स्पेनिस ला लिगाको शीर्षटोली रियल म्याड्रिडलाई स्पान्योलको नमिठो झट्का लागेको छ । आइतबार राति भएको खेलमा रियल स्पान्योलसँग २–१ गोलले पराजित भयो । जारी लिगमा रियलको यो पहिलो हार हो ।
रियललाई हार चखाउन स्पान्योलका राउल डे टोमस र एलेक्स भिडालले गोल गरे । रियलका करिम बेन्जेमाले सान्त्वना गोल फर्काएका थिए । प्रतिस्पर्धात्मक खेलमा स्पान्योलले १७औं मिनेटमा खाता खोलेको थियो । टोमसले एड्रियन एम्बार्बाको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाए । त्यसपछि ६०औं मिनेटमा भिडालले गोल गर्दै स्पान्योलको अग्रता दोब्बर बनाए । भिडालले क...