भुवनको ‘सम्मान मेरो’

गायक भुवन सुप्तिहाङ राईले सांगीतिक करियरको पाँचौँ एल्बम ‘सम्मान मेरो’ श्रोतामाझ ल्याएका छन् । राजधानीमा सोमबार आयोजित कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशी, म्याराथन धावक वैकुण्ठ मानन्धर, गीतकार बुद्धवीर लामा, सञ्चारकर्मी डब्बु क्षत्री लगायतले संयुक्त रूपमा एल्बमको सार्वजनिक गरे ।