लक्ष्मी सन्राइज बैंकको लैंगिक समानता कार्यक्रम

काठमाडौं। लक्ष्मी सन्राइज बैंकले ‘स्पार्क २४ : इम्पावरिङ उमन इन लिडरशीप–इन्स्पाएर इन्क्लुजन’ कार्यक्रम गरेको छ । समावेशिता, समानता र सशक्तीकरणको संस्कृति प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतालाई आत्मसात् गर्दै बैंकले उक्त कार्यक्रम गरेको बताइएको छ ।  कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापा, अन्तरराष्ट्रिय मुद्रा कोषका आवासीय प्रतिनिधि टेरेसा दबान सान्चेज, एफ वान सफ्ट ग्रुपका पियुष पौड्याल र भायनेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठक लगायतका वक्ताले महिला नेतृत्व र सशक्तीकरणको बारेमा धारणा राखेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले बैंकका महिला कर्मचारीको व्यावसायिक विकास तथा मानसिक एवं शारीरिक स्वास्थ्य सुनिश्चित गर्न बैंक प्रतिबद्ध रहेको बताए । उनले महिलालाई व्यक्तिगत र व्यावसायिक रूपमा सक्षम बनाउने वातावरण निर्माण गर्न बैंक प्रयत्नशील रहेको बताए । उत्पीडन र भेदभावका मामलामा शून्य सहनशीलता कायम गर्ने नीतिमार्फत सबैका लागि मनोवैज्ञानिक रूपमा सुरक्षित र सम्मानजनक कार्यस्थल बनाउन बैंक प्रतिबद्ध रहेको उनको भनाइ थियो । कार्यक्रममा लैगिंक समावेशिता, समानता र सशक्तीकरण झल्काउने ‘आधुनिक मिथिला पेन्टिङ’ पनि बनाइएको थियो । 

सम्बन्धित सामग्री

लक्ष्मी सनराइज बैंकद्वारा लैंगिक समानता र महिला सशक्तीकरण कार्यक्रम सञ्चालन

काठमाडौं । लक्ष्मी सनराइज बैंकले लैंगिक समानता र महिला सशक्तीकरण कार्यक्रम सञ्चालन गरेको छ । समावेशीता, समानता र सशक्तिकरणको संस्कृतिलाई बढावा दिने आफ्नो प्रतिबद्वतालाई जोड दिँदै ‘स्पार्क २४ : इम्पावरिङ वुमन इन लिडरसिप-इन्स्पायर इन्क्लुजन’ कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग सदस्य लिली थापा, अन्तराष्ट्रिय मुद्रा कोष आवासीय प्रतिनिधि टेरेसा दबान […]

लैंगिक समानता र सामाजिक समावेशितामैत्री लगानी नीतिमा जोड

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा डेलिगेसन अफ युरोपियन युनियनले मंगलबार लैंगिक समानता र सामाजिक समावेशिता मैत्री व्यापार तथा लगानी नीतिका विषयमा कार्यशाला गोष्ठी आयोजना गरेका छन्।...

लैंगिक समानता महिला जनप्रतिनिधिहरुको भुमिकाबारे अन्तरक्रिया

बखतियार अलि/सर्लाही,माघ ८ । शि लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत लैंगिक समानता तथा स्थानीय सरकारमा निर्वाचित महिला जनप्रतिनिधिहरुको भुमिका सम्बन्धमा कबिलासी नगरपालिकाका वडाअध्यक्ष तथा वडा सदस्यहरु बिच अन्तरक्रिया कार्यक्रम मलंगवामा सम्पन्न भएको छ। माण्डवी सर्लाहीको आयोजनामा आइ.एफ.इ.एस तथा अस्ट्रेलियन सरकारको प्राविधिक तथा स्विस सरकारको आर्थिक सहयोगमा उक्त आइतवार उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय […]

स्वास्थ्य क्षेत्रमा कार्यरत संस्थामा लैंगिक समानता कमजोर

नेपालको स्वास्थ्य क्षेत्रमा कार्यरत संस्थाहरूमा लैंगिक समानता कमजोर रहेको एक अध्ययनले देखाएको छ । वातावरण, जनसंख्या र स्वास्थ्य कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) र ग्लोबल हेल्थ ५०–५० ले बुधबार सार्वजनिक गरेको एक...

महिला उद्यमी महासंघको लैंगिक समानता विषयक छलफल

महिला उद्यमी महासंघ नेपालले अन्तर्राष्ट्रिय महिला दिवस–२०२२ को अवसरमा जिल्ला संघका सदस्यका साथै साझेदार संस्थाका प्रतिनिधि, विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने सफल महिला, साना तथा मझौला महिला उद्यमी, बैंकिङ सस्ंथा, जिइएसआई, एनजिओ, आइएनजिओका साथै नेपाल सर...

सामाजिक न्याय र लैंगिक समानता: दिगो विकासको सुनश्चितता

नेपालको संविधानले सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विषेशता आत्मसात गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक एक्यबद्धता सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गरेको छ । साथै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता , समृद्धि र समाजिक न्याय […] The post सामाजिक न्याय र लैंगिक समानता: दिगो विकासको सुनश्चितता appeared first on राजधानी राष्ट्रिय दैनिक.

लैंगिक समानता र ईयूको प्रयास

प्रारम्भ२१औं शताब्दीमा सबै देश लैंगिक विभेद समाप्त पार्न प्रतिबद्ध छन् । तर, यो समस्यालाई निरपेक्ष रूपमा निर्मूल गर्न कुनै पनि देश सफल भएका छैनन् । विश्वमै हर दृष्टिकोणले सम्पन्न र विकसित देश संयुक्त राज्य अमेरिकामा समेत राष्ट्रपतिजस्तो उच्च ओहोदामा महिला पुग्नु नहुने संकीर्ण सोचरहेको पाइन्छ । हिलारी क्लिन्टनको ट्रंपसँग राष्ट्रपति पदमा र ओबामासँग राष्ट्रपतिको उम्मेदवार […] The post लैंगिक समानता र ईयूको प्रयास appeared first on राजधानी राष्ट्रिय दैनिक.

लोकतन्त्रमा लैंगिक समानता र समावेशीकरण

न्युज अफ नेपाल, काठमाडौं । लोकतन्त्रमा लैंगिक समानता र सामाजिक समावेशीकरण निकै महत्वपूर्ण मानिन्छ । लैंगिक समानता र समाजिक समावेशीकरणसम्बन्धी नीति निर्माणमा नेपालले अग्र स्थान ओगटेको छ । तर यसको कार्यान्वयन पक्ष भने निकै कम्जोर रहेको सरोकारवालाहरूले बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले मंसीर २३ र २४ गते भर्चुअल रुपमा आयोजना गर्न लागेको लोकतन्त्र […]