प्रधानमन्त्री देउवाद्वारा बाढीपहिराे प्रभावितलाई थप राहतको व्यवस्था गर्ने प्रतिबद्धता

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो प्रभावित ठाउँको अध्ययन गरेर प्रभावितलाई थप राहतको व्यवस्था गर्ने बताउनुभएको छ । आज बाढी पहिरो प्रभावित क्षेत्रको अनुगमन गर्न सुदूरपश्चिम प्रदेश जाने क्रममा सुर्खेत विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उहाँले बाढी पहिराेबाट प्रभावित भएकाहरुलाई थप राहतको व्यवस्था गर्ने बताउनु भएकाे हाे ।  प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका कारण नेपालले पनि ठूलो क्षति बेहाेर्नु परेको भन्दै जलवायु परिवर्तनको असरले गरेको क्षतिको बारेमा अन्...