भारतीय प्लेटका नीजि गाडीलाई किन दिईयो प्रवेशको अनुमति ?

आजबाट नेपालमा भारतीय नम्बर प्लेटका नीजि सवारी साधन निर्वाध रुपमा प्रवेश गर्दैछन् । कोरोना भाइरसको जोखिमका कारण लामो समयदेखि भारतीय प्लेटका नीजि सवारी साधनको नेपाल प्रवेशमा रोक लगाईएको थियो ।पर्यटन तथा होटल व्यवसायीको माग अनुसार सरकारले भारतीय प्लेटका सवारीलाई प्रवेश दिने निर्णय गरेको थियो । असोज ५ गतेको मन्त्रिपरिषद बैठकले असोज १५ गतेबाट नीजि नम्बर प्लेटका भारतीय गाडीलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको थियो । सोही अनुसार आजबाट भारतीय नम्बर प्लेटका नीजि सवारी साधनहरु नेपाल प्रवेश गर्ने भएका हुन् ।गृह र अर्थबीच समन्वयको खाँचोगृह मन्त्रालयले यसअघि नै सिमा क्षेत्रका जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेर भारतीय नीजि सवारीको नेपाल प्रवेशमा समन्वय गर्न भनेको थियो । तर, अर्थ मन्त्रालयबाट भन्सार कार्यालयमा यसबारे कुनै परिपत्र गएन । जसका कारण भारतीय नीजि गाडीले नेपाल प्रवेशमा भन्सारबाट अनुमति पाएका थिएनन् ।तर, होटल व्यवसायीहरुले निरन्तर आग्रह गरेपछि मन्त्रिपरिषदबाटै यो निर्णय भएको हो । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्यसमेत रहेका वीरगन्जका व्यवसायी गोपाल केडियाका अनुसार आज दिउँसोबाट भारतीय नीजि गाडीहरु नेपाल प्रवेश गर्ने आशा होटल व्यवसायीहरुले गरेका छन् ।होटल क्षेत्र चलायमान बनाउन यो निर्णयले सकारात्मक प्रभाव पार्ने व्यवसायीको आशा छ । यसका लागि गृह मन्त्रालय र अर्थ मन्त्रालय मातहतका निकायबीच समन्वय आवश्यक रहेको होटल तथा पर्यटन व्यवसायीहरु बताउँछन् ।सौराहादेखि पोखरासम्म राहतनिजी भारतीय सवारी नेपाल आउँदा सिमा क्षेत्रका मात्रै नभई पोखरासम्मका होटललाई राहत हुने व्यवसायी केडिया बताउँछन् । ‘भारतीय प्लेटका प्राइभेट गाडीहरु नेपाल आउनु भनेको पर्यटकहरु नै आउनु हो’ उनी भन्छन्, ‘यसको मुख्य फाइदा टुरिजम सेक्टरलाई हुन्छ, सौराहादेखि पोखरासम्मका होटल व्यवसायीलाई राहत हुन्छ । योसँगै अन्य क्षेत्रले पनि फाइदा लिन्छन्, उनीहरुले नेपालमा बस्तुहरु किनमेल गर्छन्, मठ मन्दिर दर्शन गर्छन् ।’दशैँ तिहारमा पर्यटन चलायमानविगतका वर्षमा पनि भारतीय पर्यटक यस सिजनमा नेपालमा आउने गरेका थिए । असोजको मध्यदेखि सिमा क्षेत्रमा मात्रै नभई पहाडी क्षेत्रमा पनि भारतीय पर्यटक आफ्नै गाडीमा आउँथे । तर, गत वर्षदेखि आएका थिएनन् ।यसवर्ष भने दशैँ र तिहारको समयमा भारतीय पर्यटक आउने भएपछि यो समयमा वीरगञ्ज, चितवन, पोखरा, सौराहा लगायतका क्षेत्रका होटल क्षेत्र चलायमान हुने अपेक्षा लिईएको छ ।

सम्बन्धित सामग्री

सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति

सोलुखुम्बु : वसन्त ऋतुको सगरमाथा आरोहणका लागि ३१ जनाले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यो सिजनमा सगरमाथा चढ्न  ४ टोलीका ३१ जना सदस्यले अनुमति लिएका हुन। जसमा ७ जना महिला छन्। हालसम्म १० वटा हिमालका लागि अनुमति जारी भएको छ। जसमा अन्नपूर्ण र सगरमाथाबाहेक मनास्लुका लागि १५, हिमलुङ हिमालका लागि १२, पाङ्ग्री गोल्डुम्बाकालागि ६, बरुण त्से र थोरोङ पीकका लागि ५/५ जनाले अनुमति लिएको विभागले जनाएको छ। नुप्त्सेका लागि ३, सुर्मासरोबारकालागि २ जनाले अनुमति लिएका छन्।सगरमाथामा जार

अनुमति नलिइ ड्रोन उडाए कारबाही हुने

अनुमति नलिइ ड्रोन उडाए कारबाही हुने भएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै अनुमति नलिई अनाधिकृतरुपमा ड्रोन उडाए कारबाही गर्ने चेतावनी दिएको हो ।  विभिन्न व्यक्ति/निकायले अनुमति नलिई अनाधिकृतरुपमा मानवरहित हवाई उपकरण (Remotely Pioloted Aircraft Drone) उडाएको भन्ने विभिन्न माध्यमबाट जानकारी आएको गृहले जनाएको छ ।   अति आवश्यक प्रयोजनका लागि ड्रोन प्रयोग गर्नु परेमा २ केजी तौलसम्मका...

अनुमति एकातिर  उत्खनन  अर्कैतिर

दाङको तुलसीपुर उपमहानगरपालिकाले शनिबारदेखि ग्वारखोलाको मजगाउँ पुलदेखि ५०० मिटरमाथिबाट नदीजन्य बस्तु उत्खननका लागि अनुमति दियो । त्यहाँबाट मङ्गलबारसम्म ५०० घनमिटर उत्खननका लागि अनुमति दिएर रु दुई लाख ११ हजार ९२० राजस्व पनि लियो तर उत्खननको जिम्मा पाएको बागेश्वरी कन्ट्रक्सनले जहाँबाट अनुमति पाएको हो, त्योभन्दा ५०० मिटरमाथिबाट उत्खनन गरेको छ । “हामीले ग्वारखोला र कालाखोलाका सङ्गमस्थलबाट उत्खनन गर्ने भनि अनुमति दिएका थियौँ”, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले

दुई हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले एकैसाथ दुई वटा हाइड्रोपावर कम्पनीलाई आईपीओ बिक्री गर्ने अनुमति दिएको छ । बोर्डले सयपत्री हाइड्रोपावर र मन्दाकिनी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो । सयपत्री हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको हो । यस्तै, मन्दाकिनी हाइड्रोपावरले […]

ज्याकलिनलाई विदेश जान अनुमति

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई अदालतले ३१ मेदेखि ६ जुनसम्म विदेश यात्रा गर्न अनुमति दिएको छ । बलिउडका ‘महाठग’ सुकेश चन्द्रशेखरसँग आफ्नो सम्बन्धका कारण प्रवर्तन निर्देशनालय(इडी)को अनुसन्धान परेकी ज्याकलिनलाई अदालतले विदेश जान अनुमति दिएको हो ।ज्याकलिन आबुधाबीमा हुने अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी पुरस्कारमा सहभागिताका लागि जान चाहेकी थिइन् । उनले केही समयअघि पटियाला हाउस कोर्टमा युएई, फ्रान्स र नेपाल जानका लागि अनुमति मागेकी थिइन् । तर, प्रारम्भिक निर्णयमा अदालतले उनको अ

निगमले पायो साउदीमा उडान अनुमति

नेपाल वायुसेवा निगमले साउदी अरबमा उडान गर्ने अनुमति पाएको छ ।निगमलाई साउदी अरेवियाको सिभिल एभिएसन्ले ले साउदीमा उडान अनुमति दिएको हो । आइतबार साउदी अरेबियाको रियादस्थित कार्यालयबाट औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निगमको उडान अनुमति प्राप्त भएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।उडान अनुमति प्राप्त भएसँगै अब निगमले उडान अनुमति साउदी […]

मदनभण्डारी प्रतिष्ठानलाई तीन विधामा अनुमति

वाग्मती । वाग्मती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा स्नातक तहसम्म अध्यापन गराउन अनुमति प्राप्त गरेको छ । चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई जनस्वास्थ्यमा २०, फार्मेसीमा ३० र मेडिकल ल्याबटेक्नोलोजीमा ३० सिट अनुमति दिएको छ। प्रतिष्ठानलाई जनस्वास्थ्य, फार्मेसी र मेडिकल ल्याब टेक्नोलोजी अध्यापन गराउनका लागि अनुमति प्राप्त भएको प्रतिष्ठानका रजिष्टार […]

चार विमानस्थललाई आपतकालीन उडान अनुमति

चार वटा आन्तरिक विमानस्थलले निशेषाज्ञाको अवधिमा पनि उडान अनुमति पाएका छन् । हवाई सेवाको नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले आपतकालिन उद्धार र खाद्यान्न ढुवानीको लागि चार विमानस्थलले उडान अनुमति दिने निर्णय गरेको हो ।प्राधिकरणको यो निर्णयसँगै उडान अनुमतिका लागि अनुमति प्राप्त गरेका वायुयानले पोखरा विमानस्थल, नेपालगन्ज विमानस्थल, लुक्ला र सुर्खेत विमानस्थलबाट उडान अनुमति प्राप्त गर्न […]

सगरमाथा आरोहणलाई अहिलेसम्मकै धेरै अनुमति

काठमाडौं, वैशाख १२ । कोरोना सङ्क्रमणको दोस्रो लहरको सन्त्रास फैलिरहँदा नेपालको पर्वतारोहणले भने नयाँ इतिहास रचेको छ । सङ्क्रमणकै अवस्थाबीच वसन्तयाममा विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अनुमति लिनेको सङ्ख्या अहिलेसम्मकै सबैभन्दा बढी हुन पुगेको छ । आरोहण अनुमति उपलब्ध गराउने पर्यटन विभागका अनुसार शुक्रबारसम्म ३९४ जनाले यस्तो अनुमति लिएका छन् । यो अहिलेसम्मकै सबैभन्दा […]