काबुल आक्रमणका मृतकमध्ये दुई सञ्चारकर्मी र दुई धावक रहेको पुष्टि

गत् बिहीबार काबुल विमानस्थलको प्रवेशद्वारमा भएको आक्रमणमा दुई जना सञ्चारकर्मी र दुई जना धावकको मृत्युको पुष्टि भएको छ । अफगानिस्तान सञ्चारकर्मी केन्द्रका अनुसार दुई जना सञ्चारकर्मीको मृत्यु भएकोमा एक जना टेलिभिजनमा कार्यरत एक पत्रकार महिला हुनुहुन्छ । राहा समाचार संस्थाका लागि काम गर्नुहुने रेजा अहमदी र जहान ए सिहात टेलिभिजन च्यानलका लागि बिगत्मा काम गर्नुभएको नज्मा सदेकीको मृत्यु भएको सिन्हवाले उल्लेख गरेको छ । अफगानिस्तानको तेक्वान्दोका राष्ट्रिय खेलाडी मोहम्मद जान सुल्तानी र उसुका इद्रीसको मृत्यु भएको जनाइएको छ ।

सम्बन्धित सामग्री

भुवनको ‘सम्मान मेरो’

गायक भुवन सुप्तिहाङ राईले सांगीतिक करियरको पाँचौँ एल्बम ‘सम्मान मेरो’ श्रोतामाझ ल्याएका छन् । राजधानीमा सोमबार आयोजित कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशी, म्याराथन धावक वैकुण्ठ मानन्धर, गीतकार बुद्धवीर लामा, सञ्चारकर्मी डब्बु क्षत्री लगायतले संयुक्त रूपमा एल्बमको सार्वजनिक गरे ।