काठमाडौं : वैशाख १ देखि प्रदर्शनमा आएको कन्नड फिल्म 'केजिएफ च्याप्टर २' आजसम्म पनि सबैभन्दा धेरै शोका साथ प्रदर्शन भइरहेको छ। यसबीच आएका आधा दर्जन बढी फिल्मले 'केजिएफ २' को शो तथा दर्शकको चाप घटाउन सकेनन्। बरु ठूला लगानीमा बनेका ती सबै फिल्म केजिएफ कै चपेटामा परे। हलिउड फिल्म 'डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस' शुक्रबार (भोलि) प्रदर्शनमा आउँदैछ। मार्वल कमिक्समा आधारित उक्त सुपर हिरो फिल्मले नेपालमा पनि एउटा तरंग ल्याएको छ। फिल्मले हलमा ६० देखि ८० प