दाङ : पाेल्ट्री व्यवसायमा आकर्षण बढ्दै, ३ अर्ब बढीकाे लगानी

दाङ – पछिल्लाे समय दाङमा पाेल्ट्री व्यवसायतर्फकाे आकर्षण बढ्दाे छ । पोल्ट्री व्यवसायमा आम्दानी राम्रो हुने भएपछि मासु, अण्डा उत्पादन, कुखुराका लागि दानासँगै कुखुराका बच्चा उत्पादनका लागि ह्याचरी उद्योगमा लगानी बढ्दै गएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका अनुसार जिल्लामा ह्याचरी, कुखुरा फर्म र सप्लायर्स गरी ७ सय बढी फर्म तथा उद्योगहरू रहेका छन् । जिल्लामा ब्रोइलर चल्लाका बच्चा उत्पादनका लागि १७ वटा ह्याचरी उद्योग, मासुका लागि करिब साढे ४ सय फर्म, करिब एक सय दाना सप्लायर्स र अण्डाका लागि करिब १ ...

सम्बन्धित सामग्री

जोत्नेदेखि दाउनेसम्मका लागि यान्त्रिकरण

घोराही (दाङ), १३ मङ्सिर । दाङमा कृषियन्त्रको प्रयोग बढ्दै गएको छ । खेती गर्न जनशक्ति, लागत र समयसमेत कम लाग्ने भएपछि पछिल्लो समय जिल्लामा कृषियन्त्रको आकर्षण बढ्दै गएको हो । घोराही उपमहानगरपालिका–७ शुक्रबार निवासी किसान तिलक विष्टले कृषि व्यवसाय गर्ने मानिसको कमी भइरहेको समयमा साना कृषियन्त्रको प्रयोगले किसानलाई सहजतासँगै उत्साहित बनाएको बताए । सानो परिवार […]

बढदै विद्युतीय गाडीप्रतिको आकर्षण

दाङ– जिल्लामा विद्युतीय गाडीप्रतिको आकर्षण बढ्दै गएको पाइएको छ । आकर्षण बढेसँगै माग पनि बढ्न थालेको बताइएको छ । तुलसीपुर निवासी केशव केसी करिब दुई वर्षदेखि विद्युतीय गाडी चढ्दै आएका छन् । निजी प्रयोजनका लागि विद्युतीय कार किनेका केसीलाई तेल सकिएला र मूल्य बढ्ला भन्ने चिन्ता छैन । चार्ज गरेपछि निश्चित दूरीसम्म चल्ने पूर्वअनुमान भएकाले […]

धमाधम ईभी चार्जिङ स्टेशन सञ्चालन : अनुमति दिन्छ, तथ्यांक राख्दैन प्राधिकरण

काठमाडौं  । नेपालमा पछिल्लो समय आम ग्राहकमा विद्युतीय सवारीसाधन (ईभी) प्रतिको आकर्षण बढ्दै गएको छ । ग्राहकहरू ईभीप्रति आकर्षित भएको देखिएपछि व्यवसायीले विभिन्न अन्तरराष्ट्रिय ब्रान्डका विद्युतीय सवारीसाधन भित्र्याइरहेका छ । केही समय अगाडिसम्म ईभी खरीदकर्तालाई चार्जिङ स्टेशन टाउको दुखाइको विषय थियो । अहिले त्यो समस्या क्रमश: समाधान हुँदै गएको छ ।  नेपाल विद्युत् प्राधिकरण र विभिन्न मोटर कम्पनीहरूले धमाधम चार्जिङ स्टेशन बनाएर सञ्चालन गरेपछि ईभी प्रयोगकर्तालाई सहज भएको छ । नेपाल विद्युत् प्राधिकरणले झापा, सुनसरी, मोरङ, उदयपुर, सप्तरी, सर्लाही, मकवानपुर, चितवन र काठमाडौंमा चार्जिङ स्टेशन राखेको छ । त्यस्तै ललितपुर, बनेपा, धादिङ, भक्तपुर, रूपन्देही, सुर्खेत, कास्की, कैलाली, महोत्तरी, पर्वत, दाङ, बाँके र सिन्धुलीमा पनि प्राधिकरणले चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ । हालसम्ममा प्राधिकरणको चार्जिङ स्टेशन संख्या ३२ पुगेको छ ।  निजीक्षेत्रले पनि ईभी चार्जिङ स्टेशन निर्माणको कामलाई तीव्रता दिएको छ । हुन्डाई मोर्टसले ललितपुर, काठमाडौं, भक्तपुर, चितवनको भरतपुर, सौराहा र कुरिनटार, सिन्धुलीको मूलकोट, वीरगञ्ज र हेटौंडामा चार्जिङ स्टेशन राखेको छ । हुन्डाईले बिर्तामोड, दमक, विराटनगर, इटहरी, पोखरा, भैरहवा, बुटवल, भालुबाङ, दाङ, नेपालगञ्ज, चिसापानी र धनगढीमा गरी ४३ ओटा चार्जिङ स्टेशन बनाएको छ । टाटा मोटर्सले काठमाडौं उपत्यका, धादिङ, चितवन, हेटौंडा, सिमरा, ढल्केबर, लहान, इटहरी, बिर्तामोड, मूलकोट, पोखरा, भैरहवा, भालुवाङ, नेपालगञ्ज, धनगढीलगायत १६ ठाउँमा डिसी (छिटो चार्ज हुने) चार्जिङ स्टेशन खोलेको छ ।  टाटाले ५५ ठाउँमा एसी (ढिलो चार्ज हुने) चार्जिङ स्टेशन खोलेको छ । टाटाका एसी चार्जिङ स्टेशन बिर्तामोड, विराटनगर, धरान, ढल्केवर, जनकपुर, सिमरा, वीरगञ्ज, हेटौंडा, नारायणगढ, कावासोती, बुटवल, भैरहवा, दाङ, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर, पोखरा, धार्केलगायत ठाउँमा छन् ।  यसबाहेक बीवाईडी, एमजी, दिगोलगायत ब्रान्डका विद्युतीय सवारीसाधन विक्रेता कम्पनीले पनि चार्जिङ स्टेशन बनाइरहेका छन् । तर, नेपालमा हालसम्म कतिओटा ईभी चार्जिङ स्टेशन छन् भन्ने आधिकारिक तथ्यांक उपलब्ध छैन । नेपाल विद्युत् प्राधिकरणले आफूले बनाएका चार्जिङ स्टेशनको तथ्यांक राखे पनि निजीक्षेत्रले कति चार्जिङ स्टेशन बनाएको छ र अहिले देशभर चार्जिङ स्टेशनको संख्या कति छ भन्ने तथ्यांक राखेको छैन । आर्थिक अभियानले नेपाल विद्युत् प्राधिकरणसँग यो विषयमा चासो राख्दा प्राधिकरणका अधिकारीहरूले देशभरको एकीकृत तथ्यांक संकलन नगरेको बताए । चार्जिङ स्टेशन राख्ने अनुमति सम्बद्ध वितरण केन्द्रले दिने गरेको र कति कम्पनीले कुन कुन ठाउँमा चार्जिङ स्टेशन राखे भन्ने कुराको तथ्यांक वितरण केन्द्रसँग हुन सक्ने प्राधिकरणको भनाइ छ । कतिपयले हाई भोल्टेज विद्युत् लाइन पहिले नै लिइसकेको अवस्थामा छुट्टै मीटर नलगीकनै चार्जिङ सुविधा दिइरहेको प्राधिकरणका अधिकारीहरूले बताए ।  अटोमोबाइल व्यवसायीका हकहितको संरक्षण एवं प्रवर्द्धनका लागि स्थापित नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालसँग पनि निजीक्षेत्रले देशभरमा कतिओटा चार्जिङ स्टेशन बनाएर सञ्चालन गरिरहेको छ भन्ने कुराको जानकारी छैन । नाडा सचिवालयमा यस विषयमा बुझ्दा चार्जिङ स्टेशनको तथ्यांक राख्ने परिपाटी नरहेको जवाफ दिइयो ।

कृषिमा आकर्षण बढ्दै

जिल्लाका कृषकहरूले सरकारले दिने अनुदानका बारेमा आफूहरूले जानकारीसमेत नपाएको बताउने गरेका छन् । सरकारले ल्याउने अनुदान टाठाबाठाहरूले नै पाउने गरेको उनीहरूको भनाइ छ ।दाङ – पछिल्लो समय कृषिमा आकर्षण बढ्दै गएको छ । विदेश गएर फर्किएका तथा स्वदेशमा रहेकाहरू पनि अहिले कृषितर्फ लाग्न थालेका छन् । अहिले कृषिक्षेत्र युवाहरूको आकर्षणको क्षेत्रसमेत बन्न थालेको छ । […]

माछा उत्पादक जिल्लाको रूप लिँदै दाङ

दाङमा पछिल्लो समयमा माछापालन व्यवसाय फस्टाउँदै गएको छ । नदी, खोला र प्राकृतिक पोखरीमा पालिने गरेकामा अब कृत्रिम पोखरी बनाएर व्यावसायिक रुपमा पालिएको माछाले यहाँको माग धान्न थालेको छ राम्रो आम्दानी हुन थालेपछि माछापालन व्यवसायमा कृषकको आकर्षण बढ्दै गएको हो । जिल्लामा केही वर्ष अघिसम्म थोरैले माछापालन गर्दै आए पनि अहिले व्यावसायिक रूपमै माछापालन गर्ने …

दाङका स्थानीयद्वारा प्राकृतिक सम्पदाकाे संरक्षण, पर्यटककाे आकर्षण बढ्दै

दाङ - दाङमा स्थानीय बासिन्दाको सक्रियतामा प्राकृतिक सम्पदाको संरक्षणसँगै पर्यटकीय क्षेत्रको विकास हुँदै गएको छ । सामुदायिक वनमा आबद्ध स्थानीय बासिन्दा आफ्नो लगानीसँगै पालिका र प्रदेश सरकारको सहयोगमा पर्यटकीय क्षेत्रको विकासमा लागेका छन् । उनीहरुको सक्रियतामा लामो समयदेखि सुस्ताएको दाङको पर्यटन क्षेत्र बिस्तारै चलायमान बन्दै  गएको छ । स्थानीय कुलपानी सामुदायिक वन समूहले देउखुरीको गढवा गाउँपालिका वडा नं १ वडहराको कुलपानी हरितपार्क बनाएर सञ्चालनमा ल्याएको छ । अहिले हरितपार्क हेर्नका लागि दैनिक ५...

बंगलाचुली पार्कतर्फ आन्तरिक पर्यटनको आकर्षण बढ्दै

साउन ४, दाङ । पछिल्लो चरणमा दाङको विभिन्न ठाउँहरुमा विभिन्न पार्कहरु सञ्चालन गर्दै आन्तरिक पर्यटन विकासको थालनी गरिएको छ । यसैको उदाहरणीय बनेको छ दाङको बंगदाचुली गाउँपालिकाले बनाएको ‘बंगलाचुली पार्क’ । बंगलाचुली गाउँपलिका वडा नं. ५ को पुरानो बजार मुर्कुटीदेखि पूर्व–उत्तरमा रहेको अग्लो पहाडलाई पर्यटकीय स्थलका रुपमा विकास गरिएको छ । करीब २५० रोपनी क्षेत्रफलमा गाउँपालिकाले पार्क निर्माण गरेको हो । सामुदायिक वन क्षेत्रको रुपमा रहेको यो क्षेत्रफललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि बृहत योजनका साथ अघि बढाइएको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले बताए । ‘यस क्षेत्रलाई पर्यटकीय क्षेत्रकै रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ’, उनले भने, ‘केही भौतिक संरचना बनिसकेका छन् भने केही बन्दैछन् ।’ पार्कस्थलमा अहिले रू. १ करोड २६ लाखको लगानीमा आधुनिक भ्यू–टावर निर्माण भइरहेको छ । निर्माणको जिम्मा पाएको अम्बे निर्माण सेवा कम्पनीले भ्यू–टावर निर्माणको लागि २०७८ को असार मसान्तसम्म निर्माण गरिसक्ने सम्झौता छ । यो सँगै भ्यू–टावरको काम ८० प्रतिशत सम्पन्न भइसकेको छ । भ्यू–टावर सञ्चालनमा आएपछि भारतका विभिन्न ठाउँ, प्युठानको स्वर्गद्वारी मन्दिर, विभिन्न हिमालहरु लगायत दाङ उपत्यकाको सहजै अवलोकन गर्न सकिनेछ ।  त्यसैगरी पार्कस्थलमा प्रतिक्षालय, नाचघर, पार्कको विभिन्न ठाउँमा बस्नका लागि कुर्सी, भ्यू–टावरको संरक्षणका लागि पर्खाल, गेट र हिँडडुल गर्नका लागि पक्की बाटोलगायतका विभिन्न संरचनाहरु निर्माण सम्पन्न भइसकेको गाउँपालिकाले बताएको छ ।  यी संरचना निर्माणका लागि प्रदेश सरकार अन्तर्गत डिभिजन वन कार्यालयमार्फत गतवर्ष रू. ५० लाख र यस वर्षमा २० लाख गरी रू. ७० लाख लगानी गरिएको छ । त्यस्तै गाउँपालिकाले पनि २० लाख र पर्यटन बोर्ड भैरहवाले ५ लाख लगानी गरेको अध्यक्ष वलीले जानकारी दिएका छन् । विभिन्न क्षेत्रबाट करोडौंको लगानी भएपनि धेरै संरचना बनाउन अझै बाँकी रहेको त्यसलाई निरन्तरता दिदै लैजाने उनको भनाइ छ । अहिले सो क्षेत्र आन्तरिक पर्यटनकको आकर्षणको केन्द्रविन्दु बनेको छ । पार्कमा दिनदिनै घुम्न र अवलोकन गर्न आउनेहरुको लर्काे हुन्छ ।  जिल्लाको पहाडी भेगमा पर्ने बंगलाचुली गाउँपालिका, त्यसको पनि सुदूरपूर्व प्यूठान र दाङको सीमा क्षेत्र जिल्ला सदरमुकाम घोराहीदेखि ३२ किलोमिटरको दूरीमा छ । हराभरा जंगल, चिसो हावापानी, उत्तरतिर देखिने प्यूठानको पवित्र धार्मिक स्थल स्वर्गद्वारी र हिमालसँगै दक्षिणतिर नेपालका तराईदेखि भारतसम्मका फाँटसम्म देख्न पाइन्छ ।  १५ करोड लगानीमा ‘फनपार्क’  करीब रू. १५ करोड लगानीमा दाङको घोराहीमा ‘फनपार्क’ सञ्चालनमा आएको छ । दाङ फर्न भ्याली प्रा.लि.ले घोराही उपमहानगरपालिका वडा नं. १० अम्राईमा फनपार्क सञ्चालनमा ल्याएको हो ।  झण्डै तीन वर्षपछि निर्माणको काम सम्पन्न गरी फनपार्क सञ्चालन गर्न सफल भएको प्रालिका महाप्रबन्धक नरेशकुमार श्रेष्ठले बताए । ‘करीब ३ वर्षको मिहनेतपछि पार्क सञ्चालन गर्न सफल भएका छौं’, उनले भने, ‘अहिले सबैको आकर्षकणको विन्दु बनेको छ ।’ झण्डै ३ विगाह ५ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको फनपार्कमा होटल, बालउद्यान, गेष्ट रुम, पाटी प्यालेस, रेष्टुरेण्ट, इन्डोर गेम, लाइज जिम, व्याडमिनटन कोट, वाटर पार्क, प्रतियोगीता गराउन मिल्ने स्वीमिङ पुललगायको व्यवस्था छ । जिल्लाको सदरमुकाम घोराहीदेखि नजिकै भएकाले अहिले फनपार्क सबैको आकर्षकको केन्द्र बनेको छ । विदाको दिनमा आन्तरिक पर्यटकहरुलाई घुम्न घामका लागि राम्रो स्थल बनेको छ । ‘बजारको नजिक भएर पनि होला, विशेष गरी विदाको समयमा यहाँ मानिसहरुको भिड बढी हुन्छ’, महाप्रबन्धक श्रेष्ठले भने । फनपार्कमा श्रेष्ठसहित ११ जनाको लगानी रहेको छ ।

रेशम खेतीमा रमाउँदै देउखुरीका किसान

दाङ देउखुरीको गढवा क्षेत्रमा रेशम खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । गढवा गाउँपालिकामा ६० बिघामा रेशम खेतीका लागि किम्बुको बिरुवा रोपिएको छ । रेशम कीराले मन पराउने किम्बुको बोटबाट आहारा विकास गरी रेशम कीरापालनबाट प्राप्त कोया प्रशोधन गरेर रेशम धागो उत्पादन गरी रेशम खेती गरिन्छ । देउखुरीको हडैया गाउँमा १० कृषि फर्म स्थापना भएर व्यावसायिक ‘सेतो सुन’को खेती  भएको छ ।  यसबाट अर्थोपार्जनसंँगै वातावरण पनि संरक्षण हुन्छ । किम्बुका बिरुवा रोपिएको वरपरको हावापानी स्वच्छ र शुद्ध हुन्छ ।  र...

बोयर जातका बाख्रापालनमा किसानको आकर्षण

दाङ : बोयर जात बाख्रापालनमा दाङका किसानहरुको आकर्षण बढ्दै गएको छ। स्थानीय जाताका बाख्र भन्दा बोयर जातको धेरै तौलको हुने र त्यसबाट धेरै फाइदा हुने भएकाले पनि त्यसतर्फ किसानको आकर्षण बढ्दै गएको हो। तुलसीपुर उपमहानगरपालिका–३ डाँडाखुट्टीमा मानबहादुर केसी बाख्रापालन व्प्यवसायमा लागेको करिब चार वर्ष भयो। १२ वर्षसम्म तीनव...