेनद्वारा प्रकाशित पुस्तकको समाजको दोस्रो साधारणसभाका अवसरमा आइतवार भर्चुअल माध्यमबाट सार्वजानिक गरियो । साधारण सभाले समाजको सांगठनिक तथा आर्थिक प्रतिवेदन समेत पारित गरेको थियो ।  सो अवसरमा आदर्श सेवा समाज अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष गोविन्द पौडेलले स्पेनिस भाषा सिक्न चाहने नेपालीलाई सहयोग पुर्‍याउने ध्येयले पुस्तक प्रकाशन गरेको जानकारी दिए । समाजल...

बालबालिकालाई कोरोना भाइरस चिनाउने कथा पुस्तक प्रकाशित

बालबालिकालाई भाइरस चिनाउने ‘जासुस अभिषको भाइरससँगको जित’ कथा प्रकाशित भएको छ । पुस्तक कथालयले प्रकाशित गरेको हो । कथाको मुख्य पात्र अभिष हो । ऊ खेलमा व्यस्त रहेका वेला उनको बुबालाई साइरन भएको...