वडा कार्यालयमा कांग्रेसले लगाएको ताला सेवाग्राहीले फुटाए

झापा : नेपाली कांग्रेसले भद्रपुर नगरपालिका-९ नम्बर वडा कार्यालयमा लगाएको ताला सेवाग्राहीले फुटाएका छन्।वडा अध्यक्ष शनिलाल राजवंशीलाई झापा जिल्ला अदालतले दोषी प्रमाणित गर्दासमेत वडाको काम कारबाही जारी राखेको भन्दै नेपाली कांग्रेसले शुक्रबार दिउँसो वडा कार्यालयमा तालाबन्दी गरेको थियो।वडा कार्यालयमा ताला लागेपछि कार्यालयबाट प्रदान गरिने दैनिक कामकाज प्रभावित भएको भन्दै स्थानीय सेवाग्राहीहरूले आइतबार बिहान साढे १० बजे ताला फुटाएका हुन्।ताला फुटाएसँगै वडा कार्यालयबाट पुनः सेवा सुचारु भएको छ। वडा अध्य

सम्बन्धित सामग्री

तिलामा अनिश्चितकालीन ताला

नेपाली कांग्रेसले जुम्लाको तिला गाउँपालिकामा अनिश्चितकालीन ताला लगाएको छ । नेपाली कांग्रेस तिला गाउँ कमिटीले विभिन्न १५ बुँदे माग राख्दै गाउँ कार्यपालिकाको कार्यालयमा ताला लगाएको हो ।

मेयर माग्दै पार्टी कार्यालयमा ताला एसको दाबीपछि हेटौंडामा गठबन्धन धर्मसंकटमा

हेटौंडा । पाँच दलीय गठबन्धनबाट हेटौंडाको मेयर नेपाली कांग्रेसले पाउनुपर्ने माग राख्दै असन्तुष्ट कार्यकर्ताले पार्टी मकवानपुर जिल्ला कार्यालयमा लगाएको ताला खोलिएको छ । नेपाल तरुण दल हेटौंडा उपमहानगर समिति सभापति सुनिल गिरीको सक्रियतामा लगाइएको ताला करिब २ घण्टापछि पार्टी जिल्ला सभापति बुद्ध लामा र सहसचिव निशान बजगाईंको उपस्थिति खोलिएको हो ।गठबन्धनबाट हेटौंडाको मेयर कांग्रेसको भागमा […]

असन्तुष्ट कार्यकर्ताले लगाए कांग्रेस मकवानपुर कार्यालयमा ताला

पार्टीका असन्तुष्ट कार्यकर्ताले नेपाली कांग्रेस मकवानपुर पार्टी कार्यालयमा ताला लगाएका छन् । हेटौंडा उपमहानगरपालिका कुनै पनि हालतमा कांग्रेसले पाउनु पर्ने भन्दै पार्टीभित्र असन्तुष्ट पक्षका युवा नेताहरुले तालाबन्दी गरेका हुन् ।

कांग्रेसद्वारा भीमेश्वर नगरपालिकामा तालाबन्दी

नगर प्रमुख भरत बहादुर केसी र उपप्रमुख कमला बस्नेतको तोक आदेशमा निकटका कार्यकर्तालाई धमाधम पैसा बाँड्न थालिएको बिरोधमा कांग्रेसले नगरपालिका कार्यालयमा ताला लगाएको हो।

सार्वजनिक सुनुवाइको माग गर्दै हिमाको ६ वडा कार्यालयमा तालाबन्दी

जुम्ला : हिमा गाउँपालिकाको वडा नम्बर ६ मा तालाबन्दी गरिएको छ। नेपाली कांग्रेसको वडा कमिटीले योजनाहरुको प्रगति विवरण सार्वजनिक नगरेको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेको हो।वडा सरकारले आर्थिक वर्ष २०७४ देखि २०७७/२०७८ सम्म सम्पन्न भए÷गरेका योजनाहरुको प्रगति विवरण सार्वजनिक नगरेको भन्दै कार्यालयमा ताला  लगाएको कांग्रेसले वडा समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।उक्त विज्ञप्तिमा ठूला साना गरी २६  वटा योजनाहरुको नाम उल्लेख गरिएको छ। यसका बारेमा वडा कार्यालयले तत्काल पहल चाल्न स्थ