कैलाली ५ः गठबन्धनका प्रदेश सभा उम्मेदवार पन्तले गरे मतदान

धनगढी : सुदूरपश्चिम प्रदेश सभाका निवर्तमान सदस्य डिल्लीराज पन्तले मतदान गरेका छन्। कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा गठबन्धनका उम्मेदवार रहेका पन्तले त्रिनगर माध्यामिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका हुन्। प्रदेशको अस्थायी राजधानी समेत रहेको निर्वाचन क्षेत्र नम्बर ५ मा १० जना प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन्। यो क्षेत्रमा पूर्व मन्त्री नारदमुनि राना नेकपा एमालेबाट उम्मेदवार छन् भने पूर्व राज्यमन्त्री पुष्करनाथ ओझा स्वतन्त्र उम्मेदवार छन्।यस्तै, निवर्तमान प्रदेश सभा सद

सम्बन्धित सामग्री

कैलाली ५ : नारदमुनी रानाले गरे मतदान

धनगढी ।  नेकपा एमालेका नेता तथा कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा उम्मेदवार नारदमुनी रानाले मतदान गरेका छन्। उनले धनगढी उपमहानगरपालिकास्थित वडा नम्बर ८ को धनगढी मावि मतदानस्थलको मतदान केन्द्रबाट पहिलो मत खसालेका हुन्। रानासँग सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिल्लीराज पन्त र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा लगायतका उम्मेदवार प्रतिस्पर्धामा छन्।

मेरो प्रतिस्पर्धी कांग्रेस होइन, एमाले होः पुष्करनाथ ओझा

काठमाडौं, २४ कात्तिक । कैलाली ५ का स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले आफ्नो प्रतिस्पर्धी नेकपा एमालेको उम्मेदवार मात्र भएको बताएका छन् । ‘प्राविधिक रुपमा म स्वतन्त्र र दलविहीन उम्मेदवार हुँ । तर मतदाताको तहमा बुझ्दा सर्वदलीय उम्मेदवार हुँ । मलाई यहाँका सबै दलका कार्यकर्ताले मतदान गर्छन् । जनताले दलले निष्कासित गरेर के भो र, हामी छौं […]