‘बार्गेन पर्चेज गेन’ करले ल्याएको तरंग

मर्जर तथा प्राप्ति गरेका तथा फर्दर पब्लिक अफरिङ (एफपीओ) विक्री गरेका कम्पनीबाट कर उठाउन सरकारले ताकेता गरेपछि र सर्वोच्च अदालतले यससम्बन्धी सरकारको निर्णयको पक्षमा फैसला दिएपछि धेरै बैंकले त्यसबापतको कर जम्मा गरेका छन् । बैंकहरूले कर तिरेपछि बैंकहरूको शेयरको मूल्यमा पहिरो जाने विश्लेषण कतिपयले गरे पनि आइतवार नेप्से परिसूचक बढ्यो, कारोबार रकम ५ अर्ब नाघ्यो र बैंकहरूको सूचक ८ दशमलव ११ अंकले मात्र घट्यो । यसले शेयरबजारमा परिपक्वता आएको संकेत गरेको छ । तर, सरकारमाथि यो कर प्रकरणले ठूलो प्रश्न उठाएको छ, यति ठूलो करसम्बन्धी विवाद किन उठ्यो ? यति धेरै रकम कर तिर्ने भइसक्दा समेत आन्तरिक राजस्व विभागलगायत सरकारी कार्यालय के हेरेर बसेका रहेछन् ?  आर्थिक ऐन २०८० को दफा २६ मा सरकारले फर्दर पब्लिक अफरिङ (एफपीओ) जारी गरी प्राप्त रकमबाट लाभांशबापत वितरित बोनस शेयरको रकम आयमा समावेश नगरेका निकायबाट कर असुली गर्ने र यस्तो कर मङ्सिर मसान्तसम्ममा तिरेमा थप शुल्क र ब्याज मिनाहा गर्ने’ उल्लेख गरेको थियो । त्यस्तै आर्थिक ऐनको दफा २७ मा संस्थाहरू एकापसमा गाभिँदा वा प्राप्ति (मर्जर वा एक्वीजिशन) हुँदा सौदाबाजी गर्दा प्राप्त हुने लाभ (बार्गेन पर्चेज गेन) बापतको आयलाई कर प्रयोजनका लागि आयमा समावेश गरी कर दाखिल गर्न लगाउने व्यवस्था सरकारले राखेको थियो । यसरी निर्धारण भएको कर पनि मङ्सिर मसान्तभित्र दाखिल गरेमा त्यसमा लाग्ने शुल्क तथा ब्याज मिनाहा गर्ने निर्णय सरकारले गरेको थियो । तर, यस्तो करको रकम उठाउन महालेखाले ३ वर्षदेखि ताकेता गरिरहेको थियो । एफपीओ वा मर्जरमा बार्गेन पर्चेज गेनबाट प्राप्त लाभ पूँजीका रूपमा कम्पनीले राखे कर नलाग्ने तर त्यो रकम लाभांशका रूपमा वितरण गर्दा कर लाग्ने महालेखाको ठहर देखिन्छ । मर्जर वा प्राप्तिमा गएका कम्पनीलाई यस्तो लाभांशमा सरकारले छूट दिएको थियो । तर, अहिले धेरै कम्पनीले यसबापतको कर तिरिसकेका छन् । बैंकहरूले सम्भाव्य खर्च भनी कोष छुट्ट्याएकाले उनीहरूले सर्वोच्चको निर्णय आउनासाथ कर दाखिला गरे । तर, अन्य कम्पनीका मामिलामा यस्तो निर्णय भएको भए तिनले यो भार थेग्न सक्ने थिएनन् । कम्पनीहरू बन्द नै हुन्थे । यस्तो करमा सरकारले किन त्रुटि गर्‍यो ? भन्ने प्रश्न अहिले उठेको छ ।  अझ अचम्मको कुरा के छ भने, जति बेला यो कर उठाउनुपर्ने थियो, त्यति बेला करको हाकीम हुँदा कर नउठाउने र सोही व्यक्ति महालेखापरीक्षक भएपछि कर उठाउनुपर्ने भनी प्रतिवेदन लेख्ने काम भएको छ । कर प्रशासनको हाकिमलाई करसम्बन्धी कानून कण्ठै हुनुपर्छ । त्यसैले करमा हाकीम भएका बेला उनले यो विषयलाई किन उठाएनन् ? महालेखा परीक्षक भएपछि मात्रै कर नउठेको किन देखे ? यो गम्भीर प्रश्न पनि अहिले उठेको छ । यसबाट सरकारी अधिकारीहरू करका बारेमा कानूनको व्यवस्थाको सही पालना गर्दैनरहेछन् भन्ने पुष्टि हुन्छ । महालेखाले प्रश्न उठाउनुअघि कर कार्यालयले यसमा किन ध्यान दिएन ? यसमा दोषी को हो ? त्यसको छानबिन हुनुपर्छ कि पर्दैन ?  करमा हाकीम भएका बेला उही व्यक्तिले यो विषयलाई किन उठाएनन् ? महालेखा परीक्षक भएपछि मात्रै कर नउठेको किन देखे ? यो गम्भीर प्रश्न पनि अहिले उठेको छ ।  वास्तवमा नेपालको कर कानूनमा स्पष्टता छैन । एनसेलमा रहेको आफ्नो शेयर विक्री गर्ने आजियाटाको कारोबारमा पनि यही अन्योल देखिएको छ । आजियाटाले एनसेलको शेयर किन्दा पनि यो विवाद आएको थियो । विज्ञहरूले कानूनमा रहेको छिद्र र अस्पष्टताबारे कुरा उठाउँदा पनि सरकारले त्यसमा किन ध्यान दिएन ? करछली भयो भनेर अध्ययन गर्ने संसदीय समितिले कानूनका छिद्र टाल्न के चाहिँ काम गरेको छ ? नेपालमा आउने लगानीकर्तालाई यसरी करमा अल्झाउन थालियो भने कुनै पनि लगानीकर्ता यो उल्झनमा फस्न चाहँदैनन् भन्ने कुरा सरकारले बुझ्न जरुरी छ । ठूलो बजार वा स्रोत भएमा त्यसबाट भोलिका दिनमा फाइदा लिन सक्छु भनेर सोच्ने कम्पनीले यस्तो झमेला ब्यहोर्न पनि सक्छ । भारतमा भेडाफोनको शेयर विक्रीमा पनि यस्तै विवाद आएको थियो तर त्यहाँ कानून संशोधन गरेर मात्रै कर उठाइयो । त्यहाँ बजार देखेर यस्तो कर तिरेर पनि बस्न कम्पनी तयार भयो । तर, नेपालको बजार त्यस्तो नहुँदा यस्ता किचलोले विदेशी लगानीकर्तालाई निश्चय नै तर्साउँछ । कति बेला सरकारले कस्तो निर्णय गर्छ भन्ने निश्चय नभएको अवस्थामा कम्पनीहरू यहाँ लगानी गर्न पक्कै डराउँछन् । सर्वोच्च अदालतले ३ वर्ष अघिदेखिको महालेखाको सुझाव कार्यान्वयनको बाटो खोलिदिएको छ । तर, अन्य विषयमा पनि यस्ता कानूनी अस्पष्टताहरू छन् । तिनको छिटो समाधान खोजिनुपर्छ । उपसचिवभन्दा माथिल्ला सरकारी अधिकारीहरू जुनसुकै मन्त्रालयमा सरूवा हुने प्रावधानले पनि कानून कार्यान्वयनमा र सरकारको कार्य क्षमतामा असर पारिरहेको छ । एउटा मन्त्रालयको विज्ञलाई अर्को मन्त्रालयमा खटाएपछि उसले काम गर्न कठिन हुने देखिन्छ । यसतर्फ पनि ध्यान जानु आवश्यक छ ।  बैंकहरूले यति धेरै कर बुझाउनुपर्दा आइतवार शेयरबजारमा पहिरो जाने अपेक्षाविपरीत कारोबार रकम र नेप्से माथि जानुले लगानीकर्ताले शेयरबजारको लय बुझ्न थालेको देखाउँछ । घट्दो ब्याजदरका कारण बैंकमा पैसा राख्नु लाभदायी छैन भन्ने बुझेका लगानीकर्ता शेयरबजारतिर लागेको देखिन्छ । यसले शेयरबजार हल्लाका भरमा र केही ठूला कारोबारीको चाहनामा चल्छ भन्ने कुरालाई खण्डन गरेको छ । शेयरबजार र ब्याजदरको सम्बन्ध लगानीकर्ताले बुझ्नु भनेको शेयरबजारको परिपक्वता नै हो भन्न सकिन्छ । 

सम्बन्धित सामग्री

संसद्को पहिलो बैठकमा रवि, रञ्जिता र सीकेको मन्तव्यले ल्याएको तरंग

मधेसबाट उदाएको जनमत पार्टी, पश्चिम तराईबाट उठेको नागरिक उन्मुक्ति पार्टी र शहरी क्षेत्रबाट घण्टीको तरंग ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले संसद्‌मा पहिलोपटक आफ्नो मत राखेका हुन् ।

प्रचण्डको भारत भ्रमणले ल्याएको तरंग

काठमाडौं- सत्ताधारी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला भारत भ्रमणमा छन्। उनको भारत भ्रमण चलिरहँदा नेपालमा यसबारे अनेक टिकाटिप्पणी भइरहेका छन्। सबैभन्दा ठूलो चर्चा त यतिबेला प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाबीच दिल्लीमा भएको भेटघाटले ल्याएको छ। भारत पुगेर प्रचण्डले सन् १९५० को सन्धि पुनरावलोक हुनुपर्ने बताएका छन्। भारतीय […]

एसपीपी सम्झौता प्रस्तावले तरंग

काठमाडौं । अमेरिकाले नेपाली सेनासँगको सैन्य सम्झौता प्रस्तावले तरंग उत्पन्न ल्याएको छ । सन् २०१५ मा पहिलोपटक अमेरिकी सेनाले स्टेट पार्टनरसिप कार्यक्रममा नेपाली सेनाको सहभागितासम्बन्धी रणनीतिक महत्वको समझदारीपत्र प्रस्ताव गरेको थियो । तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले सो कार्यमा नेपाली सेना सकारात्मक भएको सन्देश पठाएका थिए । अमेरिकाले त्यतिबेला नेपाली सेनासँगै प्रस्ताव राखेकामा अहिले पनि राजीतिक […]

एसपीपी सम्झौता प्रस्तावले तरंग, अमेरिकी दूतावासले दियो यस्तो प्रष्टिकरण

राजधानी समाचारदाता काठमाडौं अमेरिकाले नेपाली सेनासँगको सैन्य सम्झौता प्रस्तावले तरंग उत्पन्न ल्याएको छ । सन् २०१५ मा पहिलोपटक अमेरिकी सेनाले स्टेट पार्टनरसीप कार्यक्रममा नेपाली सेनाको सहभागितासम्बन्धी रणनीतिक महत्वको समझदारीपत्र प्रस्ताव गरेको थियो । तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले सो कार्य’ नेपाली सेना सकारात्मक भएको सन्देश पठाएका थिए ।अमेरिकाले त्यतिबेला नेपाली सेनासँगै प्रस्ताव राखेकामा अहिले पनि राजनीतिक तहमा प्रस्ताव अघि सारेको हो । सो प्रस्तावको विपक्षमा राजनीतिक वृतमा तरं

एसपीपी सम्झौता प्रस्तावले तरंग

काठमाडौं, असार १ । अमेरिकाले नेपाली सेनासँगको सैन्य सम्झौता प्रस्तावले तरंग उत्पन्न ल्याएको छ । सन् २०१५ मा पहिलोपटक अमेरिकी सेनाले स्टेट पार्टनरसिप कार्यक्रममा नेपाली सेनाको सहभागितासम्बन्धी रणनीतिक महत्वको समझदारीपत्र प्रस्ताव गरेको थियो । तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले सो कार्यबाट नेपाली सेना सकारात्मक भएको सन्देश पठाएका थिए । अमेरिकाले त्यतिबेला नेपाली सेनासँगै प्रस्ताव राखेकामा अहिले […]

एसपीपी सम्झौता प्रस्तावले तरंग

राजधानी समाचारदाता काठमाडौं अमेरिकाले नेपाली सेनासँगको सैन्य सम्झौता प्रस्तावले तरंग उत्पन्न ल्याएको छ । सन् २०१५ मा पहिलोपटक अमेरिकी सेनाले स्टेट पार्टनरसिप कार्यक्रममा नेपाली सेनाको सहभागितासम्बन्धी रणनीतिक महत्वको समझदारीपत्र प्रस्ताव गरेको थियो । तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले सो कार्य’bout नेपाली सेना सकारात्मक भएको सन्देश पठाएका थिए । अमेरिकाले त्यतिबेला नेपाली सेनासँगै प्रस्ताव राखेकामा अहिले पनि […] The post एसपीपी सम्झौता प्रस्तावले तरंग appeared first on राजधानी राष्ट्रिय दैनिक.

हलमा 'डक्टर स्ट्रेन्ज'को तरंग

काठमाडौं : वैशाख १ देखि प्रदर्शनमा आएको कन्नड फिल्म 'केजिएफ च्याप्टर २' आजसम्म पनि सबैभन्दा धेरै शोका साथ प्रदर्शन भइरहेको छ। यसबीच आएका आधा दर्जन बढी फिल्मले 'केजिएफ २' को शो तथा दर्शकको चाप घटाउन सकेनन्। बरु ठूला लगानीमा बनेका ती सबै फिल्म केजिएफ कै चपेटामा परे। हलिउड फिल्म 'डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस' शुक्रबार (भोलि) प्रदर्शनमा आउँदैछ। मार्वल कमिक्समा आधारित उक्त सुपर हिरो फिल्मले नेपालमा पनि एउटा तरंग ल्याएको छ। फिल्मले हलमा ६० देखि ८० प

लघुवित्तीय संस्थाहरूमा क्रश होल्डिङले ल्याएको तरंग

पछिल्लो निर्देशनबाट केन्द्रीय बैंकले बैंक वित्तीय संस्थाहरू (क, ख र ग वर्ग) को लघुवित्तीय संस्थाहरू (घ वर्ग) मा रहेको संस्थापक शेयर लगानीलाई एक हिसाबले कुनै निश्चित आकारमा एकै स्थानमा विनिवेश गर्ने नयाँ तरीका ल्याएको छ । यसबाट लघुवित्तीय क्षेत्रमा नयाँ तरंग आएको छ । विगतमा मर्जरको नीति यो क्षेत्रमा खासै प्रभावकारी नदेखिएकाले केन्द्रीय बैंकले वित्तीय संस्थाहरूको क्रश होल्डिङ भएका लघुवित्तीय संस्थाहरूलाई यो नयाँ निर्देशनमार्फत घ वर्गीय वित्तीय संस्थाहरूको संख्या घटाउने घुमाउरो तरीका ल्याएको देखिन्छ । कुनै वित्तीय संस्थाको १० प्रतिशतभन्दा बढी संस्थापक शेयर लगानी भएका लघुवित्तीय संस्थाहरूले र ५१ प्रतिशतभन्दा बढी लगानी रहेका सहायक लघुवित्त कम्पनीहरू परस्परमा गाभिनुपर्ने गरी आगामी असार मसान्त (२०७९ ) भित्र कार्य योजना पेश गर्नुपर्ने निर्देशन आएको छ । यसको अभीष्ट लघुवित्तीय संस्थाहरूको वर्तमान संख्या घटाउने नै हो । वर्तमान अवस्थाको नेपाली लघुवित्तीय क्षेत्र लयमा आइसकेको र यसमा निजीक्षेत्र आकर्षित रहेको देखिएकाले यस्ता क्रश होल्डिङलाई पूर्णरूपमै विनिवेश गर्ने नीति लिइनु उत्तम हुन्छ । यस नयाँ नीतिगत व्यवस्थाबाट लघुवित्तीय संस्थाहरूको संख्यामा कमी आइहाल्छ त ? भन्ने जिज्ञासाको समाधान एउटा पक्ष हो भने के संख्या घटाउँदैमा वा घट्दैमा विपन्न वर्गलक्षित लघुवित्तीय सेवाको स्तरीकरण र दिगो सेवाको प्रत्याभूति हुनसक्छ ? भन्ने यक्ष प्रश्न पनि उत्तिकै जीवन्त बनेर आएको छ । कुनै पनि नियमनकर्ताका लागि वित्तीय संस्थाहरूको संख्या केकति राख्ने भन्ने उसको नियामकीय र सुपरिवेक्षीय क्षमतासित सरोकार राख्ने विषय हो । कुन देशमा कतिओटा वित्तीय संस्थाहरू आवश्यक हुन्छ भन्ने प्रश्नको उत्तर कोहीसित पनि छैन । जहाँसम्म सुपरिवेक्षीय क्षमताको वैचारिकता छ त्यो नियमनकारी निकायले इजाजत दिने समयमा नै विचार पुर्‍याउनुपर्ने विषय हो । पहिले इजाजत दिने र त्यो बेला त्यसको औचित्य पनि देख्ने अहिले त्यही संख्या धेरै भयो भनेर घटाउने कुरा तर्कसंगत देखिँदैन । हो, धेरैओटा संख्या भएकै कारण केन्द्रीय बैंकलाई निगरानी र सुपरिवेक्षणमा हाल कठिनाइ उत्पन्न भएको होला । तर, यसको पुष्टि पहिले हुनुपथ्र्यो । त्यो भएको पाइँदैन । यो क्षेत्रमा यस लेखकको लामो समयसम्मको अनुभवले वर्तमान संख्या धेरै नै हो र तिनलाई ३० ओटामा सीमित राख्नसके बढिया हुन्छ भन्ने धारणा विगत केही वर्षदेखि उसै अभियान दैनिक पात्रिकामार्फत राख्दै आएको हो पनि । पूँजीगत हिसाबले बलियो रहन र दिगो लघुवित्तीय सेवा विस्तारका लागि अहिलेका लघुवित्तीय संस्थाहरूको पूँजीको आकार निकै सानो हो । त्यसका लागि पनि नयाँ लगानी थप्न सकिँदैन भने मर्जरको विकल्प थिएन, छैन । तर, मर्जरमा स्वाभाविक वा स्वैच्छिक मर्जरचाहिँ सफल हुन्छ । विगतमा केन्द्रीय बैंककै कुनै गभर्नरले जोडी खोज, होइन भने हामी नै जोडी खोजिदिन्छौं भनेर आदेश दिएको सुनिएकै हो । तर, त्यसले खासै काम गरेन । केही मर्जरमा गएकाहरूको हालत भने सञ्चालकको निर्वाचन र कर्मचारी भर्नाका बेला देखिने स्वार्थमा चाहिँ राम्रैसित चक्कराउँदो रहेछ । जबरजस्ती मर्जरमा गएकाहरू पनि भित्रभित्रै खुशी छैनन् भन्ने देखिएको छ । त्यसैले मर्जरको एकोहोरो रटानभन्दा पनि त्यसले ल्याउनसक्ने विकृतिहरूमा पहिले परिपक्व रहनु बुद्धिमानी हुन्छ । बैंक वित्तीय संस्थाहरूको क्रश होल्डिङ ( दोहोरो लगानी) लाई राम्रो मानिँदैन, खासगरेर अर्को वित्तीय संस्थामा । त्यसले उसको पूँजी चलायमानको चक्रमा असर परिरहेको हुन्छ । अझ निक्षेप परिचालन गर्ने संस्थाहरूको काम ती स्वयम्ले कर्जा लगानीका माध्यमबाट आर्थिक क्रियाकलापहरूमा लगानी विस्तार गर्नु नै हो । जुनबेला लघुवित्तीय संस्थाहरूमा लगानी गर्ने (संस्थापक शेयर लगानी) कोही पनि थिएनन्, आउँदैनथे, पत्याउँदैनथे त्यस बेला केन्द्रीय बैंकले नै बैंकहरूलाई ती संस्थामा शेयर लगानी गर्ने नीति ल्याएको थियो । त्यस लगानीलाई विपन्न वर्गमा भएको लगानीसरह गणना गर्ने केन्द्रीय बैंकले त्यो बेला ल्याएको नीतिकै निरन्तरता हाल रहेको छ । अहिले त यो क्षेत्रमा लगानी गर्नेहरूको उत्साह सबैभन्दा बढी देखिन्छ भने केन्द्रीय बैंकले हाल यो क्षेत्रमा इजाजत नै बन्द गरिसकेको अबस्था छ । विश्व लघुवित्तीय बजारमा नेपाली लघुवित्तीय क्षेत्रले राम्रै उदाहरण प्रस्तुत गरेका कुराहरू तत् क्षेत्रको अध्ययन र अनुसन्धानले पनि पुष्टि गरेकै देखिन्छ । लघुवित्तीय संस्थाहरूमा रहेको बैंक वित्तीय संस्थाहरूमा भएको त्यस खाले लगानीलाई मर्जरका माध्यमले भन्दा पनि पूर्णरूपमा विनिवेश नै गर्नुपथ्र्यो वा त्यसतर्फका नीतिहरू ल्याउनु उचित हुन्छ । विगतमा संयुक्त लगानीका आएका विदेशी बैंकहरूमा यहाँको बैंकहरूले गरेको संस्थापक लगानी पनि हाल विनिवेश भइसकेकै हो । एउटा बैंक वित्तीय संस्थाले अर्को खाले वित्तीय संस्थामा लगानी गर्नुलाई व्यावसायिक रूपमा उचित मानिँदैन । त्यस्तो लगानी लामो समयसम्म त्यहाँ राखिरहँदा लगानी गर्ने बैंक वित्तीय संस्थाको थप कर्जा लगानी विस्तार नै प्रभावित हुने गर्छ, खुम्चिन्छ । ती बैंक वित्तीय संस्थाहरूले आफै सक्षमता देखाउनुपर्नेमा अर्को वित्तीय संस्थामा लगानी गरेर प्रतिफल कमाउनुलाई उचित नमानिएको हो । यसैले क्रश होल्डिङलाई नियमनकारी निकायहरूले केही हदमा नियन्त्रण गर्न खोज्नुलाई अन्यथा मानिँदैन । उदाहरणका लागि कुनै बैंक वित्तीय संस्थाको कुनै अमुक लघवित्तीय संस्थामा मानौं १७ प्रतिशत संस्थापक लगानी रहेछ । उक्त लघुवित्तीय संस्थाको चुक्ता पूँजी मानौं, १ अर्ब रहेछ भने अब उक्त लघुवित्तीय संस्थामा त्यस बैंक वित्तीय संस्थाको १७ करोड पूँजी लामो समयसम्म रहिरहन्छ । कालान्तरमा त्यसले लाभांश त देला । तर, उसले गर्ने लगानीका प्रतिफलबाट सेवाग्राहीमा वित्तीय सेवा विस्तार हुँदैन । यसखाले लगानीहरू हाल कुनै बैंकहरूका त पाँच सातओटा लघुवित्तीय संस्थाहरूमा ३ देखि ५१ प्रतिशतभन्दा पनि बढी रहेको पाइन्छ । सहायक कम्पनी हुनका लागि कम्तीमा ५१ प्रतिशत शेयर धारण गर्नुपर्ने सन्दर्भमा त्यस्ता सहायक कम्पनीहरूमा भएको यस्तो लगानी करीब २८ करोडको संस्थापक शेयर लगानी हुन आउँछ । यो भनेको कुनै एकल स्थानमा वाणिज्य बैंकिङ कारोबार गर्नेको ठूलो पूँजी जाम हुनु पनि हो । एआईसी, एनएमबी, सिभिल आदिका सहायक कम्पनीका रूपमा खुलेका केही लघुवित्तीय संस्थाहरूका लगानीलाई हेर्दा आगत दिनमा यस नयाँ नीतिगत व्यवस्थाबाट थोरै मात्र वित्तीय संस्थाहरू मज्र्ड हुने देखिन्छ, ठूलो संख्यामा होइन । अहिलेको तरलता संकटोन्मुख कालमा बैंक वित्तीय संस्थाहरूमा रहेको क्रश होल्डिङका लगानीलाई विनिवेशका माध्यमबाट अफ्लोड गर्न सकिन्छ । र, त्यसरी विनिवेश गरिएको रकम पुनः बैंकिङ प्रणालीमा भित्रिँदा हालको तरलताको अभावमा केही राहत पनि पुग्छ । आगामी समयमा केन्द्रीय बैंकले अधिकतम १० प्रतिशतको क्रश होल्डिङको सीमा कायमै राख्ने संकेत मिले पनि त्यसरी गरिने लगानी कतिओटा लघुवित्तीय संस्थाहरूमा राखिने भन्नेमा चाहिँ स्पष्ट देखिँदैन । वित्तीय संस्थाहरूको क्रश होल्डिङ कतिसम्म राख्ने भन्ने कुनै सूत्र त हुँदैन । तथापि निक्षेप परिचालन गर्ने बैंकहरूले त्यस्तै अर्को वित्तीय संस्थाहरूमा संस्स्थापक वा शेयर लगानी गर्नुलाई उचित मानिँदैन । नेपालका लघुवित्तीय संस्थाहरूमा माथि उल्लेख गरिएअनुसारको अवस्था आएको भनेको विशेष परिस्थति हो, जो माथि उल्लेख गरिएकै छ । वर्तमान नीतिबाट लक्षित गरिएअनुसार मर्जरका माध्यमले यसलाई खुम्च्याउने मात्र हो भने त्यो कुनै एकमा १० प्रतिशतको सीमामा रहला, तथापि त्यो सीमा पनि धेरै हो । वर्तमान अवस्थाको नेपाली लघुवित्तीय क्ष्ोत्र लयमा आइसकेको र यसमा निजीक्षेत्र आकर्षित रहेको देखिएकाले यस्ता क्रश होल्डिङलाई पूर्णरूपमै विनिवेश गर्ने नीति लिइनु उत्तम हुन्छ भने आगत समयमा एक वित्तीय संस्थाले आर्को वित्तीय संस्थामा संस्थापक शेयर लगानी गर्न नपाउने नीति अवलम्बनको आवश्यकता पनि छ । प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

रावल-पोखरेल भेटले एमालेमा तरंग, ओली र नेपाललाई धक्का दिनसक्ने

काठमाडौं, ३१ साउन । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावल र महासचिव ईश्वर पोखरेल बीचको भेटवार्ताले राजनीतिक तरंग ल्याएको छ । दुई नेताबीच धापासीस्थित पोखरेल निवासमा एमाले एकता कायमै राख्न पहल गर्ने सहमति भएको छ । एमालेभित्र दोस्रो पुस्ताका हस्ती यी दुई नेता एक अर्काका कटु आलोचक थिए । दुवैबीच लामो समयपछि एक्ला एक्लै भेटवार्ता […]

अलमुताइरीको राजीनामाले ल्याएको तरंग

नेपाल समाचारपत्र, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले राजीनामा दिने विषयले अहिले नेपाली फुटबलमा तरंग ल्याइदिएको छ । कुवेती अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) समक्ष सीधै राजीनामा दिएका पनि होइनन् । उनले सामाजिक सञ्जालमा राजीनामा दिन गइरहेको छु भनेर पोस्ट गरेका थिए । आइतबार भएको पोस्टमा कारण पनि खुलाएका […]