करिडोर र राजमार्ग जोडिएसँगै जोखिमपूर्ण यात्राको अन्त्य

कर्णाली नदी तीरको जितेगडा बजार ।  बजारलाई जोडेका थिए झोलुंगेपुल र फेरीले ।  पक्की पुल नहुँदा झोलुंगे पुलबाट आवातजावातसँगै खाद्यान्न लगायत सामाग्री ओसारपसार हुन्थ्यो ।  फेरीको सहयोगमा जोखिमपूर्ण तवरले सवारीसाधन, अन्य गह्रौँ सरसामान तारिन्थ्यो । अब त्यो बाध्यता अन्त्य भएको छ ।  कर्णाली करिडोरमा पर्ने उक्त स्थानमा पक्की पुल बनेपछि स्थानीयले खेप्दै आएको सास्ती हटेको हो । अन्नपूर्ण पोस्ट दैनिकमा हिक्मतबहादुर नेपालीले खबर लेखेका छन्   

सम्बन्धित सामग्री

कर्णाली करिडोर वैशाखदेखि सञ्चालन

उत्तरको छिमेकी चीन जोड्ने कर्णाली करिडोर वैशाखदेखि सञ्चालनमा आउने भएको छ।

तीन दिनपछि कर्णाली करिडोर खुल्यो

मान्म : तीन दिनदेखि बन्द रहेको कालीकोट खण्डको कर्णाली करिडोर खुलेको छ। वर्षाका कारणले बन्द भएको कर्णाली करिडोर खुलेको हो।ठाउँ–ठाउँमा आएको पहिरोका कारणले कर्णाली करिडोर बन्द भएको तीन दिनपछि आज खुलेको जिल्ला ट्राफिक कार्यालय कालीकोटले जनाएको छ। तीन दिनदेखिको वर्षाले कर्णाली करिडोरको कालीकोट नरहरिनाथ गाउँपालिका–८ को खुलालु, जारकोट खण्डमा दुई ठाउँमा आएको पहिरोले करिडोर बन्द भएको स्थानीय रामबहादुर बुढाले बताए।‘करिडोरको लालीघाट खण्ड पनि निकै जोखिममा छ’, उनले भने, ‘सान्नीत

कर्णाली करिडोर कालोपत्र हुने

काठमाडौँ,१२ फागुन । कर्णाली करिडोर कालोपत्र हुने भएको छ । कर्णाली करिडोरको कालीकोटको खुलालुदेखि हुम्लाको सलीसल्लासम्मको सडक कालोपत्र हुने भएको हो । कर्णाली करिडोरमा आगामी आर्थिक वर्षमा कालोपत्रको काम हुने भएको छ । कर्णाली करिडोर सडक निर्माणको काम सम्पन्न भइसकेको र स्तरोन्नति काम पूरा भएपछि सडक विभागले कालोपत्र गर्ने कामलाई अगाडि बढाएको हिल्सा सिमकोट सडक […]

कर्णाली करिडोर खुल्यो

करिडोर खण्ड अन्तगत पचालझरना गाउपालिकाको लाफामा शनिबारदेखि खसेको पहिरोको कारण अबरुद्ध सडक सचालनमा आएको हो।...

अवरुद्ध कर्णाली करिडोर अझै खुलेन

करिडोर अन्तर्गत सान्नी त्रिवेणी गाउँपालिका-१ को लुसामा निरन्तर पहिरो खस्दा करिडोर अझैँ खुल्न नसकेको हो।...

अवरुद्ध कर्णाली करिडोर अझै खुलेन

काठमाडौँ,१३ कार्तिक । गत असोज १९ गतेको पहिरोका कारण अवरुद्ध कर्णाली करिडोर अझैँ खुल्न सकेको छैन । करिडोर अन्तर्गत सान्नी त्रिवेणी गाउँपालिका(१ को लुसामा निरन्तर पहिरो खस्दा करिडोर अझैँ खुल्न नसकेको हो । उक्त क्षेत्रमा अहिले पनि सुख्खा पहिरो खरिरहेको छ । करिडोर सञ्चालन नहुँदा कालिकोट, बाजुरा, मुगु र हुम्ला दैनिक उपभोग्य सामान ढुवानीमा समस्या […]

अवरुद्ध कर्णाली करिडोर अझै खुलेन

सुर्खेत – गत असोज १९ गतेको पहिरोका कारण अवरुद्ध कर्णाली करिडोर अझैँ खुल्न सकेको छैन। करिडोर अन्तर्गत सान्नी त्रिवेणी गाउँपालिका-१ को लुसामा निरन्तर पहिरो खस्दा करिडोर अझैँ खुल्न नसकेको हो। उक्त क्षेत्रमा अहिले पनि सुख्खा पहिरो खरिरहेको छ। करिडोर सञ्चालन नहुँदा कालिकोट, बाजुरा, मुगु र हुम्ला दैनिक उपभोग्य सामान ढुवानीमा समस्या आएको छ। “निरन्तरको पहिरोका […]

कर्णाली करिडोर खुलाउन सुरु

कर्णाली करिडोर बन्द भएको आठ दिनपछि पचालझरना गाउँपालिकाले सडक सञ्चालनको प्रयास सुरु गरेको छ।

कालीगण्डकी करिडोर दैनिक ६ घण्टा बन्द हुने

काठमाडौं । कालीगण्डकी करिडोर दैनिक ६ घण्टा बन्द हुने भएको छ । करिडोर अन्तर्गत बेनी–जोमसोम खण्डमा पर्ने मुस्ताङको थासाङ गाउँपालिकामा सडक चक्लाबन्दी गर्न लागिएका कारण बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आगामी फागुन १ गतेदेखि फागुन १५ गतेसम्म सडक दैनिक ६ घण्टा बन्द गरिने छ […]

१८ दिनपछि खुल्यो कालीगण्डकी करिडोर

काठमाडौं। पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर १८ दिनपछि आजबाट पुनः सञ्चालनमा आएको छ। आइतबार कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले बाढी–पहिरोका कारण क्षति पुगेको करिडोर मर्मत गरेपछि सडक खुलेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बागलुङ नगरपालिका–१० एक्लेशालमा खसेको पहिरोले त्यहाँ रहेका चार सडकमा क्षति पुर्‍याएको थियो। करिडोर सञ्चालनमा आएपछि जिल्लाको दक्षिण क्षेत्रमा सवारी आवागमन सहज भएको छ।