कान्ति बाल अस्पतालमा मानसिक स्वास्थ्य केन्द्र सञ्चालन हुने

महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा मानसिक स्वास्थ्य केन्द्र सञ्चालन हुने भएको छ । अस्पतालले बालबालिकाको लागि मानसिक स्वास्थ्य सेवाको ओपिडि यसअघि सुरु गरिसकेको छ । बुधबार अस्पतालको ५९ औं वार्षिकोत्सवको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य केन्द्रको भवनको उद्घाटन गर्नुभयो । बालबालिका तथा किशोरकिशोरीमा पनि मानसिक समस्या हुने भएकोले देशको एक मात्र बाल अस्पतालको रुपमा परिचित कान्तिबाल अस्पतालले उक्त मानसिक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउन लागेको हो ।

सम्बन्धित सामग्री

केन्द्रीय अस्पतालमै छैनन् आवश्यक स्वास्थ्य जनशक्ति

कान्ति बाल अस्पताल बालबालिकाको उपचारका लागि केन्द्रीय अस्पताल मानिन्छ । तर, यो अस्पतालमा पनि जनशक्ति अभावका कारण दैनिक सेवा लिन तीनदेखि चार घन्टासम्म लाइन बस्नुपर्ने बाध्यता छ । हाल तीन सय ५२...

कान्ति बाल अस्पताल अब अध्ययन संस्थान

काठमाडौं, वैशाख २। कान्ति बाल अस्पताल बाल स्वास्थ्य अध्ययन संस्थानमा परिणत हुने भएको छ । कान्ति बाल अस्पतालका निर्देशक डा युवानिधि बसौलाले कान्ति बाल अस्पताललाई ‘बाल स्वास्थ्य विज्ञान संस्थान’मा परिणत गर्न विस्तृत आयोजना प्रतिवेदन तयार भएको जानकारी दिए । उनका अनुसार डीपीआर निर्माणका लागि २८ करोड रुपैयाँ खर्च भएको छ । डा बसौलाले बाल अध्ययन […]

बाबु-आमाको सकारात्मक व्यवहारले बच्चाको मानसिक स्वास्थ्य सबल बनाउँछ

बालबालिकामा हुने मानसिक समस्याको विषयमा कान्ति बाल अस्पताल महाराजगञ्जमा कार्यरत चिकित्सा मनोविद् सिर्जना अधिकारीसँग स्वास्थ्यखबरकर्मी अन्शु खनालले गरेको कुराकानी:

कान्ति बाल अस्पतालका कर्मचारीले लगाए निर्देशकको कार्यकक्षमा ताला

भदौ १७, काठमाडौं । २४बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका कान्ति बाल अस्पताल विकास समिति अन्तरगर्तका कर्मचारीले निर्देशक डा. युवानिधि बर्सौलाको कार्यकक्षमा ताला लगाएका छन् । आफ्ना मागका बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कुनै सुनुवाई नभएको भन्दै आन्दोलनरत कर्मचारीहरुले निर्देशक र लेखाप्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । संघर्ष समितिले अब मन्त्रालयमा धर्ना दिने समते बताएको छ […]

त्रिविसहित आठ अस्पतालले आइतबार पनि ओपिडी सेवा सञ्चालन गर्ने

काठमाडौँ । सातामा दुई दिन सार्वजनिक बिदा आजदेखि लागु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा हुने निर्णय भएको छ । तर, केही ठुला अस्पतालहरूले आइतबार ओपिडी सेवा सञ्चालन गर्ने भएका छन् । काठमाडौँको वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आज ओपिडी […]

नेपालमा टाइफाइडविरुद्ध नयाँ खोपको क्लिनिकल ट्रायल सफल

काठमाडौँ । नेपालमा टाइफाइडविरुद्ध नयाँ खोप ‘भीआइडिटी कन्जुगेट भ्याक्सिन’को क्लिनिकल ट्रायल सफल भएको छ । कान्ति बाल अस्पताल, धुलिखेल अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगन्ज मेडिकल कलेजमा तेस्रो चरणको ट्रायल गरिएको थियो । टाइफाइड कीटाणुको भीआइ पोलिसेकराइड अणु र डिप्थेरिया टक्साइड अणुको संयोजन गरेर बनाइएको संयोजित खोप नै भीआइडीटी कन्जुगेट खोप हो । […]

हैजा खोपको क्लिनिकल परीक्षणका लागि बाँकी प्रक्रिया अघि बढ्यो

काठमाण्डाै - हैजा खोपको क्लिनिकल परीक्षणका लागि आवश्यक बाँकी प्रक्रिया अगाडि बढेको छ । चीनको कम्पनी वालभ्याक्सको एमआरएनए भ्याक्सिन नेपालमा परीक्षण हुन लागेको हो । आवश्यक कानुनी प्रक्रिया पूरा गरी कान्ति बाल अस्पताल, धुलिखेल अस्पताल, नेपालगञ्ज मेडिकल कलेज र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अनुसन्धान गरिने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । झण्डै तीन हजार स्वंयसेवकमा खोप परिक्षण गर्ने तयारी छ। स्वास्थ्य मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सिफारिसमा गएको बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले हैजा ...

नेपाल चेम्बरद्वारा स्वास्थ्य सामग्री वितरण

नेपाल चेम्बर अफ कमर्सले काठमाडौंका विभिन्न अस्पतालहरूलाई अत्यावश्यक स्वास्थ्य सामग्रीहरू वितरण गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीहरूले काठमाडौंका सरकारी अस्पतालहरूलाई पीपीई सेट, सर्जिकल मास्क, सर्जिकल पञ्जा, भीटामिन सी ट्याबलेट, सिटामोललगायत अत्यावश्यक सामग्री वितरण गरेको हो ।चेम्बरको टोलीले नेपाल प्रहरी अस्पताल, कान्ति बाल अस्पताल, परोपकार मातृ तथा बाल अस्पताल थापाथली, वीर अस्पताल, त्रिवि शिक्षण […]

चेम्बरले सरकारी अस्पताललाई दियो स्वास्थ्य सामाग्री

काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले छवटा सरकारी अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामाग्री वितरण गरेको छ। चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले अस्पताललाई पीपीई सेट, सर्जिकल मास्क, पञ्जा, भीटामीन सी ट्याब्लेट र सिटामोललगायत सामग्री दिएको हो। नेपाल प्रहरी अस्पताल, कान्ति बाल अस्पताल, परोपकार मातृ तथा बाल अस्पताल थापाथली, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, छेत्रपाटी अस्पताललाई सामग्रीहरू निःशुल्क वितरण गरेको हो।

कान्ति बाल अस्पताल अब अध्ययन संस्थान

कान्ति बाल अस्पताल ‘बाल स्वास्थ्य अध्ययन संस्थान’मा परिणत हुने भएको छ । कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले कान्ति बाल अस्पताललाई ‘बाल स्वास्थ्य विज्ञान संस्थान’मा परिणत गर्न विस्तृत आयोजना प्रतिवेदन तयार भएको जानकारी दिनुभयो । उहाँका अनुसार डीपीआर निर्माणका लागि २८ करोड रुपियाँ खर्च भएको छ ।