सबै स्थानीय कार्यालयमा टेलिकमको सेवा

सरकारी स्वामित्वको नेपाल टेलिकमले देशभरका सबै स्थानीय तह र अन्तर्गतका कार्यालयमा टेलिफोन तथा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । टेलिकम र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच बिहीबार भएको सम्झौताअनुसार वडा कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायिक विद्यालय र स्थानीय तहमा रहेका अन्य सरकारी कार्यालयमा कम्पनीले आफ्नो सेवा उपलब्ध गराउनेछ ।

सम्बन्धित सामग्री

कर्मचारीको ‘पेन डाउन’ले स्थानीय तहको सेवा प्रवाह प्रभावित

पर्वत : एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, स्थानीय सेवामा कार्यरत सम्पूर्ण कर्मचारीहरूको सेवाको पूर्ण सुरक्षा हुनुपर्ने लगायतका विभिन्न २० वटा मागहरूसहित स्थानीय तहमा कार्यरत कर्मचारीहरू आन्दोलनमा छन्।सम्भव भएका कर्मचारीहरू काठमाडौँमा प्रत्यक्ष उपस्थित भएर दैनिक नाराबाजी सहितको आन्दोलनमा रहँदा काठमाडौँ जान नभ्याएका कर्मचारीहरूले सम्बन्धित स्थानीय तहमा नै आन्दोलन गरिरहेका छन्।कर्मचारीहरूले ‘पेन डाउन’ को घोषणा गरेर आफू कार्यरत स्थानीय तहको कार्यालयमा दैनिक रूपमा धर्नामा बस्दा सेवा

बझाङमा वडा कार्यालयको सेवा लिन जनप्रतिनिधि खोज्नु पर्ने बाध्यता

बझाङ । वित्थडचिर गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयको सेवा प्रवाह प्रभावकारी नभएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । कार्यालयमा निर्वाचित जनप्रतिनिधी नआउँदा सेवा लिन निकै कठिन हुने गरेको वित्थडचिर गाउँपालिका वडा नम्बर २ का स्थानीय तथा पुर्व वडा सदस्य रण बहादुर बोहराले जानकारी दिनुभयो । वडा कार्यालयमा वडा अध्यक्षदेखि वडा सदस्य कोही पनि […]

सदरमुकामका कार्यालयले गाउँमै पुगेर सेवा दिँदा स्थानीय दङ्ग

पर्वत : जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरका शेरबहादुर कुँवर उमेरले ७० वर्ष पुगेका छन्। गाउँमा नै किराना पसल सञ्चालन गर्दै आएका उनी कर तिर्न तथा नवीकरणको लागि सदरमुकाम कुश्मा आउनुपर्छ।उनी गाउँबाट सदरमुकाम आउने जिपमा झण्डै चार घण्टाको यात्रापछि कुश्मा आइपुगेर करदाता सेवा कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयमा पुगेर सेवा लिन्थे।यस पटक भने उनले कर चुक्ता र नवीकरणका लागि तिर्नुपर्ने आठ हजार चार सय रुपैयाँ तिर्नका लागि सदरमुकाम आउनु परेन। कर चुक्ता, नवीकरण, नयाँ पसल दर्तालगायतका सेवाहरू

दुई दिन काठमाडौँ र भक्तपुरका प्रशासनिक सेवा प्रभावित हुने

जिल्ला प्रशासन कार्यालय काठमाडौँ र भक्तपुरले स्थानीय तह निर्वाचनका लागि कर्मचारीहरू खटिएकाले यही वैशाख २८ र २९ गते कार्यालयको सेवा प्रभावित हुने जनाएको छ ।  ‘स्थानीय तह निर्वाचन २०७९ सम्पन्न गर्नका लागि कार्यालयमा कार्यरत कर्मचारीहरूसमेत खटिएकाले यही २८ र २९ गते कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित हुने सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिन्छ’, दुवै प्रशासन कार्यालयद्वारा आज जारी सूचनामा जनाइएको छ । यही वैशाख ३० गते एकै दिन मुलुकका ७५३ वटै स्थानीय तहमा निर्वाचन हुँदैछ ।&nb

वडा कार्यालयमा कांग्रेसले लगाएको ताला सेवाग्राहीले फुटाए

झापा : नेपाली कांग्रेसले भद्रपुर नगरपालिका-९ नम्बर वडा कार्यालयमा लगाएको ताला सेवाग्राहीले फुटाएका छन्।वडा अध्यक्ष शनिलाल राजवंशीलाई झापा जिल्ला अदालतले दोषी प्रमाणित गर्दासमेत वडाको काम कारबाही जारी राखेको भन्दै नेपाली कांग्रेसले शुक्रबार दिउँसो वडा कार्यालयमा तालाबन्दी गरेको थियो।वडा कार्यालयमा ताला लागेपछि कार्यालयबाट प्रदान गरिने दैनिक कामकाज प्रभावित भएको भन्दै स्थानीय सेवाग्राहीहरूले आइतबार बिहान साढे १० बजे ताला फुटाएका हुन्।ताला फुटाएसँगै वडा कार्यालयबाट पुनः सेवा सुचारु भएको छ। वडा अध्य

स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन (फोटो फिचर )

काठमाडौं : सरकारले स्थानीय तहबाट नै राष्ट्रिय परिचयपत्रको विवरण संकलन सुरू गरेको छ। यसअघि जिल्ला प्रशासन कार्यालयमा विवरण संकलन हुँदै आएको थियो।वडा कार्यालयमा नै विवरण संकलन भएपछि रातभर लाइनमा बस्न बाध्य भएका सेवाग्राही उक्त झन्झटबाट मुक्त हुने भएका छन्। अहिले काठमाडौं जिल्लाका ५ वटा नगरपालिका र देशभरका अन्य २८ वटा स्थानीय तहबाट यो सेवा सुरु भएको छ। हेर्नुहोस् फोटो

स्थानीय चुनावको मिति तोक्न सरकारमाथि दबाब

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि वातावरण बनाउन राजनीतिक दलमार्फत सरकारलाई कूटनीतिक दबाब दिएको छ । जनप्रतिनिधि रिक्त हुने अवस्था आए कम्तीमा ७२ प्रकारका सेवा स्थानीय तहमा प्रभावित हुने दलमार्फत आयोगले भनेको छ । आयोगले शुक्रवार कान्तिपथस्थित केन्द्रीय कार्यालयमा सर्वदलीय बैठक आयोजना गर्दै आगामी जेठ ५ गतेबाट स्थानीय तहको ५ वर्षे कार्यकाल समाप्त हुने र त्यसले सेवा प्रवाहमा असर गर्ने भन्दै तत्काल निर्वाचनको मिति तय हुनुपर्ने भनेको हो । बैठकमा विभिन्न १६ राजनीतिक दलका प्रतिनिधि सहभागी थिए । बैठकका क्रममा आयोग...

अब स्थानीय तहका केन्द्रबाटै मालपोत कार्यालयका सेवा दिने तयारी

धेरैजसो जिल्लामा अहिलेपनि एक दुईओटा मात्रै मालपोत कार्यालय भएको हुँदा ती कार्यालयमा दूरदराजका नागरिकहरूको पहुँच नै पुग्न सकेको छैन । नगरी नहुने घरजग्गा किनबेचसम्बन्धी काम गर्न जस्तोसुकै कठिनाइ भए पनि ४/५ दिन लगाएर सेवा लिन मालपोत कार्यालय जान बाध्य हुनेबाहेक सामान्य पारिवारिक घरजग्गासम्बन्धी कामहरू जस्तो मृतकबाट गरिने नामसारी, अंशबन्डा, दृष्टिबन्धक, संशोधन,सामान्य रोक्का फुकुवा, धनी  पुर्जाको प्रतिलिपिलगायत कामका लागि सेवाग्राहीहरू मालपोत कार्यालयसम्म जान सकेका छैनन् । त्यसको मुख्य कारण घरबाट धेरै टाढा गएर सेवा...

देशैभरका सबै स्थानीय तहमा इन्टरनेट सेवा उपलब्ध गराउन टेलिकमसँग सम्झौता

नेपाल टेलिकमले देशका सबै स्थानीय तह र अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायिक विद्यालय र स्थानीय तहमा रहेका अन्य सरकारी कार्यालयमा टेलिफोन तथा ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।  त्यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तर्फबाट सहसचिव डा. गोविन्दकृष्ण खनाल र टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीबीच सम्झौता भएको छ ।  मन्त्रालयले ती कार्यालयमा टेलिफोन तथा ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने सम्बन्धमा माग संकलन तथा कार्यक्रम कार्यान्वयनको लागि सम्बन्धित स्थानीय तह र नेपा...

इन्टरनेट सेवा प्रभावकारी नहुँदा सेवाग्राही मारमा

प्रविधिको बढ्दो प्रयोगसँगै खोटाङ जिल्लाका सबै स्थानीय तह तथा सरकारी कार्यालयमा इन्टरनेटमार्फत सेवा प्रवाह शुरू गरिएको छ । तर इन्टरनेट सेवा प्रदायक कम्पनीको लापरवाहीले स्थानीय तह तथा कार्यालयमा जडान गरिएका इन्टरनेट सेवा प्रभावकारी नहुँदा सेवाग्राही मारमा परेका छन् ।  सेवाग्राहीलाई विना झन्झट छिटो सेवा दिने उद्देश्यले अधिकांश स्थानीय तह तथा सरकारी कार्यालयले पेपरलेस (विना कागजात) इन्टरनेटमार्फत काम समेत शुरू गरेको छ ।  इन्टरनेट सेवा प्रभावकारी नहुँदा कार्यालयमा जडान गरिएका कम्प्युटरमा सिस्टम (प्रविधि) नचलेपछि स...