काठमाण्डाै - साविक विजेता फ्रान्स विश्व कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान कतारको अलबेयत मैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै फ्रान्स अन्तिम चारमा पुगेको हो । फ्रान्सका औरेलिएन चुआमेनी र ओलिभिएर जिरुडले गोल गरे ।
चुआमेनीले खेलको १७ औँ मिनेट र जिरुडले ७८ औँ मिनेटमा गोल गरे । खेलको दोस्रो हाफको सुरुमै इङ्ल्यान्डले पेनाल्टीमा गोल गरी खेलमा फर्किएको थियो । उसका ह्यारी केनले ५४ औँ मिनेटमा पेनाल्टीमा गोल गरे ।इङ्ल्यान्डले दोस्रो हाफको ६ मिनेट बाँकी रहँदा पुन: पेनाल्टीमार्...