बजेटमा वीरगन्जका उद्योगी–व्यवसायीका अपेक्षा

आर्थिक वर्ष २०७९/०८० का लागि बजेटको तयारी भइरहेको छ । संघीय संसद्को बजेट अधिवेशन पनि सुरु भइसकेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेट कृषिलाई प्राथमिकतामा राखेर आउने बताएका छन् । तरलताको अभावका कारण देशलाई आर्थिक संकटबाट कसरी जोगाउन सकिन्छ भन्ने विषयमा अर्थविद्हरूमा पनि चिन्तन र विमर्शहरू सुरु भएको छ । सरकारले आम नागरिकसँग पनि […]

सम्बन्धित सामग्री

नयाँ उद्योग मन्त्रीसँग वीरगन्जका उद्योगीको अपेक्षा

आफ्नो क्षेत्रका नेता रमेश रिजालले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाल्लेसँगै उद्योग नगरी वीरगन्जले ठूलो अपेक्षा राखेको छ । लामो समयसम्म वीरगन्जमा रहेर रजानीति गरेका रिजाल उद्योग मन्त्री बन्दा आफ्ना समस्या समाधान हुन्छ भन्ने अपेक्षा यहाँका उद्योगी व्यवसायीले राखेका छन् । यस्तै वीरगन्ज उद्योग वााणिज्य संघको नेतृत्व वीरगन्जका व्यवसायी अशोक टेमानीले सम्हालेका छन् । […]

भारतीय प्लेटका नीजि गाडीलाई किन दिईयो प्रवेशको अनुमति ?

आजबाट नेपालमा भारतीय नम्बर प्लेटका नीजि सवारी साधन निर्वाध रुपमा प्रवेश गर्दैछन् । कोरोना भाइरसको जोखिमका कारण लामो समयदेखि भारतीय प्लेटका नीजि सवारी साधनको नेपाल प्रवेशमा रोक लगाईएको थियो ।पर्यटन तथा होटल व्यवसायीको माग अनुसार सरकारले भारतीय प्लेटका सवारीलाई प्रवेश दिने निर्णय गरेको थियो । असोज ५ गतेको मन्त्रिपरिषद बैठकले असोज १५ गतेबाट नीजि नम्बर प्लेटका भारतीय गाडीलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको थियो । सोही अनुसार आजबाट भारतीय नम्बर प्लेटका नीजि सवारी साधनहरु नेपाल प्रवेश गर्ने भएका हुन् ।गृह र अर्थबीच समन्वयको खाँचोगृह मन्त्रालयले यसअघि नै सिमा क्षेत्रका जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेर भारतीय नीजि सवारीको नेपाल प्रवेशमा समन्वय गर्न भनेको थियो । तर, अर्थ मन्त्रालयबाट भन्सार कार्यालयमा यसबारे कुनै परिपत्र गएन । जसका कारण भारतीय नीजि गाडीले नेपाल प्रवेशमा भन्सारबाट अनुमति पाएका थिएनन् ।तर, होटल व्यवसायीहरुले निरन्तर आग्रह गरेपछि मन्त्रिपरिषदबाटै यो निर्णय भएको हो । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्यसमेत रहेका वीरगन्जका व्यवसायी गोपाल केडियाका अनुसार आज दिउँसोबाट भारतीय नीजि गाडीहरु नेपाल प्रवेश गर्ने आशा होटल व्यवसायीहरुले गरेका छन् ।होटल क्षेत्र चलायमान बनाउन यो निर्णयले सकारात्मक प्रभाव पार्ने व्यवसायीको आशा छ । यसका लागि गृह मन्त्रालय र अर्थ मन्त्रालय मातहतका निकायबीच समन्वय आवश्यक रहेको होटल तथा पर्यटन व्यवसायीहरु बताउँछन् ।सौराहादेखि पोखरासम्म राहतनिजी भारतीय सवारी नेपाल आउँदा सिमा क्षेत्रका मात्रै नभई पोखरासम्मका होटललाई राहत हुने व्यवसायी केडिया बताउँछन् । ‘भारतीय प्लेटका प्राइभेट गाडीहरु नेपाल आउनु भनेको पर्यटकहरु नै आउनु हो’ उनी भन्छन्, ‘यसको मुख्य फाइदा टुरिजम सेक्टरलाई हुन्छ, सौराहादेखि पोखरासम्मका होटल व्यवसायीलाई राहत हुन्छ । योसँगै अन्य क्षेत्रले पनि फाइदा लिन्छन्, उनीहरुले नेपालमा बस्तुहरु किनमेल गर्छन्, मठ मन्दिर दर्शन गर्छन् ।’दशैँ तिहारमा पर्यटन चलायमानविगतका वर्षमा पनि भारतीय पर्यटक यस सिजनमा नेपालमा आउने गरेका थिए । असोजको मध्यदेखि सिमा क्षेत्रमा मात्रै नभई पहाडी क्षेत्रमा पनि भारतीय पर्यटक आफ्नै गाडीमा आउँथे । तर, गत वर्षदेखि आएका थिएनन् ।यसवर्ष भने दशैँ र तिहारको समयमा भारतीय पर्यटक आउने भएपछि यो समयमा वीरगञ्ज, चितवन, पोखरा, सौराहा लगायतका क्षेत्रका होटल क्षेत्र चलायमान हुने अपेक्षा लिईएको छ ।

वीरगन्जमा पहिलो चारतारे होटल ‘दियालो लर्ड्स’

औद्योगिक तथा आर्थिक नगरी वीरगन्जमा पछिल्लो समयमा सुविधासम्पन्न स्तरीय होटलहरू खुल्न थालेका छन् । ८० करोड लगानीमा सुविधासम्पन्न चारतारे स्तरीय होटल दियालो लडर््स सञ्चालनमा आएको छ । औद्योगिक क्षेत्रले मात्रै धानेको वीरगन्जको पर्यटनलाई पछिल्लो समयमा खुलेको स्तरीय होटलहरूले पर्यटन विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । वीरगन्जका युवा उद्यमी एवं नेपाली कांग्रेसका नेतासमेत रहेका संविधानसभा सदस्य अनिल रुंगटा सञ्चालक रहेको होटल दियालो लर्डसमा विशाल पटवारी, निर्मल गुप्ताको पनि लगानी रहेको छ ।