पर्यटकीय तथा धार्मिकस्थल खप्तड घुम्न ‘हेली टुर’

डाेटी – सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक पर्यटकीय तथा धार्मिकस्थल खप्तड घुम्न ‘हेली टुर’ सुरु भएको छ । डोटीको पूर्वचौकी गाउँपालिकामा रहेको ‘खप्तड होमस्टे’ले समिट एयरसँगको सहकार्यमा 'खप्तड एडभेन्चर हेली टुर' सुरु गरेको हो । खप्तडको प्रवेशद्वार झिग्रानाबाट खप्तड जान आउन र दुई दिनको प्याकेजको व्यवस्था रहेको आयोजकले जनाएको छ । शुक्रबारदेखि सुरु भएको हेली टूर आइतबारसम्म सञ्चालन गरिने खप्तड होमस्टे झिग्राना तथा खप्तड एड्भेन्चर टुर्सका प्रबन्ध निर्देशक दीपकबहादु...

सम्बन्धित सामग्री

हेलिकोप्टर सेवाले खप्तड घुम्ने आन्तरिक पर्यटक बढे

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय एवं धार्मिकस्थल खप्तड घुम्न जानेहरुका लागि पाँचदिने ‘हेली टुर प्याकेज’ शुरु भएपछि खप्तड पुग्ने आन्तरिक पर्यटक बढ्न थालेका छन् । खप्तडको प्रवेशद्वार झिंग्रानामा रहेको ‘खप्तड होमस्टे’ आयोजना तथा माउण्टेन हेलिकप्टोरको सहकार्यमा उक्त ‘हेली टुर प्याकेज’ शुरु गरिएको हो ।          ‘हेलि टुर प्याकेज’ शुरु भएसँगै अहिले खप्तड घुम्न आउने आन्तरिक पर्यटक बढेका र यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने अनुमान गरिएको खप्तड होमस्टेका सञ्चालक दीपकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो “कोरोनाका कारण खप्तडमा पर्यटक आउन सकेका थिएनन्, अहिले कोरोनाको सङ्क्रमण कम छ र हामीले ‘हेलि टुर’ प्याकेज पनि शुरु गरेपछि पर्यटकहरु आउन थालेका छन्, यहाँको वातावरण नै रमाइलो देखिएको छ ।”          यस प्याकेजअन्तर्गत खप्तड पुग्नका लागि दिपायलबाट प्रतिव्यक्ति रु १० हजार, झिंग्रानाबाट रु आठ हजार, अछामको साफेगर र बझाङको चैनपुरबाट रु १२ हजार तथा कैलालीबाट रु ३० हजार लाग्ने सो आयोजनाका अधिकारीले जनाएका छन् । यस आयोजनाको बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्नुभएको हो । त्यस अवसरमाा मुख्यमन्त्री भट्टले खप्तड क्षेत्रको पर्यटकीय विकासका लागि प्रदेश सरकारले ठोस योजना बनाई अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “खप्तडको विकासका लागि प्रदेश सरकार ठोस योजना ल्याउने तयारीमा छ, चाडै हामी केही नयाँ काम गर्छाैं ।” सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली र डोटीबाट खप्तड जान हवाइ टिकटको व्यवस्था मिलाइएको आयोजकले जनाएका छन् । खप्तड क्षेत्र सुदूरपश्चिम प्रदेशको प्रमुख चिनारी हो ।