थप राहतको व्यवस्था हुन्छ : प्रधानमन्त्री देउबा

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरो पीडितका लागि थप राहातको व्यवस्था गर्ने बताएका छन् ।इलाम र पाँचथरको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि पाँचथरको फाल्गुनन्द गाउँपालिकाको जलसिङ माविमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले चाँडै मन्त्रिपरिषदको बैठक राखेर राहात सम्बन्धि थप निर्णय लिने बताएका हुन् ।प्रधानमन्त्री देउवाले सरकारले यसअघि नै मृतकको परिवारलाई दुई लाख रुपैयाँ राहात उपलब्ध गराउने निर्णय […]

सम्बन्धित सामग्री

पीडितलाई न्यायसँगै राहतको व्यवस्था गर्नुपर्छ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विरुद्धमा द्वन्द्वकालका घटनाका सम्बन्धमा सर्वोच्च अदालतमा परेको रिटमा अदालतले प्रारम्भिक सुनुवाइ गरेको छ। निवेदकको माग बमोजिम अन्तरिम आदेश भने अदालतले दिएको छैन। १५ दिनभित्र जवाफ पेश गर्न आदेश दिएको। यो मुद्दाको टुंगो कसरी लाग्छ ? संक्रमणकालीन न्यायलाई कसरी टुङ्ग्याउनु पर्छ ? यी र यस्तै विषयमा आधारित […]

बाढी पीडित किसानलाई क्षतिपुर्ति र राहतको व्यवस्था गर्न सुमार्गीको माग

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रले बेमौसमी वर्षाले किसानले लगाएको अन्न बालीमा पुर्याएको क्षतिको क्षतिपुर्ति दिन माग गरेको छ ।३ दिन परेको अविरल वर्षाले देशका विभिन्न स्थानमा मानवीयसँगै कृषि बाली नष्ट बनाएको भन्दै केन्द्रले पीडित किसानलाई तत्काल राहतको व्यवस्थन गर्न सरकारसँग माग गरेको हो ।केन्द्रका सभापति अरुणराज सुमार्गीले पाकेको बाली भित्र्याउने समयमा परेको अविरल बर्षाले किसानलाई अत्यन्त प्रभाव पारेको भन्दै तत्काल राहत र क्षतिपुर्तिको व्यवस्था गर्न माग गरेका छन् । ‘वर्षाले धनजनको ठुलो क्षति गरेको छ, मानवीय क्षति हुनु अत्यन्त दुःखद हो’ सुमार्गीले भने, ‘तर, त्यही वर्षाले किसानले लगाएको अन्न बाली सखाप भएको नदेख्ने हो भने गल्ती हुन्छ, बीमाको जागरण गाउँ गाउँमा पुग्न नसक्दा ९८ प्रतिशत किसानहरुले आफ्ना बालीको बीमा गराएका हुँदैनन्, विशेषगरी किसानहरूले पाकेको धान भित्र्याउन पाएनन्, यसको क्षतिपुर्ति र राहत तत्काल उपलब्ध गराउन म कृषि उद्यम केन्द्रको सभापतिको हैसियतमा सरकार (प्रधानमन्त्री शेरबहादुर देउवा) सँग माग गर्दछु ।’उनले प्रधानमन्त्री आफैँ क्षतिको स्थलगत निरीक्षणमा निस्किनु राम्रो काम भएको भन्दै किसानका दुःख हेरेर फर्किने मात्रै नभई यथाशीघ्र राहतको घोषणा गर्दै उनीहरुलाई पुनः स्थापित गराउन माग पनि गरे ।

बाढीपहिरो पीडितलाई तत्काल राहतको व्यवस्था हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले देशभर वर्षापछि आएको बाढीपहिरोका बिहीबार सुदुरपश्चिम प्रदेशमा बाढीपहिरो क्षेत्रको स्थलगत भ्रमणमा आएका प्रधामन्त्री देउवाले सुर्खेत विमानस्थलमा देशभरका बाढीपहिरो पीडितको राहत र उद्धारका लागि तिब्रता दिएको बताएका हुन्...

तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो र डुवान प्रभावितलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँडलाई बालुवाटार बोलाएर यस्तो निर्देशन दिएका हुन्। केही दिनयताको अविरल...

विस्थापितलाई राहतको व्यवस्था मिलाउन सरकारलाई समितिको निर्देशन

संसदीय समितिले बाढीका कारण मेलम्ची खानेपानी आयोजनाबाट विस्थापित भएकालाई तत्काल सुरक्षित बसोबाससहित राहतको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा पुगेको क्षति र त्यसबाट विस्थापितलाई तत्काल सुरक्षित बसोबाससहित राहत उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो । सो आयोजनामा आएको बाढीका […]

मेलम्ची खानेपानी आयोजनाबाट विस्थापितलाई राहतको व्यवस्था गर्न निर्देशन

संसदीय समितिले बाढीका कारण मेलम्ची खानेपानी आयोजनाबाट विस्थापित भएकाहरुलाई तत्काल सुरक्षित बसोवाससहित राहतको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा पुगेको क्षति र त्यसबाट विस्थापितहरुलाई तत्काल सुरक्षित बसोवाससहित राहत उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो । सो आयोजनामा आएको बाढीका कारण विस्थापित भएका नागरिकहरुलाई तत्काल सुरक्षित बसोवाससहितको राहत उपलब्ध गराउन सर