घरबहाल कर र सेवा

काठमाडौं महानगरपालिकाले घरबहाल करलाई व्यवस्थित बनाउन घरबहाल व्यवस्था निर्देशिका, २०७९ लाई कार्यान्वयनमा ल्याएको छ । निर्देशिका कार्यान्वयनमा आएसँगै महानगरको आय बढ्न थालेको छ । घरबहालमा दिनेले अनिवार्य रूपमा वडा कार्यालयमा कर बुझाउनुपर्छ । सभ्य समाज र मुलुकमा कर तिर्नु हरेक नागरिकको दायित्वभित्र पर्छ । नागरिकले तिरेको करबाट नै राज्य सञ्चालन हुने भएकाले संसारभरि नै नागरिकले आफू बसेको मुलुकमा कर तिर्दा गर्व महसूस गर्ने गर्छन् । आयातमुखी करमा निर्भर नेपालको अर्थतन्त्र यतिखेर सन्तोषजनक छैन । राजस्व संकलनमा कमी आइरहेका बेला महानगरले कर वृद्धिका लागि अघि सारेको योजना ठीकै हो । कर तिरेपछि नागरिकको महानगरप्रति थप अपनत्व बढ्छ । तर, घरबहाल कर लिएपछि महानगरले कस्ता सेवा प्रदान गर्छ भन्ने कुरा करको दायरा विस्तारसँगै उठेको प्रश्न हो ।  कर मात्रै लिने तर प्रदान गर्ने सेवा कमसल हुने हो वा पहिले नै प्रदान गरिरहेका सेवा र गुणस्तर कायम हुने हो भने यसले जनतालाई निराश बनाउन सक्छ । महानगर जनताले खोजेको सेवासुविधा प्रदान गर्न सक्षम र सफल हुनुपर्छ । दक्षिण एशियाका अन्य देशको तुलनामा नेपालीले सरकारलाई बुझाउने कर बढी नै छ । त्यसैले अहिले कर वृद्धि गर्ने अवस्था छैन । तर, करको दायरा विस्तार गर्ने क्षेत्र भने थुप्रै हुन सक्छन् । महानगरपालिकाले घरबहाल कर लिने निर्देशिका कार्यान्वयन गर्नुले पनि करको दायरा विस्तार गर्न खोजेको रूपमा बुझ्न सकिन्छ । तीनओटै तहका सरकारले कर वृद्धिका थुप्रै क्षेत्रको पहिचान गर्न सक्छन् । तर, मुख्य कुरा आमनागरिकसँग कर असुल गरिसकेपछि सरकारले कस्ता सेवा प्रदान गर्छ भन्ने महत्त्वपूर्ण कुरा हो । अहिले थुप्रै स्थानीय तह तथा प्रदेश सरकारले बजेट जथाभावी खर्च गरिरहेको उदाहरण भेटिन्छन् । पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्षले मनलाग्दी तवरले सवारीसाधन खरीद गर्ने र त्यस्ता सवारीसाधन पालिकाको कामकाजमा भन्दा व्यक्तिगत लाभ र नातागोताका लागि प्रयोग गर्ने गरेको गुनासो पनि उत्तिकै छ । जनतासँग कर उठाइसकेपछि त्यो रकम जनताकै हितमा प्रयोग गर्न सकियो भने मात्र कर लिनुको औचित्य सिद्ध हुन्छ ।

सम्बन्धित सामग्री

‘घरबहाल कर घरधनीबाट लिनुपर्छ’

सामान्यतया घरबहाल कर घरधनीले तिर्नुपर्ने व्यवस्था छ। तर भरतपुरका घरधनीले भने घर भाडामा बस्नेलाई घरबहाल कर तिराउने गरेका छन्।...

घरबहाल कर: ‘भाडामा बस्नेले होइन, घरधनीले तिर्नुपर्छ’

सामान्यतया घरबहाल कर घरधनीले तिर्नुपर्ने व्यवस्था छ। तर भरतपुरका घरधनीले भने घर भाडामा बस्नेलाई घरबाहाल कर तिराउने गरेका छन्।...

घरबहाल कर: ‘भाडामा बस्नेले होइन, घरधनीले तिर्नुपर्छ’

सामान्यतया घरबहाल कर घरधनीले तिर्नुपर्ने व्यवस्था छ। तर भरतपुरका घरधनीले भने घर भाडामा बस्नेलाई घरबाहाल कर तिराउने गरेका छन्।...

संस्थागत घरबहाल कर महानगरलाई उपलब्ध गराउन मेयर शाहले गरे पत्राचार

काठमाडौँ – आफ्नो क्षेत्राधिकारभित्र पर्ने संस्थागत घरबहाल कर सङ्घीय सरकारअन्तर्गतको आन्तरिक राजस्व विभागले उठाइरहेकाले आफूलाई उपलब्ध गराउन मागसहित काठमाडौँ महानगरपालिकाले पत्राचार गरेको छ। महानगरका प्रमुख बालेन्द्र शाहले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई पत्र लेख्दै संविधान र कानुनले बहाल करलाई स्थानीय सरकारको अधिकारमा राखेकामा व्यक्तिगत घरबहाल कर महानगरले उठाइरहेको तर संस्थागत घरबहाल कर विभागले उठाइरहेको […]

घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउँदै आएका छौँ : वीर अस्पताल

वीर अस्पतालले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउने गरेको जनाएको छ। काठमाडौं महानगरपालिकाले वीर अस्पतालले पनि घरबहाल कर नबुझाएको भन्ने सूचना सार्वजनिक गरेकोप्रति आपत्ति जनाउँदै राजस्व कार्यालयमा गएर विवरण हेर्न...

घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउँदै आएका छौँ : वीर अस्पताल

काठमाण्डाै - वीर अस्पतालले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउने गरेको दाबी गरेकाे छ । काठमाण्डौ महानगरपालिकाले वीर अस्पतालले पनि घरबहाल कर नबुझाएको भन्ने सूचना सार्वजनिक गरेकोप्रति आपत्ति जनाउँदै राजस्व कार्यालयमा गएर विवरण हेर्न सकिने जनाएको हो । महानगरले यस्तो तथ्य सार्वजनिक गर्नुअघि पत्र लेखेको भए यस विषयमा जानकारी गराइने उल्लेख गर्नु हुँदै वीर अस्पतालका सूचना अधिकारी सागर मिश्रले संवेदनशील संस्थाका विषयमा गलत तथ्य बाहिर ल्याएको बताउनुभयो । 'पालिका सञ्चालन ऐन आउनुअघिदेखि वीर अस्पतालले राजस्व...

घरबहाल कर नबुझाएको भन्ने काठमाडौँ महानगरको सूचनाप्रति वीर अस्पतालको आपत्ति

काठमाडौँ । वीर अस्पतालले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउने गरेको जनाएको छ । काठमाडौँ महानगरपालिकाले वीर अस्पतालले पनि घरबहाल कर नबुझाएको भन्ने सूचना सार्वजनिक गरेकोप्रति आपत्ति जनाउँदै राजस्व कार्यालयमा गएर विवरण हेर्न सकिने जनाएको हो । महानगरले यस्तो तथ्य सार्वजनिक गर्नुअघि पत्र लेखेको भए यस विषयमा जानकारी गराइने उल्लेख गर्नु हुँदै वीर अस्पतालका सूचना […]

घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउँदै आएका छौँ : वीर अस्पताल

वीर अस्पतालले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउने गरेको जनाएको छ ।काठमाडौँ महानगरपालिकाले वीर अस्पतालले पनि घरबहाल कर नबुझाएको भन्ने सूचना सार्वजनिक गरेकोप्रति आपत्ति जनाउँदै राजस्व कार्यालयमा गएर विवरण हेर्न सकिने जनाएको हो । महानगरले यस्तो तथ्य सार्वजनिक गर्नुअघि पत्र लेखेको भए यस विषयमा जानकारी गराइने उल्लेख गर्नु हुँदै वीर अस्पतालका सूचना अधिकारी सागर मिश्रले […]

घरबहाल कर नबुझाएको भन्ने काठमाडौं महानगरको सूचनाप्रति वीर अस्पतालको आपत्ति

वीर अस्पतालले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउने गरेको जनाएको छ । काठमाडौँ महानगरपालिकाले वीर अस्पतालले पनि घरबहाल कर नबुझाएको भन्ने सूचना सार्वजनिक गरेकोप्रति आपत्ति जनाउँदै राजस्व कार्यालयमा गएर विवरण हेर्न सकिने जनाएको हो । महानगरले यस्तो तथ्य सार्वजनिक गर्नुअघि पत्र लेखेको भए यस विषयमा जानकारी गराइने उल्लेख गर्नु हुँदै वीर अस्पतालका सूचना अधिकारी सागर मिश्रले संवेदनशील संस्थाका विषयमा गलत तथ्य बाहिर ल्याएको बताए ।“स्थानीय तह सञ्चालन ऐन आउनु अघिदेखि वीर अस्पतालले राजस्व कार्याल

घरबहाल कर उठाउँदै हुम्लाका गाउँपालिका

हुम्लाका गाउँपालिकाले घरबहाल कर उठाउन थालेका छन् । हुम्लाका सातवटा गाउँपालिकामध्ये सिमकोट गाउँपालिकाले घरबहाल कर उठाउन थालिसकेको छ भने खार्पुनाथ गाउँपालिकाले चालू आर्थिक वर्षभित्रै सुरु गर्ने भएको छ । अन्य पाँचवटा गाउँपालिका नाम्खा, सर्केगाड, चङ्खेली, अदानचुली र ताँजाकोटले चाँडै सुरु गर्ने जनाएका छन् । ती गाउँपालिका घरबहालमा बस्ने निकाय निकै कम भएकाले घरबहाल कर सङ्कलनमा त्यति चासो नदेखिएको हो । संविधान तथा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी यी गाउँपालिकाले आर्थिक ऐन बनाएर गाउँ सभाबाट ...