एजेन्सी। भारतीय अभिनेता सलमान खान अहिले छायांकन हुन गइरहेको नयाँ चलचित्र 'टाइगर ३' मा व्यस्त भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन्। मनिष शर्माको निर्देशन र आदित्य चोपडाको निर्माणमा बन्ने उक्त चलचित्रमा सलमान खान, कट्रिना कैफ र इमरान हाश्मीको मुख्य भुमिका छ।चलचित्रमा इमरान पाकिस्तानी आइएसआई एजेन्ट र सलमान भारतीय गुप्तचार संस्था 'रअ' एजेन्टको भुमिकामा देखिने भारतीय संञ्चार माध्यमले जनाएका छन्।