एमालेले सत्ता बर्हिगमनको पीडा संसद् अवरुद्ध गरेर पोख्योः मन्त्री खनाल

 बागमती प्रदेश सरकारका प्रवक्ता एवम् प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले एमालेले संसद् अवरुद्ध गरेर सत्ता बहिर्गमनको पीडा पोखेको बताएका छन् । उनले बिहीबार रातोपाटीसँग कुराकानी गर्दै एमालेले सत्ता गुमेको पीडा पोख्नका लागि अनेक मुद्दाहरु उठाएर संसद् अवरुद्ध पारिरहेको बताए ।विगतमा सत्तामा रहेका बखत हालीमुहाली गरीरहेको एमाले एकाएक सत्ता बाहिर बस्नु पर्दाको पीडाले संसद् अवरुद्ध गर्दै आएको मन्त्री खनालले बताए । ‘एमालेले संसद् अवरुद्ध गरेर सत्ता बर्हिगमनको पिडा

सम्बन्धित सामग्री

प्रचण्ड र ओलीबीच भेट, संसद्‍को चालु अधिवेशनबारे छलफल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ । सिंहदरबारमा भएको भेटका क्रममा संसदको अवरोध, प्रदेशको सत्ता समीकरणलगायतका विषयमा छलफल भएको बताइएको छ । छलफलपछि एमाले अध्यक्ष ओलीले कांग्रेसले लगातार संसद् अवरुद्ध गरेकाले अधिवेशनक...

स्मार्ट टेलिकम घोटालामा संसद् किन मौन ?

त्रिभुवन विमानस्थलबाट एक अर्ब रुपियाँको सुन बरामद भएको विषयलाई लिएर यति बेला संसद् अवरुद्ध छ । विपक्षीहरूले चर्को स्वरमा सरकारको विरोध गरिरहेका छन् । तर, स्मार्ट टेलिकममा राज्यको करिब २९ अर्ब रुपियाँ डुब्दा भने संसद् मौन रहेको छ । सत्ता पक्ष तथा विपक्षी दलका सांसद कोही पनि चुइँक्क बोल्दैनन् । करिब नौ महिनादेखि सञ्चारमाध्यमले स्मार्ट […]

जलहरी प्रकरणको अनुसन्धान अख्तियारले गर्नुपर्छ

करिब २७ महिना अगाडि पशुपतिनाथ मन्दिरमा भएको भनिएको घोटाला प्रकरणले अहिले चर्चा पाएको छ। सत्ता पक्षका दलका सांसदले यो विषय उठान गरेका हुन्। यो विषय उठान भइसकेपछि प्रतिपक्षले संसद् अवरुद्ध गरेको थियो। सत्ता पक्षले यो अभिव्यक्ति फिर्ता लिएर संसद्को रेकर्डबाट हटाइसकेपछि सहमति भएको छ। ठूलठूला भ्रष्टाचार प्रकरण सार्वजनिक भएपछि भ्रष्टाचारको विषयमा संसदलाई बोल्नै नदिने सहमति […]

‘सीसी क्यामेराको तार नै काटिएको रहेछ’

करिब २७ महिना अगाडि पशुपतिनाथ मन्दिरमा भएको भनिएको घोटाला प्रकरणका सम्बन्धमा यतिखेर प्रतिनिधि सभामा नाटक मञ्चन भएको छ। सत्ता पक्षका सांसदले यो विषय उठान गरेका छन्। यही नाममा प्रतिपक्षले संसद् अवरुद्ध गरे। सत्ता पक्षले यो अभिव्यक्ति फिर्ता लिएर संसद्को रेकर्डबाट हटाइसकेपछि संसद् अगाडि बढ्यो। के आखिर विश्वभरका हिन्दुहरूको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा यो हदसम्मको घोटाला […]

कर्णालीमा सत्ता साझेदार दलबाटै संसद् अवरुद्ध

कर्णाली प्रदेशमा सत्ता गठबन्धनको प्रमुख दल माओवादी केन्द्रले नै संसद् अवरुद्ध गरेको छ । प्रदेशसभाको मंगलबार बसेको बैठक सत्तापक्षकै प्रदेश सभा सदस्यहरुले बहिस्कार गरेका हुन् ।सरकार एकलौटी ढंगले अघि बढेको भन्दै नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्यहरुले बिरोध गरेका छन् । पूर्व आर्थिक मामिला मन्त्री समेत रहेका माओवादी केन्द्रका प्रदेशसभा सदस्य गोपाल शर्माले बैठक सुरु […]

एमसीसीबारे पुस १७ पछि निर्णय हुने, एमालेले संसद् अवरुद्ध पारिरहे अझै पर धकेलिने

राष्ट्रिय बहसको विषय बनेको अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे पुस १७ गते सकारात्मक समाधान आउने सत्ता गठबन्धनका नेता प्रचण्डले बताएका छन् । तर, एमालेले संसद अवरुद्ध पारिरहे एमसीसी प्रकरण अझै केही समय पछि धकेलिने उनले बताएका छन् । सत्तारुढ गठबन्धनका नेता एवं माओवादीका अध्यक्ष प्रचण्डले तीन सदस्यीय कार्यदलको बैठक पुस १७ गते बस्ने र त्यसले सकारात्मक समाधान निकाल्ने आशा व्यक्त गरेका हुन् ।राजधानीमा शनिबार पत्रकारसँगको अन्तरक्रियामा प्रचण्डले भने, ‘फेरि एकचोटि सबै डकुम

एमालेले होइन सत्तापक्षले संसद् अवरुद्ध गरिरहेको छ : शेरबहादुर तामाङ

काठमाडौं । नेकपा (एमाले)का सांसद शेरबहादुर तामाङले सत्ता पक्षले संसद अवरोध गरिरहेको आरोप लगाएका छन् । मंगलबारको संसद् बैठकपछि सञ्चार्मीसँगको कुराकानीमा सांसद तामाङले एमालेले संसद् चलाउनका लागि सत्ता पक्ष र प्रतिपक्ष विचको वार्ता चाहेको भएपनि सत्ता पक्ष वार्ता नगरी पेलेर जाने मुडमा रहेको बताए । एमाले अझैपनि वार्ता र छलफलको पक्षमा रहेकाले राष्ट्रिय मुद्दाहरूमा छलफलबाट निष्कर्ष...

प्रधानमन्त्री देउवाले बोलाए सत्ता गठबन्धनको बैठक

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा रहेका दलहहरुको बैठक बोलाएका छन् । ४ बजेको संसद् बैठक बस्नुअघि प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनको बैठक सिंहदरबारमा बोलाएका हुन् । प्रमुख प्रतिपक्ष एमालले संसद् अवरुद्ध गर्ने निर्णय गरेको छ । आजै संसद् भवनमा बसेको एमाले संसदीय दलको बैठकले यथास्थितीमा सदन चल्न नदिने निर्णय गरेको थियो ।

संसदीय मर्यादाको बहस

नेपालको समसामयिक राजनीति गत हप्ता निकै गर्मागर्मी अवस्थामा रह्यो। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षले संसद् अवरुद्ध गर्दै राजीनामासमेत माग्यो। संसद् अवरुद्ध गरेर प्रधानमन्त्रीको राजीनामा माग गरेको प्रतिपक्षले संसदीय मर्यादा र प्रतिपक्षको भूमिकामा भने चुक्यो। राष्ट्रिय राजनीति र सत्ता साझेदारीको जोडघटाउमा तलमाथि भएपछि संसद् अवरुद्ध गरेर आफ्ना मागको सम्बोधन गर्ने तरिका नेकपा एमालेको नौलो होइन। यहाँ बहस यो बिन्दुमा केन्द्रित छ कि जननिर्वाचित सर्वोच्च अङ्ग संसद् अवरुद्ध गरेर संसदीय मर्यादाको वकालत गर्ने नैतिकता चाहिँ प्रतिपक्षलाई कहाँबाट प्राप्त हुन्छ। सङ्घीय संसद्को बैठक च