कैलाली ५ (२) मा कांग्रेसका प्रकाश देउवा विजयी

काठमाडौं : कैलाली क्षेत्र नं.५ (२) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी भएका छन् । एमालेका दुर्गाप्रसाद जोशीलाई हराउँदै देउवा प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्।उनले ९ हजार ५९१ मत ल्याउँदा जोशीले ६ हजार ३५१ मत पाए। नागरिक उन्मुक्ति पार्टीका गोठु चौधरीले चार हजार ३५८ मत प्राप्त गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीका शिवराज भण्डारीले तीन हजार ४२२ र कांग्रेसबाट बागी उम्मेदवारी दिएका क्षितिज भण्डारीले तीन हजार १८२ मत हासिल गरे।

सम्बन्धित सामग्री

कैलाली-५ (ख) मा प्रकाश देउवा बलियो

सुदुरपश्चिम प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत कैलाली ५(ख)मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशबहादुर देउवाको जित्ने आधार बलियो देखिएको छ ।

कैलाली-५ (ख) मा प्रकाश देउवा बलियो

सुदुरपश्चिम प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत कैलाली ५(ख)मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशबहादुर देउवाको जित्ने आधार बलियो देखिएको छ ।

विकासका मुद्दा लिएर घरदैलोमा प्रकाश देउवा

धनगढी – मंसिरमा हुने आम निर्वाचनका लागि देशैभर उम्मेदवारहरु घरदैलोमा व्यस्त रहेका छन्। मतदाताका घरघरमा गएर आफ्नो पक्षमा मत मागिरहेका छन्। कैलाली–५ ‘ख’ मा लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका युवा नेता प्रकाश देउवा भने अरुको भन्दा फरक शैलीमा मतदातामाझ प्रस्तुत भइरहेका छन्। उनले आफू निर्वाचित भइसकेपछि यस क्षेत्रको विकासका लागि गर्नसक्ने प्रतिबद्धता […]

आरजुका पीए विरुद्ध कांग्रेसका बागीले फिर्ता लिएनन् उम्मेदवारी

२६ असोज, कैलाली । कैलाली ५ (ख) बाट प्रदेश सभा उम्मेदवार बनेका नेपाली कांग्रेसका बागी क्षितिज भण्डारीले नाम फिर्ता गरेनन् । निर्वाचन आयोगले तोकेको समय सीमामा उनले नाम फिर्ता गरेनन् । कैलाली ५ (ख)मा प्रधानमन्त्री पत्नी आरजु राणाका स्वकीय प्रकाश देउवा उम्मेदवार बनेका छन् । ‘आरजुको पीएलाई हराएर म जित्छु । मैले किन फिर्ता लिनु […]

कैलाली–५ को काँग्रेस सभापतिमा भीम पडाल विजयी

कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली काँग्रेसको क्षेत्रीय सभापतिमा भीम पडाल विजयी भएका छन् । उनी २९६ मत ल्याएर विजयी भएका हुन । प्रत्यासी सन्तोष मुडभरीलाई १६३ मतान्तरले हराउँदै पडाल सभापतिमा विजयी भएको नेपाली काँग्रेस प्रचार प्रसार समितिका जिल्ला संयोजक नृप सुनारले रातोपाटीलाई जानकारी दिए ।यस्तै सचिवमा विजयराज जोशी र महेश गोले विजयी भएका छन् । कार्य समितिमा पडालको प्यानल नै विजयी भएको उनले बताए । महाधिवेशन प्रतिनिधिमा नृप वड, नरनारायण शाह, क्षितिज भण्डारी, प्रकाश देउवा, डिल्लीराज पन्त, ग

कैलाली–५ बाट धनगढीका मेयर सर्वाधिक मतका साथ काँग्रेस महाधिवेशन प्रतिनिधिमा चयन

कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन् । क्षेत्रीय अधिवेशनले धनगढी उपमहानगरका मेयर नृप वडलाई सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि चयन गरेको छ ।जिल्ला प्रचार प्रसार समिति संयोजक नृप सुनारका अनुसार वडले ५२८ मतमध्ये ३७७ मत ल्याएका छन् । यस्तै कैलाली जिल्लाका काँग्रेस सभापतिसमेत रहेका नरनारायण शाह ३६२ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।महाधिवेशन प्रतिनिधिमा विजयी हुने अन्यमा क्षितिज भण्डारी, प्रकाश देउवा, डिल्लीराज पन्त, गणेश देउवा, कृष्ण ब