नेपाली कांग्रेस संसदीय दलले पूर्वराज्यमन्त्री तथा पार्टीका नेता एवं संविधानसभा सदस्य तप्तबहादुर विष्टको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको शनिबार राति निधन भएको हो ।
कांग्रेस राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक अनिता देवकोटाले आज शोक विज्ञप्तिमार्फत नेता विष्टको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
विसं २०२० मा अछाममा जन्मनुभएका नेता विष्टले नेपालमा भएको हरेक लोकतान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । आन्दोलनका क्रममा उनी पटक–पटक गिरफ्तारसमेत भएको कांग्...