कम्पनीहरू संस्थागत बीमा अभिकर्ता हुन पाउने

काठमाडौं (अस) । नेपालमा सञ्चालित कुनै पनि कम्पनीले संस्थागत बीमा अभिकर्ताको काम गर्न पाउने भएका छन् । बीमा समितिले बुधवार संस्थागत बीमा अभिकर्तासम्बन्धी निर्देशिका २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । त्यस्ता कम्पनीहरूले आप्नो विधान, प्रबन्धपत्र तथा नियमावली संस्थागत बीमा अभिकर्ताको काम गर्ने भनेर उल्लेख गरेको हुनुपर्ने बताइएको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सबै कम्पनीले संस्थागत बीमा अभिकर्ताको काम गर्न पाउनेगरी निर्देशिका जारी गरेको बताए । ‘कम्पनीहरूले विधान, प्रबन्धपत्र तथा नियमावलीमा संस्थागत बीमा अभिकर्ताको काम गर्ने भनेर उल्लेख गर्नुपर्ने हुन्छ । त्यसपछि समितिबाट इजाजतपत्र लिएर संस्थागत अभिकर्ताको काम गर्नु सक्नेछन्,’ उनले भने, ‘कम्पनीको सञ्चालक वा व्यवस्थापक मध्येबाट कुनै एक जनाले बीमा समिति वा सम्बन्धी बीमा कम्पनीबाट अभिकर्ताको तालीम पनि लिनुपर्ने छ ।’ तालीम लिने व्यक्ति भने कम्तीमा एसईई तह उत्तीर्ण गरेको हुनुपर्ने उनले बताए । समितिले अनलाइन भुक्तानी सेवाप्रदायक संस्थाहरूलाई बीमा अभिकर्ताको इजाजतपत्र दिन यस्तो व्यवस्था गरेको बुझिएको छ । हालसम्म बैंक तथा वित्तीय संस्थाहरूले मात्र संस्थागत बीमा अभिकर्ताको काम गर्दै आएका छन् । अब अनलाइन भुक्तानी सेवाप्रदायक संस्थाहरूलाई पनि संस्थागत बीमा अभिकर्ता बनाउन नयाँ निर्देशिका ल्याइएको बताइएको छ । तर, त्यस्ता संस्थाहरूलाई उनीहरूको नियामक निकाय नेपाल राष्ट्र बैंकबाट पनि आवश्यक स्वीकृति लिनुपर्ने हुन सक्ने जानकारहरू बताउँछन् । संस्थागत बीमा अभिकर्ताहरूले विद्युतीय प्रणालीमार्फत कारोबार गर्न सक्ने व्यवस्थासमेत गरिएको छ । बीमितबाट बीमाशुल्क संकलन गरेर बीमा कम्पनीलाई भुक्तानी गर्ने, बीमा प्रस्ताव फारम भर्नेलगायत सम्पूर्ण काम विद्युतीय माध्यमबाट गर्न सक्ने निर्देशिकामा उल्लेख छ । तर, विद्युतीय कारोबार गर्न संस्थागत अभिकर्ताले सम्बद्ध निकायबाट अनुमति लिनुपर्ने छ । उनीहरूले ग्राहकलाई विद्युतीय माध्यमबाट नै सेवा लिन बाध्य पार्न पनि नपाउने निर्देशिकामा उल्लेख छ । विद्युतीय कारोबार गर्दा बीमितले अभिकर्तालाई बुझाएको समयदेखि नै बीमा अवधि शुरू हुने बताइएको छ । अभिकर्ताले कम्पनीलाई उक्त रकम भुक्तानी नगरे पनि बीमा अवधि शुरू हुनेछ ।

सम्बन्धित सामग्री

एक अभिकर्ता 'एक बीमा कम्पनी' नीति लागू

काठमाडौं । नेपाल बीमा प्राधिकरणले एकजना बीमा अभिकर्ताले समान किसिमको एकभन्दा बढी बीमा कम्पनीमा काम गर्न नपाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।   बीमा ऐन, २०७९ को दफा ९३ को उपदफा ६ मा कुनै एक बीमकको बीमा अभिकर्ताले सोही अवधिमा अर्को उस्तै किसिमको बीमकको बीमा अभिकर्ता भई काम गर्न नपाउने उल्लेख छ । बीमा ऐन, २०७९ को उक्त व्यवस्थाअनुसार प्राधिकरणले ‘एक अभिकर्ता, एक बीमा कम्पनी’ नीति लागू गरेको हो । उक्त व्यवस्था लागू भएसँगै अब एक व्यक्तिले समान किसिमको एकभन्दा बढी बीमा कम्पनीको अभिकर्ता भएर काम गर्न पाउने छैन । प्राधिकरणका अनुसार फागुनसम्ममा बीमा अभिकर्ताको संख्या २ लाख ५६ हजार ३२२ पुगेको छ । तीमध्ये ५ हजार ४५ अभिकर्ता समान किसिमका एकभन्दा बढी बीमा कम्पनीमा आबद्ध छन् । प्राधिकरणका अनुसार समान किसिमको व्यवसाय गर्ने दुई बीमा कम्पनीमा आबद्ध अभिकर्ताको संख्या ४ हजार ८ सय ४७, तीन कम्पनीमा आबद्ध १ सय ७८, चार कम्पनीमा आबद्ध १६, पाँच कम्पनीमा २ र १० कम्पनीमा आबद्ध २ जना छन् । बीमा प्राधिकरणले ‘एक अभिकर्ता, एक बीमा कम्पनी’ नीति लागू गरेसँगै नवीकरण गर्दा अब समान किसिमको एकभन्दा बढी बीमा कम्पनीमा आबद्ध अभिकर्ताले अनलाइनमार्फत एउटा मात्र कम्पनी छान्न पाउनेछन् । अभिकर्ताले मोबाइलमा प्राप्त हुने वान टाइम पासवर्ड (ओटीपी) मार्फत कम्पनी छनोट गरी नवीकरण गर्न पाउने व्यवस्था गरिएको छ ।    प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल प्राधिकरणले बीमा ऐनमा भएको एक बीमकको बीमा अभिकर्ताले सोही अवधिमा अर्को समान किसिमको बीमकको बीमा अभिकर्ता भई कार्य गर्न नपाउने व्यवस्था कार्यान्वयनसँगै अभिकर्ता, बीमा कम्पनी र प्राधिकरणलाई सबैलाई फाइदा हुने बताउँछन् । सिलवाल भन्छन्, ‘हामीले ऐनमा भएको व्यवस्था कार्यान्वयन गरेका हौं । उक्त व्यवस्था कार्यान्वयनमा आएसँगै अब अभिकर्तालाई नवीकरण गर्न सहज हुनेछ र उनीहरूले एउटा मात्र कम्पनीमा इमानदारीसाथ आबद्ध भएर काम गर्नेछन् ।’ अब बीमा कम्पनीहरूलाई आफ्ना अभिकर्ताबारे सम्पूर्ण जानकारी हुने र प्राधिकरणलाई पनि नियमन गर्न सहज हुने उनले बताए ।

अब अनलाइनबाटै बीमा अभिकर्ता व्यवस्थापन हुने

नेपाल बीमा प्राधिकरणले अनलाइन प्रणालीबाट बीमा अभिकर्ता व्यवस्थापन गर्न सुरू गरेको छ । बीमा ऐनमा भएको ‘एक बीमक एक बीमा’ अभिकर्ताको व्यवस्था कार्यान्वयनका लागि प्राधिकरणले अनलाइन प्रणाली सुरू गरेको हो । आईतबार अनलाइन प्रणाली शुभारम्भ गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अनलाइनबाट बीमा अभिकर्ताको जानकारी हुने हुँदा अनुगमन गर्न सहज हुने बताए...

अछाममा नेशनल लाइफको अभिकर्ता  भेला

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले अछाममा अभिकर्ता भेला सम्पन्न गरेको छ । भेलामा कम्पनीको अछाम कार्यालयमा आबद्ध करिब १३५ जना अभिकर्ताहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण  दिएका थिए । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले बीमा ऐन २०७९ का आधारभूत विषयवस्तुको बारेमा प्रकाश पारेका […]

अभिकर्ता कमिसनको खेलले बीमामा ‘सरेन्डर’को लहर

१५ भदौ, काठमाडौं । बीमा समितिले बीमामा देखिएको विकृति रोक्न अभिकर्ताको लाइसेन्सदेखि बीमालेख समर्पण (सरेन्डर)सम्म नै कडाइ गर्ने तयारी गरेको छ । समितिले बीमाको विकृति रोक्न अभिकर्ता लाइसेन्समा मात्रै होइन, कमिसनमा समेत कडाइ गर्ने तयारी छ । बीमालेख सरेन्डर र व्यतित बीमालेख (पोलिसी ल्याप्स) बढेपछि त्यसको अध्ययन गर्न बीमा कम्पनीबाट विवरण माग गरिएको समितिका अध्यक्ष […]

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्सले गत हप्ता अभिकर्ता सम्मान तथा बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । मुख्य मार्केटिङ बिभाग त्रिपुरेश्वर, शाखा कार्यालयहरु लगनखेल र नारायणघाट  अन्तर्गत अभिकर्ताहरुलाई चितवनको सौराहामा उक्त कार्यक्रमको आयोजना सम्पन्न गरीएको थियो भने लमजुङ शाखा कार्यलयमा पनि उक्त खाले कार्यक्रम आयोजना गरिएको थियो ।  जनमानसमा बिमाको महत्व, बिमा दाबि भुक्तानी लगायतका महत्वपूर्ण प्रशिक्षण  कम्पनीका महाप्रबन्धक कमलराज गौतमद्वारा प्रदान गरीएको थियो साथै उत्कृष्ट अभियन

अब अनलाइनबाटै बीमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरण गर्न सकिने

अब अनलाइनबाटै बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण गर्न सकिने भएको छ । मंगलबारदेखि बीमा सर्भेयर तथा बीमा अभिकर्ताको लाइसेन्स अनलाइन नवीकरण गर्न सकिने सेवाको शुभारम्भ भएको हो ।  मंगलबार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् । अब ३ लाखभन्दा बढी बीमा अभिकर्ता र २...

राष्ट्रिय बीमा संस्थानको पहिलो संस्थागत अभिकर्ता बन्यो मेरो बीमा

सारथी एजेन्सी प्रालि (मेरो बीमा) र राष्ट्रिय बीमा संस्थानबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठक र मेरो बीमाका प्रमुख कार्यकारी अधिकृत शंकर बहादुर घिमिरे हस्ताक्षर गरेका हुन् ।  यो सम्झौतासँगै मेरो बीमा राष्ट्रिय बीमा संस्थानको पहिलो संस्थागत अभिकर्ता बनेको छ । केही समय अघि सार्वजनिक भएको मेरो बीमा एउटा मोबाइल एप हो ।...

आइएमई जनरल इन्स्योरेन्सले दियो कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम

काठमाडौँ – आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले चारदिने कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ। बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको हो। उक्त तालिमपश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरुबीच आफ्नो योग्यता, तालिम तथा कम्पनीबाट प्राप्त ज्ञानको […]

बीमा कम्पनीका संस्थागत अभिकर्ताले छुट्टै अनुमति लिनुपर्ने

बीमा कम्पनीका संस्थागत अभिकर्ताले छुट्टै अनुमति लिनुपर्ने भएको छ । संस्थागत अभिकर्ता भएर काम गरिरहेका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था र गैरसरकारी संस्था लगायतले अलग्गै इजाजत लिनुपर्ने व्यवस्था बीमा समितिले गरेको छ । लाइसेन्स लिनका लागि अभिकर्ता बन्न चाहने संस्थाले प्रबन्धपत्र, नियमावली वा विधानमै कुन प्रकारको अभिकर्ता बनेर काम गर्ने भन्ने खुलाउनुपर्ने बीमा समितिले  जारी गरेको ‘संस्थागत बीमा अभिकर्तासम्बन्धी निर्देशिका’ मा व्यवस्था गरिएको छ । अभिकर्ता बन्न चाहने