भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन

भारतमा एकैदिन १७ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएको छ । पछिल्लो २४ घन्टामा राजस्थानमा नौ र महाराष्ट्रमा अ‍ाठजनामा ओमिक्रोन देखिएको हो । योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २१ जना पुगेको छ । भारतमा दक्षिण कोरियाबाट आएका र उनहरुको सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्रोन देखिएको छ ।  यसअघि कर्नाटकमा दुई जनामा र गुज्रात तथा दिल्लीमा एक एक जनामा ओमिक्रोन देखिएको थियो ।   अहिलेसम्म अमेरिका अस्ट्रेलिया बेलायत नेदरल्यान्डसहित २५ देशमा ओमिक्रोन देखिएको छ ।&n

सम्बन्धित सामग्री

भारतमा एकैदिन २ लाख ६४ हजार कोरोना संक्रमित थपिए

काठमाडौँ। छिमेकी राष्ट्र भारतमा कोरोनाभाइरसको संक्रमणदर तीव्र गतिमा फैलिइरहेको छ। भारतमा पछिल्लो २४ घन्टामा २ लाख ६४ हजार संक्रमित थपिएका छन्। थपिएका संक्रमित अघिल्लो दिनको तुलनामा ६ दशमलव ७ प्रतिशतले बढी हो। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या तीव्र बढेको हो।

भारतमा एकैदिन थपिए १ लाख ८० हजार कोरोना संक्रमित, १४६ जनाको मृत्यु

पुस २६, नयाँदिल्ली (भारत) । भारतमा एकैदिन करीब एक लाख ८० हजार  जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।  भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सोमवार कोभिड-१९ का एक लाख ७९ हजार ७२३ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १४६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । सोमवार थपिएका संक्रमितसँगै हाल भारतमा सक्रिय संक्रमितको संख्या ७ लाख २३ हजार ६१९ पुगेको छ । त्यस्तै, दैनिक संक्रमण दर (पोजिटिभिटी रेट) १३ दशमलव २९ प्रतिशत रहेको भारतीय समाचार माध्यमले जानकारी दिएका छन् । भारतमा कोभिड १९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित समेत बढिरहेका छन् । भारतमा हालसम्म ४ हजार ३३ जनामा यो भेरियन्टको संक्रमण पुष्टि भएको छ । ओमिक्रोनका संक्रमितमध्ये महाराष्ट्रमा सबैभन्दा धेरै छन् । केन्द्रीय मन्त्रालयका अनुसार महाराष्ट्रमा सोमवारसम्म ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १ हजार २१६ पुगेको छ । दोस्रो स्थानमा रहेको राजस्थानमा ओमिक्रोनका संक्रमितको संख्या ५२९ पुगेको छ । त्यस्तै, हालसम्म दिल्लीमा ५१३ र कर्नाटकमा ४४१ जना यो भेरियन्टबाट संक्रमित भएका छन् । एजेन्सी

भारतमा एकैदिन एक लाख ४१ हजार बढीलाई कोरोना, ओमिक्रोन संक्रमित तीन हजार नाघे

भारतमा एकै दिन १ लाख ४१ हजार ३७४ कोरोना भाइरसका संक्रमित थपिएका छन् । भारतमा नौ महिनापछि एक लाख भन्दा बढी कोरोना संक्रमित थपिएका हुन् ।

भारतमा एकैदिन एक लाख ४१ हजार बढीलाई कोरोना, ओमिक्रोन संक्रमित तीन हजार नाघे

भारतमा एकै दिन १ लाख ४१ हजार ३७४ कोरोना भाइरसका संक्रमित थपिएका छन् । भारतमा नौ महिनापछि एक लाख भन्दा बढी कोरोना संक्रमित थपिएका हुन् ।

भारतमा एकैदिन एक लाखभन्दा बढीमा कोरोना संक्रमण, अधिकांशलाई ओमिक्रोन

एजेन्सी । भारतमा शुक्रबार पछिल्लो सात महिना यताकै सबैभन्दा बढी कोरोना संक्रमित भएका छन् । शुक्रबार एकै दिन १ लाख १७ हजार जनामा संक्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एक सातामा संक्रमितको संख्या पाँच गुणा बढेको पनि अधिकारीहरुले बताएका छन् । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ सय २ जनाको मृत्यु भएको […]

भारतमा एकैदिन १ लाख १७ हजार कोभिड संक्रमित, मुम्बईमा लकडाउनको तयारी

भारतमा कोभिड संक्रमितको संख्या तीव्र बढेको छ । पछिल्लो २४ घन्टामा एक लाख १७ हजार १०० जनामा संक्रमण देखिएको छ । यो अवधिमा ३०४ जनाको कोभिडका कारण  मृत्यु भएको छ । भारतमा एक साताअघि दैनिक संक्रमण १० हजार थियो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या बढेको छ । भारतमा २६ राज्यमा ओमिक्रोन भेरियन्ट देखिएको छ । सात महिनापछि पहिलो पटक संक्रमितको संख्या एक लाख नाघेको हो । सन् २०२१ को ६ जुनमा भारतमा १ लाखभन्दा बढी नयाँ संक्रमित देखिएका थिए । कोभिडबाट महाराष्ट्र सबैभन्दा

भारतमा एकैदिन ३३ हजारभन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी, १९ पुस। भारतमा कोरोना संक्रमण दिनप्रतिदिन तीव्ररुपमा फैलिरहेको छ। कोरोनासँगै ओमिक्रोन भेरियन्टको संक्रमण पनि तीव्र गतिमा फैलिरहेको छ। पछिल्लो २४ घण्टामा देशमा ३३ हजार ७५० नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमणदर यो १.६८ प्रतिशत हो। यसअघि आइताबर २७ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो।भारतमा ओमिक्रोन संक्रमितको संख्या १७ सय पुगेको छ। महाराष्ट्र, […]

भारतमा एकैदिन ओमिक्रोनका १७ संक्रमित फेला

काठमाडौं । भारतमा थप १७ जनामा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । आइतबार एकैदिन उक्त भेरियन्टका १७ संक्रमित थपिएका हुन् । राजस्थानमा नौ, महाराष्ट्रमा सात र नयाँ दिल्लीमा ओमिक्रोनका एक संक्रमित फेला परेका हुन् । योसँगै भारतमा हालसम्म २१ जनामा ओमिक्रोन  पुष्टि भएको बीबीसी हिन्दीले जनाएको छ...

भारतमा एकैदिन ४ बाट २१ पुगे संक्रमितको संख्या, संसारभरीको स्थिति चिन्ताजनक

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्यामा आइतबार भारी मात्रामा वृद्धि देखिएको छ ।समाचार एजेनसी एएनआईका अनुसार आइतबार महाराष्ट्रमा ७, राजस्गानमा ९ र दिल्लीमा एक जना व्यक्ति ओमिक्रोन भेरियन्टद्वारा संक्रमित भएको पुष्टि भएको छ ।यसका साथै भारतमा ओमिक्रोन संक्रमितको कूल संख्या २१ भएको छ ।विश्व स्वास्थ्य संगठनले लगातार यो भेरियन्टलाई चिन्ताको विषय बताएको छ । पछिल्लो शुक्रबार विश्व स्वास्थ्य संगठनले संक्रमणको संख्याको हिसाबले यो भेरियन्टले डेल्टा भेरियन्टलाई पछि छोड्न

भारतमा एकैदिन १७ जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि

काठमाण्डाै  - भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण फैलिन थालेको छ । हिजो मात्रै १७ जनालाई ओमिक्रोनको सङ्क्रमण भएको पाइएको छ । योसहित भारतमा अहिलेसम्म २१ जनामा ओमिक्रोन भेरियन्ट भेटिएको छ । दक्षिण अफ्रिकाबाट फर्किएका व्यक्ति र उनीहरुको सम्पर्कमा आएकाहरुमा ओमिक्रोन भेरियन्ट देखिएको हो । भारतका राजस्थान, जयपुर, महाराष्ट्रमा र राजधानी दिल्लीमा यो सङ्क्रमण पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  यस्तै, बेलायत, अमेरिका र अस्ट्रेलियामा पनि ओमिक्रोनको सङ्क्रमण बढ्दै गएको बीबीसीले जनाएको छ ।