यी हुन् ३३० प्रदेश निर्वाचन क्षेत्रका उम्मेदवार

निर्वाचन आयोगले प्रदेशसभाका उम्मेदवारको नामावली प्रकाशन गरेको छ । आयोगले मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार मंगलबार प्रदेशसभाका उम्मेदवारको नामावली प्रकाशन गरेको हो ।आयोगले ३३० प्रदेश निर्वाचन क्षेत्रका उम्मेदवारको नामावली प्रकाशन गरेको छ । सोमबार उम्मेदवारविरुद्ध परेको उजुरीमाथि छानबिन गरेर आयोगले नामावली सार्वजनिक गरेको हो । आयोगले विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट आागामी निर्वाचनमा भाग लिनका लागि मनोनयन दर्ता गराउने उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।आयोगले यसअघि प्रतिनिधि सभ

सम्बन्धित सामग्री

प्रदेश १ मा सभामुखको निर्वाचन आज

विराटनगर । प्रदेश १ को सभामुखको निर्वाचन आज हुँदैछ । सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको एकल उम्मेदवारी छ । एकल उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित हुनेछन् । प्रदेश सभा सचिवालयका अनुसार सभामुखको निर्वाचनका लागि आज बिहान ११ बजे प्रदेश सभा बैठक बस्दैछ ।माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ ।

प्रदेश १ मा सभामुखको निर्वाचन आज, गौतम एक्ला उम्मेदवार

२८ पुस, विराटनगर । प्रदेश १ को सभामुखको निर्वाचन आज हुँदैछ । सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको एकल उम्मेदवारी छ । एकल उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित हुनेछन् । प्रदेश सभा सचिवालयका अनुसार सभामुखको निर्वाचनका लागि आज बिहान ११ बजे प्रदेश सभा बैठक बस्दैछ । माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको […]

कैलाली ५ः गठबन्धनका प्रदेश सभा उम्मेदवार पन्तले गरे मतदान

धनगढी : सुदूरपश्चिम प्रदेश सभाका निवर्तमान सदस्य डिल्लीराज पन्तले मतदान गरेका छन्। कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा गठबन्धनका उम्मेदवार रहेका पन्तले त्रिनगर माध्यामिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका हुन्। प्रदेशको अस्थायी राजधानी समेत रहेको निर्वाचन क्षेत्र नम्बर ५ मा १० जना प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन्। यो क्षेत्रमा पूर्व मन्त्री नारदमुनि राना नेकपा एमालेबाट उम्मेदवार छन् भने पूर्व राज्यमन्त्री पुष्करनाथ ओझा स्वतन्त्र उम्मेदवार छन्।यस्तै, निवर्तमान प्रदेश सभा सद

प्रदेश १ मा नयाँ निर्वाचन तालिका जारी

मोरङ – प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री एवं मोरङ क्षेत्र नम्बर ३ ‘क’ का प्रदेश सभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको निधनपछि निर्वाचन आयोगले नयाँ तालिका जारी गरेको छ। विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय प्रदेश १ निर्वाचन प्रमुख लेवन कश्यप अधिकारीका अनुसार उम्मेदवारको निधनपछि विहीबार मनोनयन दर्ता प्रक्रिया हुनेछ। बिहान १० देखि १ बजेसम्मको समयभित्र […]

प्रदेश १ मा ४३७ प्रतिनिधिसभा र ५१० जना प्रदेशसभाका उम्मेदवार कायम

प्रदेश १ मा प्रतिनिधिसभा र प्रदेशसभा गरेर ९४७ जना उम्मेदवार कायम भएका छन् ।  निर्वाचन आयोगले उम्मेदवारी फिर्ता पछि आज साँझ ७ बजेसम्म संकलन भएको विवरण अनुसार सो संख्यामा उम्मेदवार कायम रहेका हुन् । प्रदेश १ मा प्रतिनिधिसभातर्फ २८ निर्वाचन क्षेत्र छ । जसमा ४३७ जना उम्मेदवार कायम भएका छन् । प्रदेश १ को २८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा ४५३ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये १८ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । यस्तै प्रदेशसभा तर्फ ५१० जना उम्मेदवार कायम भएका छन् । ५६ वटा प्रदेश

प्रत्यक्षतर्फ एक तिहाइ महिला उम्मेदवार बनाउन दलहरूलाई निर्वाचन आयोगको निर्देशन

काठमाण्डाै – निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवार मनोनयन गर्दा एक तिहाइ महिला प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दलहरूलाई निर्देशन दिएको छ ।  संसदीय समितिको निर्देशनअनुसार आयोगले राजनीतिक दललाई प्रत्यक्षतर्फ एक तिहाइ महिला उम्मेदवार बनाउन पत्राचार गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनुभयो । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले निर्वाचन आयोगलाई यसअघि प्रत्यक्षतर्फ पनि एक तिहाइ महिला उम्मेदवार बनाउने गरी दलहरूलाई निर्देशन दिन आयोगलाई पत्राचार ग...

डोल्पा प्रदेश (क)मा एमालेका शेरबहादुर बुढा उम्मेदवार सिफारिस

डोल्पा प्रदेश निर्वाचन क्षेत्र (क)बाट प्रत्यक्षतर्फ एमाले डोल्पाका अध्यक्ष शेरबहादुर बुढा उम्मेदवार सिफारिस भएका छन्।  डोल्पा प्रदेश (क) निर्वाचन समन्वय कमिटीका संयोजक विष्णुबहादुर रोकायाको अध्यक्षतामा बसेको  बैठकले बुढालाई एकल उम्मेदवार सिफारिस...

सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने काँग्रेस (बीपी) को निर्णय

नेपाली काँग्रेस (बीपी) ले आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा प्रदेश तथा प्रतिनिधिसभाका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय पदाधिकारीको बैठकले सबै निर्वाचन क्षेत्रमा पार्टीको तर्फबाट उमेदवार उठाउने निर्णय गरेको प्रवक्ता शिव सिम्खडाले जानकारी दिए । उनका अनुसार आम निर्वाचनको सन्दर्भमा केन्द्रीय कार्यालय सञ्चालन गर्न सहमहामन्त्री जगन्नाथ घिमिरेलाई तोकिएको छ ।  यस्तै बैठकले निर्वाचन परिचालन गर्नका लागि केन्द्र, प्रदेश र जिल्लास्तरमा कमिटीहरु गठन

प्रदेश १ मा गोलाप्रथाबाट कांग्रेसका उम्मेदवार विजयी

बिराटनगर : राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश एकको अन्य तर्फ सत्ता गठबन्धनका उम्मेदवार गोपाल बस्नेत निर्वाचित भएका छन्। नेकपा एमालेका उम्मेदवार गुरु बराललाई गोला प्रथामा हराउँदै कांग्रेसका बस्नेत निर्वाचित भएका हुन्। दुवै उम्मेदवारले बराबर मत प्राप्त गरेपछि राष्ट्रियसभा सदस्य निर्वाचन ऐन अनुसार गोलाप्रथाबाट बिजेता घोषणा गरिएको हो। बराल र बस्नेतले बराबर ४ हजार ४ सय ८८ मत प्राप्त गरेका थिए।

प्रदेश १ मा अन्तरघात, एमाले उम्मेदवार विजयी

राष्ट्रिय सभा निर्वाचन अन्तरगत प्रदेश नम्बर १ मा गठबन्धन उम्मेदवार पराजित भएका छन् । गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार हेमराज राईलाई हराउँदै एमाले उम्मेदवार सोनम ग्याल्जेन शेर्पा विजयी भएका हुन् ।गठबन्धनकै उम्मेदवारको अन्तर्घातका कारण राईले पराजय बेहोर्नुपरेको बताइएको छ । राई जसपाको तर्फबाट गठबन्धनका उम्मेदवार थिए ।  शेर्पाले ४७५२ मतभार पाए भने राईले ४ हजार ३६८ मतभार पाए ।  अर्को सिटमा नेकपा एकीकृत समाजवादीकी जयन्ती राईले जितेकी छन् । उनी भने गठबन्धनकै उम्मेदवार हुन